site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विदेशमा बस्ने नेपालीको मतदानको अधिकार

सर्वोच्च अदालतले निर्णय गरेपछि विदेशमा बस्ने नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने मामिला कानुनीरूपमै निरुपणको विषय बन्यो ।  लोकतन्त्रको आधार निर्वाचन र निर्वाचनको आधार मतदाता भन्ने भनाइलाई मान्दा मतदाता बन्न योग्यता पुगेका सबै नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने व्यवस्था अपनाउनु राज्यको दायित्व नै हो । यो दायित्व पूरा गर्ने जिम्मेवारी निर्वाचन आयोगलाई हुन्छ । 

फोटोसहितको मतदाता नामावलीको व्यवस्था गर्ने अवधारण तयार हुँदै गर्दा विसं २०६५ तिर अबको मतदाता नामावली कसरी तयार गर्ने भन्ने विषयले प्रधानता पायो । निर्वाचन आयोगको रणनीतिक योजना बन्दा त्यसपछि हुने निर्वाचनसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने निधो गरियो । त्यसबेला म निर्वाचन आयोगमा काम गर्थेँ । हामी आफैँले फोटोसहितको मतदाता नामावली सङ्कलन गरी निर्वाचनमा हुनसक्ने सम्भाव्य सबै प्रकारका धाँधलीको अन्त्य गर्ने चुनौती सिर्जना गरेर स्वीकार पनि गर्‍यौँ । अन्ततोगत्वा निर्वाचन आयोग यस्तो नामावली सङ्ककलन गर्न सफल भयो । त्यस पश्चातका नेपालका निर्वाचनहरू अन्तराष्ट्रिय स्तरका हुन पुगे । विश्वका उत्कृष्ट निर्वाचन आयोगमध्ये नेपालको निर्वाचन आयोग पनि एक हो भन्ने आधार स्थापना गर्न सफल भइयो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस क्रममा अर्को दुईवटा उद्देश्य पनि अंगिकार गरिएको थियो – यही नामावलीको आधारमा राष्ट्रिय परिचय पत्रको व्यवस्था गरी जिल्लास्तरबाट वितरण गरिने नागरिकता प्रमाणपत्रलाई विस्थापित गर्ने र अर्को, विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्नसक्ने व्यवस्था प्रारम्भ गर्ने । दुर्भाग्यवश, यी दुवै उद्देश्यमा सफलता हासिल गर्न सकिएन । अहिले आएर सर्वोच्च अदालनको फैसला कुर्नु पर्‍यो । यो फैसलापछि पनि अझ कति समय कुर्नु पर्ने हो विदेशमा बसेका नेपालीले मतदान गर्न सक्ने व्यवस्था गर्न ।

कुनै अभियान आरम्भ गरेपछि हामी कहाँ विभिन्न बहाना बनाएर त्यसलाई शिथिल पार्ने संस्कार नै बसिसकेको छ । जटिल बनाउँदै सोच्ने हो भने विदेशमा बसेका नागरिकलाई मतदानको व्यवस्था गर्न कति कठिन छ । प्राविधिक, व्यवस्थापकीय, साधन स्रोत, दक्ष जनशक्ति, पहुँच, विश्वसनीयता, कानुनी प्रावधान कति हो कति समस्या तुरुन्तै जेलिन आइपुग्छन् । समस्या केलाउँदा केलाउँदै समय घड्किन्छ, अभियानको स्वाद पनि खल्लो हुन थाल्छ र सफलता हासिल भए पनि त्यसको उपादेयता मेटिइसक्छ । यस्तै भइरहेछ विदेशमा बस्ने नेपालीको मतदानको अधिकार ।

Global Ime bank

विदेशमा रहेका करिब आधा नेपालीको मतदाता नामावली बनिसकेको हुनुपर्छ । विगत सात आठ वर्षदेखि निर्वाचन आयोगले मतदाताको लगातार फोटो खिचिरहेको छ । नागरिकता प्रमाणपत्र बनाउँदा नै तत्काल फोटो खिच्ने व्यवस्था भएको हुँदा विगत केही वर्षदेखि नागरिकता प्रमाणपत्र बनाउने सबैजसोले फोटो खिचेका छन् । अरूको लागि राजदूतावास, महावाणिज्य दूतावास, अवैतनिक दूतावासहरूमा तत्काल फोटो खिच्ने व्यवस्था गर्न सकिन्छ । सबैले मतदाता नामावलीमा नाम दर्ता गर्न समय लाग्ला तर यो प्रक्रिया तत्काल प्ररम्भ गरियो भने केही वर्षभित्रमा विदेशमा बसेका सबै नेपालीको नाम दर्ता भइसक्छ । अर्थात्, नामावली दर्ता गर्न खास समस्या होलाजस्तो लाग्दैन ।

मतदानको लागि प्रारम्भमा यिनै दूतावासहरूलाई केन्द्र मानी मतदानको व्यवस्था गर्न सकिन्छ । यसको लागि राम्ररी तयार पारिएको कार्यविधि, केही कम्प्युटर उपकरण र निर्वाचन आयोगले प्रयोग गरिरहेको निर्वाचन सामग्री आवश्यक पर्छ । सबै ठाउँमा एकै पटक व्यवस्था गर्न नसकिए क्रमशः व्यवस्था गर्दै जान सकिन्छ ।

अब हुने कुनै पनि निर्वाचन वा उपनिर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मतदान गर्न सक्ने व्यवस्था गर्न निर्वाचन आयोग हरतरहले सक्षम छ भन्नेमा म विश्वस्त छु । अलिकति इच्छाशक्ति, अलिकति जोखिम उठाउन सक्ने क्षमता र अलिकति व्यवस्थापन सीपमा परिमार्जन गर्नुपर्छ – सर्वोच्च अदालतको फैसलाको मान राख्न सकिन्छ । निर्वाचन आयोगले विगतमा देखाएको क्षमतालाई पुनः प्रतिष्ठापित गर्न सकिन्छ । लोकतन्त्रको जग अझ मजबुत बनाउन सकिन्छ । मुख्य त सबै नेपालीले मतदान गर्न पाउँछन् र लोकतन्त्रको स्वअनुभूति गर्न पाउँछन् ।

विदेशमा बस्ने नेपालीले मतदान गर्न नपाउँदासम्म हाम्रो लोकतन्त्र अपूर्ण हुन्छ भन्ने त सर्वोच्च अदालतको निर्णयले नै स्पष्ट गरिसकेको छ । अब हुने कुनै पनि निर्वाचनमा विदेशमा हुने नेपालीले मतदान गर्न पाएनन् भने लोकतन्त्र हास्यास्पद घुम्तीमा पुग्ने सम्भावना त छँदैछ नेपाली नागरिकको ठूलो हिस्सा मतदानबाट वञ्चित रहिरहनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC