site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरण झन् रहस्यमय बन्दै  
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको घटना अनुसन्धानमा सरकारको ध्यानाकर्षण गर्न आमाबुबासहित महिला अधिकारकर्मीको टोली कञ्चनपुरबाट काठमाडौं आइपुगेको छ । निर्मला हत्याकाण्ड झन् रहस्यमय बन्दै गएपछि निर्मलाका बुबा यज्ञराज पन्त, दुर्गा पन्तलगायतको टोली काठमाडौं आइपुगेको हो । 

टोलीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, सभामुख, सत्तारुढ दलका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष, राष्ट्रिय महिला आयोगका अध्यक्ष, प्रहरी महानिरीक्षकलगायतलाई भेट्ने योजना बनाएको छ ।
टोलीमा निर्मलाका आमाबुबासँगै अधिकारकर्मीहरु शारदा चन्द, माया नेगी, प्रेमवती राना, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला भट्ट, जानकी  जोशी र रमा पन्त रहेका छन् । ‘‘हामीले न्याय नपाइसकेपछि काठमाडौं आएका हौं, सबै पक्षको सहयोग चाहिएको छ,’’ अधिकारकर्मी चन्दले भनिन् । आफ्नै निजी खर्चमा काठमाडौं आएका उनीहरुले निर्मला हत्याकाण्डको सत्यतथ्य जनतासामु ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । चन्दले भनिन्, ‘‘स्वयं प्रधानमन्त्रीले नै निर्मलाको शव मेयरको आँगनमा राखिएको बताएपछि कञ्चनपुरवासीको मन दुखेको छ । मेयरको आगनमा शव राखिएको छैन, प्रधानमन्त्रीलाई गलत सूचना प्रवाह भएको छ, यो सच्याइनुपर्छ ।’’
प्रधानमन्त्री ओलीले ‘जनतासँग प्रधानमन्त्री’ नामक टिभी कार्यक्रममा निर्मलाको शव मेयरको आँगनमा राखिएको बताएका थिए । 

कहाँ लुके त हत्यारा ?

Prabhu Bank
Agni Group
NIC Asia

गत साउन १० गते घरबाट निस्किएकी निर्मला ११ गते मृत अवस्थामा भेटिएकी थिइन् ।  बलात्कारपछि उनको हत्या भएको पुष्टि भए पनि हत्यारा को हो, कसरी हत्या भयोलगायत विषयमा प्रहरी अनुसन्धान जारी छ । यसअघि नै प्रहरीले मानसिक रोगी भनिएका दीलिप विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको भए पनि प्रहरी अनुसन्धानमा नागरिक र स्वयं निर्मलाका परिवार पनि विश्वस्त हुन सकेनन् । विष्टलाई पक्राउ गरेपछि अनुसन्धानमा आशंका गर्दै स्थानीयले चित्तबुझ्दो प्रहरी अनुसन्धानको माग गर्दै प्रर्दशन गरेका थिए ।
प्रदर्शनमा क्रममा प्रहरीको बल प्रयोग हुँदा गोली प्रहारबाट एकजनाको ज्यान जानुका साथै १२ जना घाइते भएका थिए । घाइतेमध्ये १८ वर्षीय अर्जुन भण्डारा अहिले पनि अचेत अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । 

प्रहरी अनुसन्धानका लागि निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बमलाई पनि प्रहरीले पक्राउ गरेको छ । पछिल्लो अनुसन्धानबारे प्रहरीले केही बताउन चाहेको छैन । अनुसन्धानकै लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोली कञ्चनपुर पठाएको छ । त्यसअघि कञ्चनपुर पठाइएका डिएसपी अंगुुर जिसीको टोलीलाई काठमाडौं फिर्ता बोलाइएको छ । 

Global Ime bank

निर्मलाको हत्यारा को हो ? अझै अन्योल छ । स्थानीयले निर्मला हत्यामा उच्च पहुँच भएका व्याक्तिको संलग्नता भएको आरोप लगाउँदै आएका छन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताउँदै आएको छ । आईजीपी सर्वेन्द्र खनालसमेत निर्मलाको घरमा पुगेर निष्पक्ष अनुसन्धान र दोषीलाई पहिचान गर्दै हदैसम्मको कारबाही प्रक्रियामा ल्याउने बचन दिएर फर्किएका छन् । 

घटना झन् रहस्यमय बन्दै

पछिल्लो डेढ महिनायता सबैको ध्यान तानेको निर्मला हत्याकाण्ड झन् रहस्यमय बन्दै गएको छ । प्रहरी अनुसन्धान र सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाले थप अन्योल र आशंका बढाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिका सदस्य केसीले सुरक्षा खतरा बढेको र अनुसन्धानबाट आफूले न्याय दिन नसकेको बताउँदै सोमबार राजीनामा दिएका हुन् । अनुसन्धानका आन्तरिक कुरा खुलासा गरे ठूलो अशान्ति मच्चिने जिकिर गर्दै उनले धेरै कुरा खोलेनन् । 

समितिका संयोजक हरिप्रसाद मैनालीले केसीको राजीनामाले प्रतिवेदन लेखनमा असर नपर्ने बताएका छन् । “अनुसन्धान अवधिभर उनले (केसीले) कुनै विमति राखेनन्, आफूमाथि खतरा भएको कुरा पनि बताएनन्, उनको बारेमा म बोल्न चाहन्न,’’ संयोजक मैनालीले भने । समितिले प्रतिवेदन लेख्ने काम सुरु गरिनसकेको पनि उनले बताए । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC