site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सर्वाधिक राशीको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता माघ दोस्रो साता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा माघ ९ गतेदेखि १९ गतेसम्म सर्वाधिक पुरस्कार राशीको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन लागेको हो । 
काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगितामा ४ विदेशी टोली र दुई नेपाली टिम समावेश गर्ने जानकारी दिएको छ । 

नेपालबाट रातो र निलो गरी दुईटिम बाँकी ४ टिमका लागि भुटान, बंगलादेश, भारत, थाइल्याण्ड र चीनलाई पत्रचार गरेको आयोजकले जनाएको छ।   प्रतियोगितामा भुटानको यु–२३ टिम आउने पक्का भएको र बाँकी पत्राचार गरेका टिममध्ये सबै आए सबैलाई समावेश गर्ने नभए ४ टोली सहभागी हुने आयोजकको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दशरथ रंगशालामा संचालन हुने प्रतियोगितामा ६ टोलीलाई दुईसमूहमा विभाजन गरी लिगका आधारमा खेलाइनेछ । समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । 

खेलाडीको क्षमता बृद्धिसँगै भूकम्पपछि पुनर्निर्माणको क्रममा रहेको दशरथ रंगशालाको समयमै निर्माण सम्पन्न गर्न दबाब दिने उद्देश्य रहेको श्रेष्ठको भनाइ छ । लामो समयदेखी दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल हेर्न नपाएका दर्शकलाईसमेत राहत हुने आयोजकको दाबी छ ।

Global Ime bank

करिब एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिता विजेताले २५ हजार अमेरिकी डलर, दोस्रो हुने टोलीले १० हजार डलरसहित ट्रफी र मेडल पुरस्कार पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट हुने गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनहि १ हजार अमेरिकी डलर पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC