site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
निर्मला हत्याको सबै कुरा खोल्दा समाजमा अशान्ति फैलिन सक्छ
Sarbottam CementSarbottam Cement

साउनको १० गते साथीको घरमा गएकी कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव फेला पर्यो ।
निर्मलाको बलात्कारपछि हत्या गर्नेलाई कारवाही हुनुपर्ने भन्दै कञ्चनपुरमा लामोसमय आन्दोलन भयो । प्रहरीले बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै दिलिपसिंह विष्टलाई पक्राउ गरेपछि आन्दोलन थप चर्कियो । किनकी स्थानीयले विष्टबाहेकका व्यक्तिको हात रहेको हुनसक्ने भन्दै छानबिनको माग गरेका थिए ।
तर प्रहरीले आन्दोलन दबाउन चलाएको गोली लागेर एकजनाको ज्यान गयो भने कैयौं घाइते भए । त्यसपछि सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाइ सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनायो । तर छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले समितिमा रहेर आफूले निर्मलालाई न्याय दिन सक्ने अवस्था नरहेको भन्दै सोमबार राजीनामा दिए । उनको राजीनामापछि निर्मला हत्याकान्ड थप रहस्यमयी बनेको छ । 
समितिबाट राजीनामा दिनुपर्नाका कारणले बाह्रखरीका केशवराज जोशीले सदस्य केसीसँग गरेको कुराकानीः

निर्मला हत्याकान्ड अनुसन्धानको उच्चस्तरीय समितिमा हुनुहुन्थ्यो ? के कुरामा असहमति राखेर राजीनामा गर्नुभयो ?

मैले असहमति भन्दा पनि आफ्नो पत्रमा सबै कुरा उल्लेख गरेको छु । म त्यो समितिमा रहेर निर्मला पन्तका वास्तविक हत्यारा–अपराधीलाई सजाय दिन सकिनँ र निर्मला पन्तको परिवारलाई न्याय दिन पनि सक्दिन । अपराधीलाई सजाय र पीडितलाई न्याय दिन नसक्ने भएपछि त्यो पदमा किन बस्ने ? त्यसैले मलाई त्यो समितिमा बस्न अनुचित लागेर छाडेको हुँ । 

Prabhu Bank
Agni Group
NIC Asia

तपाईँको के–के कुरामा असहमति रह्यो ? तपाईलाई कहाँ महसुस भयो कि यो समितिमा रहेर मैले न्यायको पक्षमा बोल्न सकिनँ भनेर ?

विशेष गरि यो महत्वपूर्ण अनुसन्धानभित्रकै कुरा हो । म कर्मचारी भएकाले पनि अनुसन्धानभित्रका सबै कुरा खोल्न पनि मिल्दैन । मैले केही कुरा खोल्दा समाजमा अस्थिरता फैलिन पनि सक्छ । समाजमा शान्ति कायम गर्ने मेरो पनि जिम्मेबारी हो । म पनि यो देशको नागरिक हुँ । त्यसैले छानबिनका कुरा तपाईँलाई भन्न सक्दिनँ । मेरो प्रेस विज्ञप्तिमा पर्याप्त कुरा लेखिएका छन् ।

Global Ime bank

१४–१५ दिन कञ्चनपुरमा रहेर अनुसन्धान गर्दाको अनुभव कस्तो रह्यो ? प्रहरीले गोली चलाएको छ, जनताले सतहमा केही कुरा उठाएका छन्, यसमा तपाईँलाई के लाग्छ ?

जनताप्रति म सम्मान गर्छु । त्यहाँका जनताले न्यायका लागि निकालेको आवाज जो छ त्यो सान्दर्भिक छ । र, जसरी १२–१३ जना घाइते भएका छन् । एकजनाको मृत्यु भएको छ एकजना अझै गम्भीर अवस्थामा अस्पतालमा छन्, योप्रति म स्तब्ध भएको छु । 

दिलिप विष्टको बारेमा केही भन्न चाहनुहुन्छ ?

कसैको बारेमा केही भन्न चाहन्नँ ।

जिम्मेवारीबाट बाहिरिएको भन्दै सरकारले कारवाही गर्यो भने के गर्नुहुन्छ ?

म न्यायसेवाको कर्मचारी हुँ । मैले इमान्दारिताका साथ सरकारको आदेश पालना गरेको छु । १५ दिनदेखि सरकारकै आदेश पालना गरेको छु र विगत २० वर्षदेखि विभिन्न चुनौतीपूर्ण अवस्थामा मैले सरकारको आदेशको पालना गर्दै आएको छु । तर मैले यो समितिमा बसेर दोषीलाई कारवाही गर्न सक्दिन भन्छु भने मलाई कारवाही गर्दैन पनि र गर्न मिल्दैन पनि । 

तपाईँको भनाइ यो समितिले निर्मलाका हत्यारा पहिचान र कारवाही गर्न सक्दैन भन्ने हो ?

समिति र अरु सदस्यका बारेमा केही बोल्न चाहन्न । तर म आफु त्यो समितिमा रहेर निर्मला पन्तको हत्यारालाई कारवाही गर्न असमर्थ छु र परिवारलाई न्याय पनि दिन सक्दिनँ भने म यो समितिमा किन बस्ने पदमात्रै ओगटेर ?  एउटै कुरा के बुझ्दिनुपर्यो भने म वास्तविक हत्यारालाई सजायको सिफारिस पनि गर्न सक्दिन भने त्यो समितिमा किन बस्ने ?
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC