खेल
काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल—२०१८ को ड्र सार्वजनिक भएको छ । सार्वजनिक भएको ड्र मा नेपाली राष्ट्रिय फुटबल टोली समूह ‘ए’ मा रहेको छ ।
७ राष्ट्र सम्मिलीत प्रतियोगिता डिसेम्बर १७ देखि २६ सम्म हुने खेलको आयोजक राष्ट्रको भने टुङ्गो लागिसकेको छैन । समूह ए मा नेपालसहित बंगलादेश, भुटान र पाकिस्तान रहेका छ । समूह बि मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । बिहीबारमात्र पुरुष राष्ट्रिय फुटबल टोली बंगलादेशमा आयोजना भएको साफ च्याम्पियनसिप खेलेर स्वदेश फर्किएको छ ।
नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएपछि स्वदेश फर्किएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५ १४:५५
प्रतिक्रिया दिनुहोस्