site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पलाई यति चाँडै सफलताको श्रेय नलिन ओबामाको सुझाव
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय आर्थिक विकासको सम्पूर्ण श्रेय आफैँलाई दिइ आफ्नो नीतिप्रति अत्याधिक गर्व व्यक्त गर्दै आइरहेका छन् । आधुनिक समयमा अमेरिकाले हालमा जस्तो आर्थिक वृद्धि कहिल्यै नदेखेको उनको भनाइ छ । तर यसै विषयमा पूर्व राष्ट्रपति बाराक ओबामाले भने छुट्टै धारणा व्यक्त गर्दै नयाँ बहस सुरु गरेका हुन् । शुक्रबार लामो समयपछि यस विषयमा बोल्दै उनले ट्रम्पको लगातारको अभिमानप्रति असन्तुष्टि जनाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

उनका अनुसार ट्रम्पले यति चाँडै सबै कुराको श्रेय लिनु कुनैपनि ढङ्गमा उचित होइन । ४४ र ४५ औँ राष्ट्रपतिबीच आर्थिक विकासलाई लिएर सुरुवातदेखि नै प्रतिस्पर्धा भइरहेको पाइएको थियो । यस्तोमा ओबामाको सो अभिव्यक्तिसँग आक्रोशित हुँदै ट्रम्पले पनि कडा जवाफ दिएका हुन् । वास्तवमा चुनाव सम्बन्धि एक अभियानमा सहभागी भएका ओबामाले शुक्रबारको भाषणमा यस्तो भनेका थिए , ‘रोजगारी लगायतका आर्थिक मुद्दामा देखिएको वृद्धिलाई अहिलेको सरकारले चमत्कार भनिरहेको छ । तर वास्तवमा २०१५ र २०१६ मा पनि तथ्याङ्कले त्यही नतिजा देखाएको थियो । ’

Prabhu Bank
Agni Group
NIC Asia

ओबामाको यही भनाइपछि आक्रोशित हुँदै ट्रम्पले उनको कार्यकालमा अमेरिकी अर्थतन्त्र सबैभन्दा कमजोर रहेको आरोप लगाएका हुन् । यति मात्र नभएर उनले ट्वीट गर्दै ओबामाले आफ्नो सफलताको श्रेय लिन खोजिरहनु शर्मनाम भएको समेत उल्लेख गरेका छन् । ओबामाले सबैलाई आशा मात्र देखाएको तर काम गरेर नतिजा ल्याउनमा भने आफ्नो योगदान बढी रहेको बताउँदै ट्रम्पले उनको तुलनामा आफू धेरै सफल राष्ट्रपति रहेको दाबी गरेका हुन् ।

वास्तवमा ट्रम्पले आगामी चुनावलाई ध्यानमा राख्दै आर्थिक वृद्धिलाई आफ्नो मुख्य हतियार बनाइरहको विपक्षीहरुको आरोप छ । विभिन्न अनैतिक काण्ड, विवादास्पद ट्वीट, एफबीआइको अनुसन्धान, र कूटनीतिक विपत्तिमा फसिरहेका कारण पनि ट्रम्प विवादित राष्ट्रपति कहलिँदै आएका छन् । त्यसकारण पनि चुनाव नजिकीँदै गर्दा आर्थिक क्षेत्रलाई उनले बढी प्राथमिकता दिइरहेको बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  ०६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC