site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
व्यापार वार्ताका लागि अमेरिकी प्रस्ताव चीनद्वारा स्वागत
Ghorahi CementGhorahi Cement

बेइजिङ । केही समयदेखि अमेरिका र चीनबीच व्यापारिक विवाद चुलिँदै गएको अवस्थामा अमेरिकाले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई चीनले स्वागत गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीचको विवादले व्यापार युद्धकै रुप लिने अनुमान गरिएको थियो । 

महिनौंदेखि चीन र अमेरिकाले एकअर्का विरुद्ध प्रतिशोध स्वरुप करबृद्धिको घोषणा गरिरहेका थिए । तर बुधबार अमेरिकी अर्थमन्त्री स्टीभेन मुन्चिनले व्यापार विवादका विषयमा छलफल गर्न उच्च चिनीया अधिकारीलाई वासिङ्टन आमन्त्रण गरेका छन् । 

“चिनीया पक्षको के विश्वास छ भने व्यापारिक विवाद बढ्दै गएमा त्यो कुनै पनि पक्षको हितमा हुने छैन,” बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चिनीया बाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले बताए ।  

Agni Group

बेइजिङले अमेरिकाको निमन्त्रणा प्राप्त गरेको साँचो हो र त्यसलाई हामीले स्वागत गरेका छौं, गाओले भने । उनले दुबै पक्षले छलफलमा उठाइने खासखास विषयमा कुराकानी अगाडि बढाइसकेको जानकारी पनि दिए । 

चीनमा रहेका अमेरिकी कम्पनीमाथि अमेरिकी करबृद्धिको असर पर्न थालेको समाचार आएसँगै अमेरिकाले वार्ताका लागि आमन्त्रण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने ५०० अर्ब अमेरिकी डलर बराबरको आयातमा करबृद्धि गर्ने चेतावनी दिएको एक सातापछि नै अर्थमन्त्री मुन्चिनको नयाँ वार्ता प्रस्ताव आएको छ । 

Global Ime bank

वार्ताको प्रस्ताव सार्वजनिक भएलगत्तै एसियाली सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । साताका पूरै छ दिन ओरालो लागेको हङकङ सेयर बजारमा सुधार आई २।५ प्रतिशत विन्दुले वृद्धि भएको छ भने शाङघाइ सेयर बजारमा एक प्रतिशतले वृद्धि भएको छ । 

ट्रम्पले पहिलो चरणमा करिब ५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करबृद्धिको घोषणा गरिसक्नुभएको छ । करबृद्धिको चपेटामा उच्च प्रविधिका पार्टपूर्जा र उत्पादित सामग्री छन् । बेइजिङले समेत प्रतिशोध स्वरुप सोही रकम बराबरको अमेरिकी सोयाबिन, सवारीसाधन र अन्य कृषिजन्य वस्तुमा करबृद्धि गरेको छ । 

ह्वाइट हाउसका वरिष्ट आर्थिक सल्लाहकार ल्यारी कुड्लोले फक्स न्यूज नेटवर्कसँगको कुराकानीमा भने, “अर्थमन्त्री मुन्चिनले निमन्त्रणा दिनु भएको छ । संवादहीन हुनुको साटो कुराकानी गर्नु नै राम्रो हो । त्यसैले यो मलाई राम्रै लागेको छ ।” 

अमेरिकी राष्ट्रपतिले थप २०० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत करबृद्धि गर्ने चेतावनी दिइरहेको अवस्थामा दुई देशका अधिकारीबीच हुने वार्तामा यस विषयले पनि प्राथमिकता पाउने सम्भावना छ । 

अमेरिकाले करबृद्धिको घोषणा गरे बेइजिङले पनि करिब ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा २५ प्रतिशत करबृद्धि गर्ने चेतावनी यसअघि नै दिइसकेको छ । 

दुबै देशका व्यवसायीहरुले वासिङटनलाई करबृद्धिका सम्बन्धमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । 

आधाभन्दा बढी अमेरिकी कम्पनीहरुले व्यापारिक विवाद बढ्दै गएपछि पछिल्ला दिनहरुमा अमेरिकी कम्पनीमाथि कडा नियमन गर्ने, निरीक्षण गर्ने तथा भन्सारमा विलम्ब गर्नेजस्ता दुःख दिन थालेको एक सर्भेक्षणमा देखिएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC