बाह्रखरी
भर्खरै
sticky  ncell
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग ट्विन्सको सम्झनाले अझै सताउँछ
राजेश केसी
बाह्रखरी - राजेश केसी मंगलबार, भदौ २६, २०७५
Laxmi Bank
Laxmi Bank

सन् २०११, अमेरिकाको राजधानी वासिङटन डीसीबाट न्युयोर्क सहर पुग्ने बेला झमक्कै साँझ परेको थियो । बसको झ्यालबाट परको झिलिमिली नियाल्दै थिएँ । आँखाले ‘ट्विन टावर्स’ खोजिरहेका थिए । झल्याँस्स भएँ - ‘सेप्टेम्बर ११’ भएको पनि १० वर्ष बितिसकेछ । 

सानै छँदा भिनाजुको डायरीमा लेखिएको थियो- संसारका सबैभन्दा अग्ला भवन अमेरिकाको न्युयोर्क सहरमा छन् । ती १ सय १० तले छन् । उनको डायरीमा भवनको फोटो थिएन । उनी अमेरिका गएका पनि थिएनन् । बेलाबेला लैनचौर घरको झ्यालमा बसेर नयाँबजार घरको तला हिसाब गर्दै जाँदा १ सय १० तला त नागार्जुन पहाडभन्दा माथि पुग्थ्यो। म कल्पन्थेँ— ओहो कत्रो अग्ला बिल्डिङ होलान् ती ! ट्विन टावर्स बिल्डिङ मात्रै हैनन्, अमेरिकाको सान र मानव सभ्यता विकासको विशाल नमुना थिए । न्युयोर्क सहरकै भविष्य अनिश्चित रहेको बेला १९७२ मा विभिन्न संस्था र व्यक्तिले विरोध गर्दागर्दै निर्मित ट्विन टावर्स पर्यटकको गन्तव्य र न्युयोर्क सहरलाई संसारकै व्यापारिक राजधानी बनाउने खम्बा भए । सेप्टेम्बर ११ (साल भन्नै पर्दैन) हुँदा म कान्तिपुर दैनिक कार्यालयबाट घर फर्कंदै थिएँ । मोबाइलमा खबर आयो, तपाईंले बीबीसी हेर्नुभा’ छ ?  छैन । किन ?  अमेरिकाको ट्विन टावर्समा प्लेन ठोक्कियो, लाइभ आइरहेको छ।

Rohto Landing

Agani Group

घर पुग्दा दोस्रो टावरमा पनि प्लेन ठोक्किएपछि कसैले आतंक मच्चाएको ठम्याएँ। विश्वासै लागेन। फिल्म हेरेजस्तो। एकैछिनमा आफूसँग भएका 'ट्विन टावर्स'का तस्बिर बोकेर म फेरि कार्यालय फर्कें । तस्बिर र न्युज कभरेज सकेर बिहान तीन बजे घर फर्के पनि टिभीअघि नै बसिरहेँ। भय र मानवीय क्षतिको संवेदना एकातिर छँदै थियो मलाई 'ट्विन टावर्स'को मायाले साह्रै पीडा दियो। अब के हुने हो ? 'ट्विन टावर्स' फेरि उभिएलान् ? अमेरिकासँग क्षमता छ, उभ्याउला नै । तर, तिनैलाई त भगवानले पनि नसक्लान् । आँखा रसाए । त्यसको डेक (छत) मा मैले घन्टौं बिताएको याद आयो। हावा चलिरहने त्यो ठाउँबाट अन्य सयौं गगनचुम्बी भवनहरू पनि साना पुतलीका घरझैं देखिन्थे ।

हेलिकोप्टर र साना प्लेन तलतल उडेको देख्दा आफू बादलमाथि भए झैं लाग्थ्यो । पूर्वमा 'इस्ट रिभर' र 'एटलान्टिक' महासागर, पश्चिममा 'हड्सन' । उत्तरमा गगनचुम्बी सभ्यता, दक्षिणको सानो टापुमा 'स्ट्याच्यु अफ लिबर्टी' । सुन्तला रंगमा सूर्यास्तपछि सहर झिलिमिली हुँदै जाने दृश्य फोटोग्राफरका लागि भ्याइनभ्याई हुन्थ्यो । म त्यो दृश्यको लागि जान्थेँ । सन् १९९५ मा 'ट्विन टावर्स' वरिपरि १० महिना बिताउँदा मेरा लागि ती स्वयम्भू थिए । जताबाट पनि देखिने । जति टाढाबाट पनि देखिने । दिनरात देखिने । जुनै कुनाबाट पनि देखिने । फरकफरक मौसममा, फरकफरक पृष्ठभूमिमा जतिखेर पनि आकर्षक । मलाई नहेरी नहुने । कुनै तडकभडक र घमण्डबिनाका ती गगनचुम्बी, अत्यन्तै साधारण डिजाइनका ती भवन अग्ला भईकन कसैलाई होच्याउँदैन थिए । सालिन थिए, त्यसैले पनि मेरो 'अफेयर' थियो तीसँग । एटलान्टिक सिटी होस्, बाल्टिमोर होस्, डीसी होस्, कतैबाट पनि न्युयोर्क फर्कंदा 'ट्विन टावर्स' नदेखेसम्म बेचैनी हुन्थ्यो । कहिले देखिएला ? परैबाट मसिना धर्सा झैँ देखिएपछि भने घर पुगेको भान हुन्थ्यो । अब त कहिले पनि नदेखिने भयो रे । पत्यार लाग्नै गाह्रो । त्यहीँ पुगेर खोज्न मन लाग्थ्यो, देख्न मन लाग्थ्यो । चिन्ता पनि लाग्थ्यो, पुगेरै नदेखेपछि झन् कस्तो लाग्ने हो । आतंककारीको रिस किन यिनैमाथि ?

sarbottam cement

सन् १९९३ मा पनि यसको अन्डरग्राउन्ड पार्किङमा बम पड्काएका थिए । १० मानवीय क्षति भएको थियो । घाउ किन ?  पीडा किन ? कसरी निको हुने होला ? यसरी नै दस वर्ष बिते । सेप्टेम्बर ११ ले अमेरिकालाई सुरक्षा र आर्थिकरूपले शिथिल पार्‍यो । मलाई भने 'ट्विन्स'को मायाले शिथिल बनायो । बिन लादेनको मृत्युले पनि मल्हमको काम गरेन । २०११ जुनमा म त्यहीँ पुगेँ । साच्चै नै रहेनछन् 'ट्विन्स' । निकै बेर उभिएर टोलाएँ । नजिकै नयाँ भवन बनाउँदै रहेछन् । भड्किलो लाग्यो । संसारकै उत्कृष्ट एवं चलायमान न्युयोर्क सिटी शिथिल लाग्यो । अझै यो त तङ्ग्रिएको अवस्था रे ! ट्विन्ससँगै दिवंगतप्रति श्रद्धाञ्जली !!

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, भदौ २६, २०७५ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्