site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरणः अनुसन्धान प्रहरीतर्फै सोझियो, एसपी विष्टसहित ३ जनाको डीएनए परीक्षण गरिँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा यसअघि गरिएका अनुसन्धान असफल भएपछि अनुसन्धान प्रहरीतर्फ नै सोझिएको छ ।

अनुसन्धानका लागि निलम्बित अवस्थामा रहेका एसपी डिल्लीराज विष्ट, उनका छोरा र भिमदत्त नगरपालिकाका मेयरका भतिजाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ ।
डीएनए परीक्षणबाट घटनाको प्रभावकारी अनुसन्धान गर्न सकिने भएकाले ‘स्याम्पल’ लिइएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्रिवि शिक्षण अस्पतालमा स्याम्पल लिइएको थियो । स्रोतका अनुसार एसपी विष्टको रगत परीक्षणका लागि पठाइएको छ ।  प्रहरीका अनुसार भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुस विष्ट, एसपी डिल्लीराज विष्टका छोरा किरणको समेत डीएनए परीक्षणका लागि ‘स्याम्पल’ लिइएको छ ।

निर्मलाको भेजिनल स्वाबबाट निकालिएको नमुना परीक्षण गर्दा शुक्रकिटको अवशेष भेटिएको थियो । निर्मलाका बुवाआमा र कञ्चनपुरका स्थानीयले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गर्दै आन्दोलन गरेका थिए । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरु तीनजनाकै डीएनए परीक्षण गर्न लागिएको हो । डीएनए परीक्षण पसिना, आँसु, रगत, वीर्यलगायतबाट गर्न सकिन्छ ।
“डीएनए परीक्षणका लागि नमूना संकलन गरिसकिएको छ,” प्रहरी प्रवक्ता क्षेत्रीले भने,“थप कुरा डीएनए परीक्षणबाट मात्रै थाहा हुनेछ ।”

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC