विशेष
काठमाडौं । दसैंमा काठमाडौं उपत्यकाबाहिर जान आजदेखि बसको टिकट बुकिङ खुला भएको छ ।
नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार शुक्रबार विहानैदेखि दसैंका लागि टिकट बुकिङ खुला गरिएको बताए । टाढा–टाढा जाने यात्रुका लागि शुक्रबारदेखि खुला गरिएको भए पनि नजिकका जिल्लाको लागि केहीदिनपछि टिकट खुला गरिने बताए । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको अघिल्लोसाता बसेको बैठकपछि शुक्रबारदेखि बुकिङ खुला गर्ने निर्णय भएको थियो । टिकटका लागि रातीदेखि नै सर्वसाधारण लाइनमा बसेका छन् । टिकट बुकिङका लागि नयाँ बसपार्क, कलंकी, गौशाला, कोटेश्वर लगायतका स्थानमा सर्वसाधारणको भिड बढेको छ । नयाँ बसपार्कमा टिकटका लागि रातभर सर्वसाधारण लाइनमा बसेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७३ ०८:२०
प्रतिक्रिया दिनुहोस्