site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विशेष कार्यदल नेपाल प्रहरीको मेरुदण्ड हो :  आईजीपी खनाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अप्ठेरो अवस्थाको चुनौती सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रहरी विशेष कार्यदल प्रहरीको मेरुदण्ड भएको बताएका छन् ।  शुक्रबार केन्द्रीय प्रहरी विशेष कार्यदल कपनको निरीक्षणपछि खनालले यस्तो बताएका हुन । 

खनालले कार्यदल परिसरस्थित सिमुलाटोर, फायरिङ हल, व्यायम हल र कार्यदलको पेशागत क्रियाकलापको अवलोकनसँगै वृक्षारोपण समेत गरे । खनालले नेपाल प्रहरीको सदस्य भएर देश र राष्ट्रको सेवा गर्ने विशेष जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै अवसरको प्रयोग गर्न निर्देशन समेत दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी कर्मचारीले जीवनका उर्जाशील समय नेपाल प्रहरी संगठनमै व्यतित गर्ने भएपछि आफ्नो जिम्मेवारीलाई महसुस गरेर देश र राष्ट्रको सेवा गरी परिवार, समाज र राष्ट्रको विश्वास जित्नु पर्नेमा खनालको जोड थियो  । 

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक धिरु बस्न्यातले कार्यदललाई अझै सक्षम र सबल बनाउन सीप, दक्षता र योग्यता अनुसार कटिबद्ध भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै कार्यदलका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बोहराले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नवनिर्मित भान्साघर कुल २९ लाख ९७ हजार १ सय ९ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए  । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC