site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
ड्रोन निर्माणमा चीनलाई हराउने तयारी गर्दै अमेरिका !
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकी कम्पनीहरु पहिलेदेखि नै ड्रोन निर्माणमा पछि रहँदै आएका छन् । देशभित्रै ड्रोनका सबै पूर्जाहरु उत्पादन गर्न कठिन हुने गरेकाले पनि यिनीहरु विश्वबजारको प्रतिस्पर्धामा नआउने गरेको बताइएको छ । तर केही समय अगाडि मात्र स्थापित भएका दुई अमेरिकी कम्पनीहरुले चिनियाँ प्रविधिलाई हराउन लायक आविस्कार गरेको दाबी गरेका हुन् ।  

विश्वव्यापी रुपमा अहिले चिनियाँ प्राविधिक कम्पनी ‘डिजेआइ’ सबैभन्दा लोकप्रिय रहेको छ । गत वर्ष सबैभन्दा धेरै कमाइ गरेको यस कम्पनीको ‘फ्यानटम’ नामक ड्रोनको बजारमा अत्याधिक माग हुने गरेको छ । 
उद्धार लगायतका सबै कार्यका लागि प्रयोग गर्न सकिने यो ड्रोनको मूल्य पनि केबल १५०० डलर मात्र रहेको छ । यसमा रहेका अत्याधुनिक फिचरहरुकै कारण यसको लोकप्रियता बढ्दै गएको बताइन्छ । त्यसकारण यसले लामो समयदेखि नै ड्रोनबजारमा एकछत्र राज गर्दै आफ्ना सबै प्रतिस्पर्धीलाई सजिलै हराइरहेको छ । अत्याधिक प्रतिस्पर्धाकै समस्यापछि पछिल्लो वर्ष विभिन्न अमेरिकी कम्पनीहरुले ड्रोन विक्री गर्न बन्द गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तर २०१७ मा भने डिजेआइले डाटा सुरक्षाको मुद्दामा आलोचित हुनु परेपछि अमेरिकामा यसमाथि प्रतिबन्ध लगाइएको थियो । फ्यान्टमले अवैधानिक तरिकाले चिनियाँ सरकारलाई गोप्य जानकारी दिइरहेको आरोप रहेको छ । 

तर कम्पनीले भने सो आरोप पूर्ण रुपमा गलत भएको ठहर गर्दै आएको छ । यस्तोमा अमेरिकी कम्पनीका लागि नयाँ अवसर प्राप्त भएकाले पनि पछिल्लो समय ड्रोन कम्पनीहरुले नयाँ आविष्कारमा जोड दिइरहेको सीएनएनले बताएको छ । 

Global Ime bank

यस्तोमा सिलिकन भ्यालीमा आधारित ‘इम्पोसिबल एरोस्पेस’ ले सोमबार दुई घण्टासम्म लगातार उडिरहन सक्ने ड्रोन विक्रीका लागि सार्वजानिक गर्ने बताएको हो । सामान्यतय ड्रोनहरु एकपटक चार्ज गरेपछि तीस मिनेटसम्म मात्र उड्न सक्छन् । यसको मूल्य ७५०० डलर रहेको बताइएको छ ।

त्यसैगरी अर्को सुरुवाती कम्पनी ‘स्काइडिओ’ ले निर्माण गरेको ड्रोनले पनि अवरोधकहरुबाट आफैँ बचेर थाहै नदिइ अनुसन्धान गर्न सक्ने बताएको हो । गत हप्ता लन्च भएको यो ड्रोनमा राम्रो गुणस्तरको तस्बिर र भिडियोलाई पनि बढी केन्द्रित गरिएको बताइएको छ ।

जसको मूल्य चाहिँ १९९९ डलर रहेको छ । यस्तोमा यी दुवै अमेरिकी कम्पनीले यी सबै विशेषता कार्यन्वयन गर्नमा सफल भए चिनियाँ कम्पनी डिजेआइसँग प्रतिस्पर्धा गर्न सक्ने बताइएको हो । यी कम्पनीहरुले यसअघिका भन्दा फरक प्रविधि अपनाएर ड्रोन निर्माण गरेको हुनाले पनि ठूलो अपेक्षा गरिएको बताइएको छ । ड्रोन बनाउनु भन्दो अगाडि यिनीहरुले ब्याट्री निर्माण गर्ने गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC