site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फाइनल पुग्ने लक्ष्य अधुरो, हिलाम्य मैदान पनि हारको कारण 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल खेल्न बंगलादेश पुगेको नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । इतिहास रच्ने सुनौलो अवसरलाई सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाल निराश हुँदै प्रतियोगिताबाट बाहिरियो ।
सन् २०१३ पछि साफ च्याम्पियनसिपमा पाँचौंपटक सेमिफाइनलमा स्थान बनाउन सफल नेपाली टोली पुनः एकपटक फाइनल पुग्नबाट वञ्चित भयो । लामो समय देखिएको विवादपछि फागुनमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा कर्मा छिरिङ शेर्पा आएका थिए ।

त्यसअघि फुटबलको सर्वोच्च संस्था आफैं विवादको भूमरीमा थियो । 

अगस्टमा भएको एशियन गेम्समा नेपाली फुटबलले आशलाग्दो प्रदर्शन गर्न सकेन  । एन्फाले तत्कालीन जापानी प्रशिक्षक ग्योतोकी कोजी नेपाल फर्कन नसक्ने भएपछि कार्यवाहक प्रशिक्षकका रुपमा बालगोपाल महर्जनलाई नियुक्त गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रशिक्षकमा नियुक्त भएलगत्तै उनले साफ च्याम्पियनसिपको तयारी थाले । बन्द प्रशिक्षण सुरु गर्दै महर्जनले छोटो समयमा राम्रो नतिजा ल्याउने आशा देखाएका थिए । त्यसलगत्तै एन्फाले खेलाडीलाई अनुशासित बनाउन र उनीहरुको खेलको मूल्याङकन गर्न सहज हुने भन्दै जीपीए ट्रयाकर प्रविधि सुरु गरेको थियो ।

त्यसलाई र खेलाडीको प्रदर्शनको आधारमा बंगलादेश जाने खेलाडीको छनोट भयो । कप्तानी पाए विराज महर्जनले । निराजन खड्का र सुमन अर्याललगायत टिममा कमब्याक भए भने जर्ज प्रिन्स कार्की र कमल श्रेष्ठ टिमबाट तत्कालका लागि बाहिरिए ।
साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली सेप्टेम्बर २ मा बंगलादेश प्रस्था गरेको थियो । बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतको उपस्थितिमा खेलाडीका लागि स्किमको घोषणा पनि गरियो, “नेपाल साफ च्याम्पियन बने प्रत्येक खेलाडीलाई ५—५ लाख दिने ।”

Global Ime bank

प्रशिक्षक महर्जनको पहिलो लक्ष्य पाकिस्तानलाई पराजित गर्नु थियो भने दोस्रो सेमिफाइलनसम्म पुग्नु । पहिलो लक्ष्य पूरा हुन सकेन ।  नेपाल पाकिस्तानसँग २—१ गोल अन्तरले पराजित भयो । नेपालका लागि पाकिस्तानविरुद्ध विमल घर्ती मगरले उत्कृष्ट गोल गरे ।

पहिलो योजना विफल भएको भए पनि महर्जनको दोस्रो योजना भने पूरा भयो । नेपाल भुटान र आयोजक बंगलादेशलाई पराजित गर्दै सेमिफाइनल पुग्यो । नेपालले भुटान र बंगलादेशलाई क्रमशः ४–० र २–० गोल अन्तरले पराजित गरेको थियो ।

भुटानविरुद्धको खेलमा अनन्त तामाङ, सुनिल बल, निराजन खड्का र भरत खवासले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जित दिलाए । त्यस्तै, बंगलादेशविरुद्धको खेलमा नेपालका स्टार खेलाडी विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरे । नेपालले समूह चरणका दुई खेलमा देखाएको प्रदर्शन हेर्दा नेपाल यो सिजनको साफ च्याम्पियन नै बन्ने अड्कल कतिपयले काटेका थिए ।

तर, बुधबार सबैलाई चकित पार्दै माल्दिभ्सले नेपालविरुद्ध अकल्पनीय खेल खेल्यो । माल्दिभ्सले खेलको आठौं मिनेटमा नेपालविरुद्ध पहिलो गोल गर्दै टिमले अग्रता लियो । माल्दिभ्सका लागि कप्तान अक्रम अब्दुल घानीले नेपालविरुद्ध अग्रता दिलाए ।

अन्तिममा नेपाल माल्दिभ्ससँग ३–० गोल अन्तरले पराजित भयो । नेपाल पराजित भइसकेपछि अनेकन टिप्पणी भए । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कार्यवाहक प्रशिक्षक महर्जनले खेलाडीको प्रदर्शन चित्तबुझ्दो भएको बताए ।

“माल्दिभ्सविरुद्ध हामी चुक्नुका कारण छन् । १–हामीले गल्ती पनि धेरै गयौं  २– नेपालले यस्तो नेचुरल ग्राउण्डमा नखेलेको लगभग दुई–तीन वर्ष भइसक्यो । खेलाडीले हिलाम्मे मैदानमा खेल्न सकेनन् । ३– सुरुवातमै गोल खाँदा डिफेन्स लाइनमा कमजोरी भयो ।”
खेलाडीको प्रदर्शनमा प्रशिक्षक महर्जनले आफु सन्तुष्ट रहेको बताएका छन् । उनका अनुसार वर्षाका कारण पनि माल्दिभ्सविरुद्धको खेलमा समस्या परेको थियो ।

उनले भने, “सबैले जित्ने अनुमान गरिरहँदा अनफर्चुनेट्ली हिजोको मौसमले पनि हामीलाई साथ नदिएको हो । अर्को कुरा खेलाडीले बल पोजिसनमा राख्न सकेनन् ।” यस्तै, उनले १० दिनको समयमा टिमको मुख्य प्रशिक्षण सम्हालेर पनि नेपाललाई ५ वर्षपछि सेमिफाइनल पुर्याउनु उपलब्धी भएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC