site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला पन्त हत्या प्रकरणः एसपी डिल्लीराज विष्टसहित तीनजनाको डीएनए परीक्षणका लागि नमूना संकलन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा यसअघि गरिएका अनुसन्धान असफल भएपछि अनुसन्धान प्रहरीतर्फ नै सोझिएको छ । अनुसन्धानका लागि निलम्बित अवस्थामा रहेका एसपी डिल्लीराज विष्ट, उनका छोरा र भिमदत्त नगरपालिकाका मेयरका भतिजाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ ।

डीएनए परीक्षणबाट घटनाको प्रभावकारी अनुसन्धान गर्न सकिने भएकाले ‘स्याम्पल’ लिइएको प्रहरीले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा स्याम्पल लिइएको थियो । स्रोतका अनुसार एसपी विष्टको रगत परीक्षणका लागि पठाइएको छ । 
प्रहरीका अनुसार भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुस विष्ट, एसपी डिल्लीराज विष्टका छोरा किरणको समेत डीएनए परीक्षणका लागि ‘स्याम्पल’ लिइएको छ ।

निर्मलाको भेजिनल स्वाबबाट निकालिएको नमुना परीक्षण गर्दा शुक्रकिटको अवशेष भेटिएको थियो । निर्मलाका बुवाआमा र कञ्चनपुरका स्थानीयले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गर्दै आन्दोलन गरेका थिए । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरु तीनजनाकै डीएनए परीक्षण गर्न लागिएको हो । डीएनए परीक्षण पसिना, आँसु, रगत, वीर्यलगायतबाट गर्न सकिन्छ ।
“डीएनए परीक्षणका लागि नमूना संकलन गरिसकिएको छ,” प्रहरी प्रवक्ता क्षेत्रीले भने,“थप कुरा डीएनए परीक्षणबाट मात्रै थाहा हुनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC