site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एपीएफ र चितवन टाइगर्स राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

पोखरा । एपीएफ क्लब र चितवन टाइगर्स राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखराको लामाचौरमा तीज महोत्सवका अवसरमा सोमबार सुरु भएको प्रतियोगितामा एपीएफले चितवन टाइगर्सलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । 
साविक विजेता एपीएफले चितवन टाइगर्सलाई २५–१९, २५–१८ र २५–१४ को सेटमा स्तब्ध बनायो । पराजयपश्चात् पनि चितवन टाइगर्सले उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । 
यसअघि भएको उद्घाटन खेलमा काठमाडौंको न्यू डाईमण्डले पोखराको टप्स माविलाई पराजित गर्यो । पहिलो सेट २५–२२ ले जितेको डायमण्डले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१९ ले जित्न सफल भयो । यस्तै न्यू डाईमण्ड र त्रिभुवन आर्मीबीचको अर्को खेल स्थगित भएको छ ।  पहिलो र दोस्रो सेट डायमण्डले २५–१७ र २५–१७ जिीिसकेको र तेस्रो सेटमा १२¬–६ ले अग्रता लिएको बेला वर्षा भएपछि खेल स्थगित गरीएको थियो । ५ टोली सहभागि प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ६५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने प्रचारप्रसार संयोजक धर्ममानसिंह भण्डारीले जानकारी दिए । 
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा सुरु प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरेकी हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC