site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले सुशासन र आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले हरेक नेपालीलाई सुखसहितको समृद्ध बनाउन सरकार प्रतिवद्ध रहेकोे पनि दाबी गरे । 
उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने परिकल्पनालाई साकार पार्न सबै क्षेत्रको सहयोगको आवश्यक्तामा जोड दिए । शुक्रबार काठमाडौंमा कारोबार आर्थिक पत्रिकाले आयोजना गरेको आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाई बहुमतसहितको सरकारको मुख्य लक्ष्य छिटो आर्थिक समृद्धि रहेको पनि दोहोर्याए । 
प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई पनि पुनः आह्वान गरे । नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकारले कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे । 
कार्यक्रममा सत्तारुढ भारतीय जनता पार्टीका नेता गोपालकृष्ण अग्रवालले आर्थिक प्रजातन्त्रबारे चर्चा गर्दै भारतको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC