site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मिडियामा संवेदनाहीन व्यापार
Sarbottam CementSarbottam Cement

– सुदर्शन शर्मा


“फूल फुली गाउँघर भरि डगमगाया गला,
भाइ परदेशै बहिनी घरै, यो मन कति रोला कात्तिका महिना ।”

यो गीत मैले पहिलो पटक दैलेखको ग्रामीण भेगका युवा झक्कड थापाले ‘नेपाल आइडल’को पहिलो सिजनमा गाउँदा सुनेको हुँ । मैले सुनेको त्यही गीतकै आधारमा यो लेखेको पूरा ठीक छ या छैन, म यकिनसाथ भन्न सक्दिनँ । तर, यसमा प्रयुक्त हरफहरूले अधिकांश नेपालका गाउँ प्रतिविम्बित गर्छन् । सुनसान गाउँको आत्मिक भावलाई शब्द र लयमा प्रस्तुत गर्न खोजिएको कुरालाई आँकलन गर्न कुनै विशेष विज्ञता जरुरी छ भन्ने मलाई लाग्दैन । कात्तिकमा गाउँभरि फूल फुलेका बेला परदेशिएका दाजुको सम्झनामा बहिनीको मन कति रोयो होला भन्ने गम्भीर भाव बोकेको यो गीत साँच्चै हाम्रा अधिकांश परदेशिएका दाजुभाइको मनको कसिलो वेदना हुनुपर्छ । त्यसभन्दा पछि के छ भन्ने कुरा खोज्दा मैले त्यो गीतको लिंक पाइनँ र मेरो यो लेखनको मूल अन्तर्य यो नभएको कारण पनि यसमा मैले धेरै खोज गरिनँ । यहाँ मैले त्यसयता मेरो मनमा खेलेका र हामीले समाजमा गुमाउँदै गएको संवेदनाका केही पाटा उजागर गर्न खोजेको हुँ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा विदेशीको सिको गर्दै उनीहरूकै स्वामित्वमा शुरु गरिएका रियालिटी शोहरूले एकातर्फ राम्रै व्यापार गरिरहेका छन् भने अर्कातर्फ नयाँ प्रतिभाहरूलाई दुनियाँले चिन्ने मौका पनि पाइरहेका छन् । त्यस्ता प्रतिस्पर्धाहरूको सूची लामो बन्दै गएको छ । प्रविधिको सहज पहुँचले त्यस्ता प्रस्तुतिहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत एकैछिनमा विश्वभर पुग्छन् । विशेष भए ‘भाइरल’ बन्छन् । कतिपय अवस्थामा भने सञ्चालकले उद्देश्यसँग मेल नखाने प्रस्तुतिलाई समेत व्यापारिक प्रायोजनका लागि नियोजित रूपमा भाइरल बनाउने गरेका छन् । त्यसो गर्दा मानवीय संवेदनशीलतालाई पूरै बेवास्ता गरिएको देखिन्छ । झक्कड थापा त्यसकै उदाहरण हुन् ।

मैले बुझेसम्म ‘नेपाल आइडल’का लागि पहिलो चरणको छनोटमा आवेदन मागिन्छ । शुरुवाती चरणमा गाउन लगाइन्छ । त्यसमा ठीक छ जस्तो लागेको व्यक्तिलाई अर्को चरणको अडिसनमा गाउन लगाइन्छ । अडिसनमा तीन जना स्थापित र संगीतको ज्ञान हुने निर्णायकले प्रतिस्पर्धीको मूल्यांकन गरी छनोट गर्छन् । त्यो छनोट चरणका केही अंशमात्रै टेलिभिजनमा प्रसारण गरिन्छ, अधिकांश हटाइन्छ । यसरी छानिएका प्रतिस्पर्धीलाई काठमाडौंको स्टुडियोमा लगेर विभिन्न चरणमा प्रतिस्पर्धा गराई दर्शकको भोटद्वारा नेपाल आइडल चयन गरिन्छ ।

Global Ime bank

अब कुरा गरौं झक्कड थापाको । मैले त्यति धेरै खोज गरेको विषय यो होइन । यसमा मेरो सामान्य बुझाइ प्रस्तुत गर्छु । झक्कड थापा दैलेखको एउटा ग्रामीण भेगका युवा हुन्, जो आफ्नो पारिवारिक खर्च धान्न अर्काको देशमा निम्नस्तरको काम गर्न पुगेका छन् । छुट्टीको बेला आउँदा कतै सुनेको भरमा गीत गाउने रहरले डोरिएका ती युवाले ‘नेपाल आइडल’मा दर्खास्त दिन्छन् । उनी गीत गाउन जान्छन्÷जान्दैनन्, त्यो अर्को कुरा हो । तर, गीतप्रतिको रुचि उनमा निःस्वार्थ र निस्कलंक छ । गाउँघरको मेला, मैजारोमा गीत गाएकै, मनमा बसेकै युवा हुन् उनी पनि । हाम्रा झुटा दैनिकीको तुलनामा दुःखजेलो गरेर जीवन धानिरहेका झक्कडको जीवन पनि निस्कलंक हुनुपर्छ शायद । जे होस्, उनले प्रस्तुति दिन्छन् । कार्यक्रमका सञ्चालक र दिग्गज निर्णायकलाई समेत उनको क्षमतालाई सार्वजनिक गर्ने या नगर्ने, छनोट गर्ने या नगर्ने पूरा अधिकार छ । तर, झक्कडको प्रस्तुतिलाई विभिन्न ‘एनिमेसन’ थपेर मजाकको पात्र बनाइन्छ ।

संगीतका आ–आफ्नै विधा र ग्रहणशैली हुन्छन् । कसैले दमदार भनेका गीत मलाई कर्कस हल्लामात्रै लाग्न सक्छन् । मैले दोहो¥र्याई–तेहे¥याई सुनेका गीतलाई कसैले झुर भन्छन् । त्यसैले त गीत÷संगीतको महत्ता उँचो छ ।

झक्कडले गीत मनबाटै गाएका छन् । कसैले दिएको ताज पहिरेर जिन्दगीमा उलटपुलट ल्याउँला भन्ने उद्देश्य उनको होइन । निर्णायकहरूलाई उनी प्रतिभावान लागेनन् । तर, किन त्यहाँ त्यसरी प्रस्तुत गरियो उनलाई ? सुन्दा यो प्रश्न सामान्य लाग्छ तर यसको उत्तरमा हामीले बाँचिरहेको समाजको एउटा डरलाग्दो स्वभाव देखिन्छ । यहाँ झक्कडको निर्दोष स्वभावलाई गम्भीर मजाक बनाएर व्यापारको निकृष्ट उद्देश्य पूरा गर्न खोजिएको छ ।

गाउँका निस्कलंक मान्छेको जीवनशैली र प्रस्तुतिहरू हामी प्रविधिको पहुँचमा रमाइरहेका मानिसहरूका लागि अलिक फरक लाग्छन् । तर, फरक लाग्यो भन्दैमा तिनले बाँचेको जीवनशैलीको सन्तुष्टि हाम्रोभन्दा कम छ भन्ने भ्रम वहियात हो । बरु निर्वाहमुखी जीवन बाँचिरहेका तिनको जीवन दुःख भोगेरै भए पनि हाम्रोभन्दा सन्तोषी र सुखी छ भन्ने मेरो सामान्य बुझाइले भन्छ । ती जीवनको आनन्दको गहिराइमा नपुगेरै मजाकको विषय बनाउने हर्कत र अझै त्यसलाई नै आफ्नो व्यापारको माध्यम बनाउने घृणित कर्मको बोलवाला बढ्नु कदापि उचित होइन । अझै जानेर वा नजानेर राष्ट्रको गहना मानिएका कलाकारहरू त्यसमा दुरुपयोग हुनु कसरी जायज होला ?

अहिलेको सिजनमा पनि नरेश पातली नाम गरेका अर्का युवालाई त्यसरी नै मजाकको विषय बनाइएको छ । केही सस्ता मिडियासमेत चर्चा र दर्शकको ध्यान तान्ने दौडमा त्यसमै लागिपरेका छन् । अझै झक्कड थापालाई विभिन्न माध्यममा बोलाई–बोलाई उनको त्यही सोझोपनको गलत उपयोग गरिएको समेत देखिँदैछ, जसबारे उनी आफैंलाई थाहा होला कि नहोला ? शायद उनी पनि अब आफ्नै सोझोपनको व्यापारमा पो लहसिए कि ? इमानदार मान्छेलाई मजाकको पात्र बनाएर समाजले घुमाउरो पारामा बेइमानीतर्फ अभिप्रेरित त गरिरहेको होइन ? यसलाई जानेर वा नजानेर हामीले प्रश्रय दिँदा कतै हामी सस्तो लोकप्रियताको नाममा महँगो इमानलाई बेचिरहेका त छैनौं ?

मनमा लागेको एउटा प्रश्न—

परदेशिएका अधिकांश नेपाली युवाको जीवन बोकेको ‘चालीस कटे’सि रमाउँला’ गीतबाट चर्चाको शिखरमा रहनुभएका कालीप्रसाद (बाँस्कोटा) दाजु ! हजुरले त्यही जीवन बाँचिरहेको युवा मजाकको पात्र बनेको कसरी सहनुभयो ? तपाईं पनि त्यही संवेदनाहीन व्यापारको गोटी त बन्नुभएको होइन ?
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC