site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
कांग्रेसमा तीव्र विवाद केन्द्रीय समिति बैठक बस्दै नबसी अनिश्चितकालका लागि स्थगित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसभित्र अनुशासन समिति गठनको विषयमा विवाद देखिएको छ ।  अनुशासन समिति गठनका लागि बिहीबार बोलाइएको बैठक बेलुकासम्म पनि सुरु नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
अनुशासन समिति गठनको विषयमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र ‘तेस्रो धार’ को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाबीच मतान्तर देखिएको कांग्रेस केन्द्रीय सदस्य स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार पाँच सदस्यीय समिति गठनका लागि सभापति देउवाले वरिष्ठ नेता पौडेललाई दुई सदस्यको नाम दिन आग्रह गरेका थिए । तर पौडेलले समितिको संयोजक कसलाई बनाउने भन्ने बारेमा छलफल हुनुपर्ने अडान राखेर नाम उपलब्ध गराएका छैनन् । देउवाले संस्थापन पक्षबाट भिष्मराज आङदम्बे, किशोरसिँह राठौर र वीरबहादुर बलायरलाई समितिमा राख्न चाहेको स्रोतको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘वरिष्ठ नेताले अनुशासन समितिको संयोजक वरिष्ठ व्यक्तिलाई बनाउनुपर्ने र त्यसका लागि सभापति र आफूबीच छलफल हुनुपर्ने अडान राख्नुभयो,” एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, ‘‘सभापतिले संयोजकका बारेमा किन छलफल गर्ने तपाईं दुई जना सदस्यको नाम दिनुस् न भनिरहनुभएको छ ।’’ 

अनुशासन समिति गठनका विषयमा नेता सिटौलाको छुट्टै धारणा देखिएको छ । उनले केन्द्रीय कार्यसमितिको बैठकबाट गठन भएको केन्द्रीय सदस्य रमेश रिजाल संयोजकत्वको समितिलाई पहिले विघटन गरेर मात्रै पुनर्गठन गरिनुपर्ने तर्क गरिरहेका छन् । 
रिजालको संजोजकत्वमा रहेको अनुशासन समिति विघटन नगरेर पुनर्गठन गर्न नमिल्ने सिटौलाको भनाइ रहेको स्रोतले जानकारी दिएको छ । 

Global Ime bank

रिजालको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा हृदयराम थानी, कमला पन्त, सुरेन्द्र पाण्डेय र उमाकान्त चौधरी सदस्य थिए ।  जसमध्ये रिजालले पदबाट राजीनामा दिइसकेका छन् भने थानी र पन्तले समितिमा नबस्ने बताइसकेका छन् । यसैगरी नेता पाण्डेयले आफू राष्ट्रियसभामा प्रतिपक्षी दलको नेता भइसकेकाले समितिमा बस्न नसक्ने बताएका छन् । 

स्रोतका अनुसार नेता सिटौला अनुशासन समिति विघटन गर्ने निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट नगर्ने भए रिजाल संयोजकत्वमा गठित समितिमा रहेका एक्ला सदस्य चौधरीको संयोजकत्वमा पूर्णता दिनुपर्ने पक्षमा देखिएका छन् ।  ‘‘कि त पहिला समिति भंग गर्ने निर्णय गरिनुपर्छ । होइन भने समितिमा बाँकी रहेका उमाकान्त चौधरीको संयोजकत्वमा समितिलाई पूर्णता दिनुपर्छ भन्ने अडान राख्नुभएको छ,” स्रोतले भन्यो । 

यसअघि भदौ २२ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक तयारी नपुगेको कारण देखाएर बिहीबारका लागि सारिएको थियो ।   
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC