site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जङ्गली च्याउ खाँदा दुईको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
गोरखा। जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ । अर्की एक बालिका बिरामी परेकी छिन् । 
 
काशीगाउँ–८ की ६५ वर्षीया फूलमाया गुरुङ र उनकी नातिनी ११ वर्षीया रविना गुरुङको शुक्रबार मृत्यु भएको हो भने ६ वर्षीया तिर्सना गुरुङ बिरामी छिन् । उनको काशीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 
 
रविना र तिर्सना फूलमायाकी छोरीकीे छोरी ९नातिनी० हुन् । उनीहरु काशीगाउँ–३ स्थित कोनाम्चेमा रहेको गोठमा बस्दै आएका थिए । “गाई गोठमा बस्दै आएका उनीहरुले विषालु च्याउ खाएका रहेछन्” काशीगाउँ गाविसका सहायक चन्द्रबहादुर गुरुङले भने, “च्याउको झोल मात्रै पिएकी तिर्सना बिरामी छिन् ।” च्याउ खाएलगत्तै तिर्सनाले बान्ता गरेकीले उनी बाँच्न सफल भएकी गुरुङले बताए । 
 
जङ्गलमा उम्रेको विषालु च्याउको तरकारी खाँदा फूलमाया र रविनाको मृत्यु भएको गाविस सचिव दीपक गुरुङको भनाइ छ । उपचाररत तिर्सनाले बताएअनुसार फूलमाया र रविनाले च्याउको तरकारी खाएको स्थानीय शिक्षक धनकुमार घलेले जानकारी दिए । रासस
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २५, २०७३  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC