site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेमेस्टरमा पनि पढाइ ढिलै, त्रिवि उपकुलपति भन्छन्- सिक्दैछौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुककै सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागु भए पनि समयमै पढाइ सकिने गरेको छैन । चार महिनामा सकिनुपर्ने सेमेस्टर प्रणालीको पढाइ सकिन त्योभन्दा बढी समय लाग्छ । निर्धारित समयमा कुनै पनि तहको पढाइ सकिने गरेको छैन । 

सेमेस्टर प्रणाली लागु भएको चार वर्ष वितिसक्दा पनि सेमेस्टर प्रणालीको फम्र्याटभित्र त्रिविले आफ्नो शैक्षिक कार्यक्रम गर्न सकेको छैन । 

त्रिविका उपकुलपति तीर्थ खनियाँ भने चार महिनामा सकिनुपर्ने एउटा सेमेस्टर सकिन छ महिनाभन्दा धेरै लाग्ने गरे पनि यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन् । “हामी शुरुआतकै चरणमा छौं, विस्तारै सिक्दै र सिकाउँदै जाने चरणमा छौं । त्यसैले पनि केही समय लागेको हो । समयसँगै विस्तारै क्यालेन्डरअनुसार पढाइ हुँदै जान्छ,” उपकुलपति खनियाँले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

व्यवस्थापन संकायमा अढाई महिनामा परीक्षाको नतिजा आउन थालेको भन्दै विज्ञान र शिक्षा संकायमा केही समस्या रहेको र त्यो पनि विस्तारै समाधान हुँदै जाने उनको भनाइ छ । संसारकै सबैभन्दा धेरै विद्यार्थी र आंगिक क्याम्पस भएको विश्वविद्यालयलाई नयाँ प्रणालीमा जाँदा केही समस्या र समय लाग्ने अनि त्यसलाई सबैले बुझिदिनुपर्नेमा उपकुलपति खनियाँको जोड छ । 

आफैले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर लागु नभएको सन्दर्भमा उनी विश्वविद्यालयको पूर्वाधार, अनुभव र पुरानो प्रवृत्तिलाई जिम्मेवार ठान्छन् । वर्षौंदेखि पढाउँदै आएको प्रणालीभन्दा बाहिर गएर प्रोफेसरहरुले कामगर्नु परेको र विद्यमान संरचना तथा जनशक्तिबाटै काम लिनु परेकाले क्यालेन्डरअनुसार काम हुन नसकेको उपकुलपति खनियाँ तर्क गर्छन् । 

Global Ime bank

समाजको एउटा पक्षमा मात्रै सुधार खोजेर आरोप लगाउने र टिप्पणी गर्न नहुनेमा जोड दिँदै उनी भन्छन्, “हामी यहाँ त्रिवि र त्रिवि प्रशासनलाई मात्रै गाली गर्छौं, समस्या अरु पक्षमा पनि छ । साइन्सको परीक्षा साउनमा हुनुपर्नेमा छठपछि मंसिरमा गर्न विद्यार्थीले दबाब दिन्छन् । यसमा कसलाई दोष दिने ?”

उनी त्रिविको संरचना, प्राध्यापक र विद्यार्थीको बुझाइ र अनुभवका आधारमा नेपालमा विश्वका कुनै पनि विश्वविद्यालयको जस्तो सेमेस्टर प्रणाली लागु नभई नेपालको आफ्नै प्रकारको सेमेस्टर प्रणाली लागु भएको बताउँछन् । दक्षता, क्षमता, नैतिकता र समाज कसैले पनि सेमेस्टर प्रणाली नबुझेको र भर्खर लागु भएकाले यसलाई हुबहु कार्यान्वयन गर्न समय लाग्ने उनको भनाइ छ । 

विद्यार्थीमा पनि समस्या
“पढेर होइन, ठोकेर र थर्काएर नम्बर लिने देश हो यो, यहाँ पहिला सर्टिफिकेट लिऊँ अनि सीप सिकौंला भन्ने विद्यार्थीको मानसिकता छ,” त्रिविका एक उच्च अधिकारी बाह्रखरीसँग भन्छन्, “यहाँ सेमेस्टरको मर्म र धर्म के हो भन्ने स्वयम् विद्यार्थीले पनि बुझ्नुपर्छ । राजनीतिक दलका नेता र उच्च अधिकारीको पावर र दबाबका भरमा नम्बर चढाउन सकिन्छ भन्ने मानसिकताबट पहिला विद्यार्थी र अभिभावक दुबै मुक्त हुनुपर्छ ।”

सेमेस्टर प्रणालीमा पढाइ भइरहेका बेला परीक्षा सार्न दबाब दिने विद्यार्थीले पनि आफू सेमेस्टर प्रणालीमा अध्ययन गरिरहेको भन्ने बुझ्नुपर्ने ती अधिकारी बताउँछन् । सेमेस्टर प्रणालीमै विदेशबाट पीएचडी गरेका ती अधिकारी भन्छन्, “राति प्रोफेसरसँग ‘डिस्का’े जाने विद्यार्थीको परीक्षामा मूल्यांकन गर्दा त्यो प्रोफेसरले चिनजानको आधारमा एक नम्बर पनि बढी दिँदैन । त्यो उच्च नैतिकता हामीमा छ कि छैन भन्ने कुराले पनि असर गर्छ । यहाँ त राजनीतिक दल र नेताको पावरसम्म लगाइन्छ । यस्तो मानसिकताबाट हामी पहिला मुक्त हुनुपर्छ ।”

सेमेस्टर प्रणालीमा शैक्षिक क्यालेन्डर ‘मेन्टेन’ नभए पनि पढाइमा भने सुधार भएको उपकुलपति खनियाँ बताउँछन् । परीक्षामा मात्रै शिक्षक र विद्यार्थीबीच भेट हुने प्रचलनको अन्त्य सेमेस्टर प्रणालीले गरेको भन्दै विस्तारै क्यालेन्डर अनुसार परीक्षा र नतिजा प्रकाशन पनि शुरु हुने उनको विश्वास छ । 

के हो सेमेस्टर प्रणाली ?
सेमेस्टर प्रणालीको विश्वव्यापी मान्यताअनुसार एउटा सेमेस्टरमा ४ महिना पढाइ हुन्छ भने एक महिनामा परीक्षा र त्यसको नतिजा प्रकाशन र सर्टिफिकेट वितरण सकिनुपर्छ । र, अर्को एक महिना आउँदो सेमेस्टरका लागि प्रोफेसरलाई तयारी भनेर छुट्टी दिइन्छ । 

अमेरिका तथा युरोपका नाम चलेका विश्वविद्यालयमा परीक्षा लिएको ४८ घण्टाभित्र नतिजा सार्वजनिक भइसक्छ । चीन र भारतमा पनि एक महिनाभित्र नतिजा प्रकाशन भइसक्ने गरेको त्रिवि उच्च शिक्षा परियोजनाका सहायक निर्देशक रामचन्द्र पोखरेल बताउँछन् । 

चार महिनामा पढाइ सकिने वातावरण नबनेसम्म त्रिविको समेस्टर प्रणाली भद्रगोल हुने उनको बुझाइ छ । विद्यार्थीको पढाइको गुणस्तर सेमेस्टरको अवधि लम्बिएर नहुने भन्दै पोखरेल भन्छन्, “जति समय बढायो, विद्यार्थी त्यति नै अल्छि हुँदै जान्छन् ।”   

विद्यार्थी एक्सचेन्जमा समस्या
सेमेस्टर प्रणालीको पढाइ क्यालेन्डरअनुसार भएको अवस्थामा देशभित्रकै कलेज र देश बाहिरका कलेजबीच विद्यार्थीले कलेज परिवर्तन गरेर पढ्न सक्ने व्यवस्था हुन्छ । तर क्यालेन्डरअनुसार पढाइ, परीक्षा र नतिजा प्रकाशन नहुँदा विद्यार्थी एउटा कलेजबाट अर्को कलेज जान सक्दैन । 

निर्देशक पोखरेल भन्छन्, “यहाँ विश्वविद्यालय र कलेज अनुसार समेस्टेर शुरु हुने र फरकफरक समयमा सकिन्छ ।  अमेरिकाको विश्वविद्यालय नेपालको त्रिविको कुनै एउटा लेवलको एउटै शैक्षिक क्यालेन्डर छ भने एक सेमेस्टर पढ्न नेपाल आएर फेरि अर्को सेमेस्टर पढ्न उहीँ फर्किन सक्छ । तर, क्यालेन्डर अनुसार पढाइ नहुँदा विद्यार्थी सेमेस्टरको यो सुविधा लिनबाट वञ्चित भइरहेका छन् ।” 

सेमेस्टरमा आफू अध्ययनरत विश्वविद्यालयमा भन्दा अर्को विश्वविद्यालयका प्रोफेसर बढी दक्ष लागेको खण्डमा दुवै विश्वविद्यालयको क्यालेन्डर मिलेमा विद्यार्थीले कलेज परिवर्तन गरेर पढ्ने गरेको पाइन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC