काडमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले बढ्दो हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तलगायत पीडित परिवारलाई तत्काल न्याय दिन माग गर्दै नयाँ शक्ति पार्टीलले शुक्रबार काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म र्यालीसहित विरोध प्रदर्शन गरेको हो । बढ्दो हत्या, हिंसा र बलात्कारमा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गर्न सडक आन्दोलन गर्नु परेको पार्टीकी नेतृ दुर्गा सोबले जानकारी दिइन् ।
प्रदर्शनमा महिला र बालबालिकामाथि हुने बलात्कार, हत्यालगायतका जघन्य अपराधको घटना हुन नदिन प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरिएको थियो ।