site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
म्याच फिक्सिङ काण्डपछि उदाएका नवयुग
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०७२ असोज २७ गते तत्कालीन कप्तान सागर थापासहित ४ खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ परे । एक कान मैदान हुँदै फिक्सिङ काण्डले बजार तात्यो र ४ खेलाडीका कारण नेपाली राष्ट्रिय फुटबल टोलीले बेइज्जतको सामना गर्नुपर्यो । 

फुटबलका समर्थक निराश भए । अब नेपाली फुटबलका लागि कालो दिन आयो भनेर धेरैले चिन्ता व्यक्त गरे । त्यहीबीचमा नेपालले माघमा टिम तयार पार्दै बंगलादेशमा आयोजना भएको बंगबन्धु कपमा सहभागिता जनायो । वर्षौंदेखिको खडेरीलाई तोड्दै नेपालले उपाधि जित्दा नायकका रुपमा उदाए, नवयुग श्रेष्ठ । 

इलामको मंगलबारेमा जन्मिएका श्रेष्ठले सन् २०१५ मा भारतसँग भएको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए । त्यसपछि राष्ट्रिय टोलीमा स्थान बनाउन निकै कोसिस गरेका श्रेष्ठ बंगबन्धु गोल्डकपबाट नयाँ स्टारका रुपमा जन्मिए । विभागीय क्लब त्रिभुवन आर्मीका खेलाडी नवयुगले दोस्रो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ४ गोल गरे । फाइनलमा स्थान बनाउन माल्भिसविरुद्ध ह्याट्रिक गरेका उनले फाइनलमा  बहराइनविरुद्ध नेपाललाई विजयी गराउन १ गोल गरे । प्रतियोगिता अवधिभर कुल ४ गोल गरेका नवयुग बंगबन्धु कपमा सर्वाधिक गोलकर्तासँगै उत्कृष्ट खेलाडी बने । गोल गर्न नसकेको नेपाली फुटबलको दुरावस्थालाई चिर्दै उदाएका नवयुगले त्यसवर्ष भारतमा आयोजना भएको १२ औ दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने अवसर पाए ।   

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय नाकाबन्दीको सामना गरेका नेपालीलाई नेपाली राष्ट्रिय फुटबल टोलीले खुसीको उपाधि दिलायो । घरेलु टोलीलाई पराजित गर्दै नेपालले साग फुटबलमा स्वर्ण जित्दा नवयुगले गोल मेसिनको उपमा पाए । भुटान र माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक गरेका नवयुगले फाइनल खेलमा भारतलाई पराजित गर्न निर्णायक गोल गरे ।

सागमा ७ गोल गरेका नवयुगको चर्चा नेपाली फुटबलमा गोल मेसिनका रुपमा हुन थाल्यो । श्रेष्ठले २०७३ मा मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपमा एक गोल गरे । २३ वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा नवयुगले ब्रुनाइविरुद्ध पहिलो गोल गरेका थिए । सानो कदका नवयुगले नेपाललाई लगातार तीन उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । 

Global Ime bank

पछिल्लो समय भने श्रेष्ठले गोल गर्न सकेका छैनन् । एकपटक चम्किने र पछि पुरानै गतिमा फर्किने पुरानो नियतिलाई चिर्दै नवयुग फेरि लयमा फर्किने कोसिसमा छन् । यतिबेला नेपाली टोली बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेको छ । नवयुग पाकिस्तानविरुद्ध प्लेइङ ११ मा परे पनि दोस्रो खेलमा भुटानविरुद्ध सुरुवाती ११ मा परेनन् ।  भुटानविरुद्ध नेपाल ४ गोलले विजयी हुँदा नवयुगले मैदानमा प्रवेश पाएनन् । 

समूहको अन्तिम खेलमा आयोजक बंगलादेशविरुद्ध गर या मरको अवस्थामा रहेको नेपाली टोलीमा पनि नवयुग सुरुवाती चरणमा परेनन् । कप्तान भरत खवासको स्थानमा ६७ आैं मिनेटमा उनी मैदान प्रवेश गरे । 

नवयुगले बंगलादेशी खेलाडीलाई छिचोल्दै ९० आैं मिनेटमा गोल गरे । घरेलु टिमविरुद्ध नेपाल २–० ले विजयी हुँदै सेमिफाइनलमा पुग्यो । अन्तिममा गोल गरेका नवयुग म्यान अफ द म्याच भए । “आफूलाई लयमा भएको प्रमाणित गर्न सफल भएँ,” जितपछि नवयुगले भने, “होम ग्राउन्डको जस्तो समर्थकको आवाज कानमा गुन्जिँदा झनै जोश आउने रैछ, अब बाँकी खेलमा पनि उत्कृष्ट प्रदर्शनको कोसिस गर्नेछुु ।” 

सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले फाइनल प्रवेशका लागि समूह बी को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC