साहित्य र कला

भ्यालेन्टाइन डेमा स्वस्तिमाको ‘बुलबुल’

भ्यालेन्टाइन डेमा स्वस्तिमाको ‘बुलबुल’

काठमाडौं । नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलबुल’ फागुन ३ गते रिलिज हुने भएको छ । २५ दिनमा सुटिङ सकेको निर्माण युनिटले भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज डेट लक गरेको हो ।  निर्माता अबिरल थापाले चलचित्र भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुने जानकारी गराए । 

साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको चलचित्रले निर्धारित समयभन्दा अगाडि नै छायांकन सकेको हो ।

बिनोद पौडेलले निर्देशन गरेको चलचित्रले टेम्पो चालक महिलाको कथालाई पर्दामा उतार्ने छ । स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । 

सुटिङ पूराभएसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ ।चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । 
 

तपाईंको मत