बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
तीन वर्षसम्म विवरण नबुझाउने ११ दल खारेजीमा, ८२ दललाई सय रूपैयाँ जरिबाना
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, असोज ७, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । निर्वाचन आयोगले तीनवर्ष सम्म पनि आयव्यय विवरण नबुझाउने ११ वटा राजनीतिक दल खारेज गरेको छ ।
निर्वाचन आयोका प्रवक्ता एवम् सहसचिव सूर्य प्रसाद शर्माका अनुसार तीन वर्षसम्म पनि आयव्यय विवरण नबुझाउने ११ वटा राजनीतिक दल खारेज गरिएको छ भने एकवर्षसम्म विवरण नबुझाउने ८२ वटा राजनीतिक दललाई एक सय रूपैयाँ जरिबाना तिराउने निर्णय आयोगले गरेको छ । गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दा पनि बेवास्ता गरेपछि जरिबाना तिराउन बाध्य भएको उनको भनाइ छ ।  तीनवर्ष नबुझाउने ११ वटा राजनीतिक दल भने खारेजीमा लगिएको उनले जानकारी दिए ।
निर्वाचन आयोग ऐन, २०६३ र राजनीतिक दलसम्बन्धी ऐन, २०५८ मा राजनीतिक दलहरूले आय–व्ययको वार्षिक प्रतिवेदन ऐनमा तोकिएको म्यादभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । कानून बमोजिम आय–व्ययको वार्षिक प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई आफ्नो भनाई पेश गर्न समय दिए पनि नबुझाएको भन्दै आयोगले जरिबाना गराउने निर्णय गरेको हो ।
तस्बिर साभार : नेपाल सन्देश डट कम 
निर्वाचन आयोगको विज्ञप्तिको पूर्ण पाठ 
 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, असोज ७, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्