site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
निर्मला हत्याका सबै कुरा खोल्दा समाजमा अशान्ति हुन्छ भन्दै राजीनामा दिएका सदस्य केसी फेरि फर्किए 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्मला पन्त हत्याकान्ड छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी फेरि समितिमा फर्किएका छन् । सुरक्षा ‘थ्रेट’ को कारण देखाएर उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएको दुई दिनपछि उपसचिव केसीले बुधबार दिउँसो गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर पुनः समितिमा फर्किने घोषणा गरेका हुन् । 

उनले यसअघि निर्मला हत्याका बारेमा सबै कुरा खोल्ने हो भने समाजमा अशान्ति हुन्छ भन्दै राजीनामाको घोषणा गरेका थिए । उनले त्यसबेला आफूलाई ठुलै अपराधिबाट डर भएको भन्दै ज्यानको सुरक्षा गर्न मानवअधिकार आयोगसहित विभिन्न निकायमा आग्रह गरेका थिए ।

७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव केसीले गृह मन्त्री रामबहादुर थापा र आफ्नो एजेण्डा समान देखिएकाले समितिमा बसेर काम गर्न आफू तयार भएको प्रतिक्रिया दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘गृहमन्त्रीज्यू र गृहसचिवज्यूसँग मेरो झन्डै २ घन्टा छलफल भयो । मेरो एजेन्डा र मन्त्रीज्यूको एजेन्डा समान रहेछ । घटनाका बारेमा धारणा एउटै भएको तर बीचमा कम्युनिकेशन ग्याप भएका कारण बुझाईमा फरक आएको रहेछ । एजेन्डा एउटै हो र उद्देश्य एउटै हो भने किन एकाकार नहुने भनेर म समितिमा फर्किएको हुँ,’’ उनले पत्रकार सम्मेलनमा भने ।   

उच्चस्तरीय छानविन समितिमा बसेर निर्मलालाई न्याय दिलाउन नसकेपछि समितिमा बस्नुको औचित्य नभएको दाबी गर्दै उनले दुई दिनअघि काठमाडौंमा पत्रकार सम्मेलन गरेर समितिबाट राजीनामा दिएको घोषणा गरेका थिए । राजीनामा घोषणाका क्रममा उनले घटनाको अनुसन्धानका क्रममा आफूलाई सुरक्षा महशुस भएको भन्दै जीउ–ज्यानको सुरक्षाका माग गरेका थिए । 

Global Ime bank

बुधबार बिहान गृह मन्त्री थापाले सुरक्षाको सम्पूर्ण व्यवस्था राज्यले गर्ने प्रतिवद्धता जनाएपछि आफू समितिमा बसेर छानबिन समितिले गर्न बाँकी अनुसन्धान गर्न तयार भएको पत्रकार सम्मेलनमा जिकिर गरे । तर उनले राज्यले सुरक्षाको ग्यारेन्टी गरिसकेपछि पनि आफूलाई सुरक्षा ‘थ्रेट’ दिने व्यक्तिका बारेमा खुलेर केही बताउन सकेनन् ।  

धम्की दिने व्यक्ति को हो भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘‘अनुसन्धानका क्रममा एक जनाले मलाई सर तपाईंको काम चाँही असाध्यै सराहनीय छ, स्वागतयोग्य नै छ । तर यहाँ योभन्दा अगाडि पनि ट्रकले ब्रेक फेल भयो भन्दै मान्छे किचेका छन् । तपाईँ एक्लै हुनुहुन्छ अलि ख्याल गर्नुस् है भनेपछि डराएँ,” उनले घटनाबारे बताउँदै भने ।

त्यो दिनबाट आफूले एक्लै घटनाको अनुसन्धान गर्न एक्लै जान छोडेको र बयान लिनु परे प्रशासन कार्यालयमा अथवा अञ्चल प्रहरी कार्यालयमै बोलाएर बयान लिएको उनको भनाइ छ । भदौ १५ गते एक्लै निर्मलाको साइकल भेटिएको स्थानमा अनुसन्धानका लागि गएको समयमा मोटरसाइकलमा आएको व्यक्तिले आफूलाई यस्तो बताएको उपसचिव केसीले दाबी गरे । 

‘‘साइकल फेला परेको स्थानमा डेमो गरेर हेर्नुपर्यो र साइकल देख्ने व्यक्तिसँग सोधपुछ सँगै घटनाका बेला खोलामा पानी कति थियो त्यो नाप्नु पर्यो भनेर सिडियो सापसँग गाडी मागेर एक्लै घटना स्थल पुगेको थिएँ । विस्तारै घटनास्थल भनिएको ठाउँमा मान्छेहरु जमा हुन लागे । त्यही क्रममा मलाई डराइयो ।’’ उनले आफूलाई आएको सुरक्षा ‘थ्रेट’ का बारेमा पत्रकार सम्मेलनमा भने । 

७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसीले त्यो दिनबाट आफू सशंकित भएपनि अनुसन्धानमा भने लागी रहेको दाबी गरे । तर उनले आफूलाई सुरक्षा ‘थ्रेट’ दिने व्यक्ति सवार मोटरसाइलको नम्बर थाहा नभएको र यसका बारेमा छानविन समितिलाई कुनै जानकारी नदिएको स्वीकार गरे । ‘‘यो विषष प्रमुुख जिल्ला अधिकारीसमक्ष राखेको थिए । समितिका संयोजक र अन्य सदस्यसँग भने यो बारेमा केही कुरा भएन । अनुसन्धान भने जारी राखेको थिएँ ।’’ 

छानविन समितिमा आफूले ‘टेक्निकल’ कुराहरुलाई स्वतन्त्र ढंगले राख्न मात्रै खोजेको र त्यो अवस्था नआएपछि राजीनामा दिएको उपसचिव केसीको भनाइ थियो । ‘‘मेरो उदेश्य भनेको समितिमा टेक्निकल कुराहरुलाई स्वतन्त्र ढंगले राख्ने थियो । म नेपाल सरकारको राष्ट्रसेवक कर्मचारी हुँ । अहिलेपनि म इमान्दारिपूर्वक के भन्छु भने एजेण्डा एउटै हो र उदेश्य एउटै हो भने किन एकाकार हुने । यसमा शंका गर्नु पर्दैन ।’’ सोमबार दिएको राजीनामा र बुधबार गृहमन्त्री थापासँग भएको छलफलका बारेमा स्पष्टिकरण दिँदै उनले भने । 
केसीले बुधबार नै छानविन समितिको संयोजकको जिम्मेवारीमा रहेका गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीसँग पनि छलफल भएको जानकारी दिए । आफूहरुका बीचमा पनि निर्मला हत्याकाण्डका बारेमा समान धारणा रहेको पनि उनले बताए । 

‘‘समितिका संयोजकज्यू र मेरोबीचमा पनि आज कुरा भयो । संयोजकसँग मेरो विचार यो हो, मेरो धारण यो हो भनेर राखे । उहाँले म पनि तयार छु, तपाईंले जे कुरा भन्नु भा’को छ त्यसमा म पनि सहमत हो भनिसकेपछि अव बाँकी के रह्यो त ?’’ उपसचिव केसीले प्रतिप्रश्न गर्दै भने, ‘‘मैले भनेको कुराहरुमा उहाँहरु सहमत हुनुहुन्छ । मेरो एजेण्डाभन्दा पनि जे जे कुरा देखिएको थियो त्यही त्यही कुरा जस्ताको तस्तै प्रतिवेदनमा उल्लेख गर्ने भनेपछि मैले एकाकार हुनुपर्ने कारण देखिन ।’’ 

वास्तविक अपराधीसम्म उच्चस्तरीय छानविन समितिको अनुसन्धान पुग्यो कि पुगेको थिएन भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन् । ‘‘हामी छानविनको क्रममा पुगेका छौं । त्यो प्रतिवेदनमा आउने कुरा हो । त्यो यहाँभन्ने कुरो भएन्,’’ उनले भने, ‘‘हामीले अपराधी को हो भन्ने कुरो होइन् । त्यो प्रहरीले छानविन गर्ने कुरा हो ।’’ 

छानविन समितिभित्र रहेको मतान्तरका बारेमा पत्रकार सम्मेलनमा खोल्न जरुरी नभएको जिकिर गर्दै उनले समितिको प्रतिवेदनमा आफ्ना कुरा नसमेटिए ‘नोट अफ डिसेन्ट’ जनाउने बताए । ‘‘समितिभित्रको मत–मतान्तर भन्न जरुरी छैन् । प्रतिवेदन संयुक्त नै आउँछ । कुरा नमिले फरक मतसहित प्रतिवेदन बुझाउँछु,’’ उपसचिव केसीले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ०५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC