site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
अपराधी नजोगाऊ प्रहरी !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब डेढ महिना हुन लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन । भिनाजुको हत्यामा जेल बसेर निस्किएका ४१ वर्षीय दिलिपसिंह बिष्टलाई प्रहरीले दोषी देखाउने प्रयास गरे पनि स्थानीय भने त्यो कुरा मान्न अहिलेसम्म तयार छैनन् । कञ्चनपुरमा बिष्टलाई पक्राउ गरेपछि वास्तविक हत्यारा पक्राउ नगरेर मुख्य दोषीलाई जोगाउन प्रहरीले नै भूमिका निर्वाह गरेको भन्दै स्थानीयले गरेको आन्दोलनमा गोली चलाउँदा एकजनाको ज्यान गएको छ भने केही गम्भीर घाइते भएका छन् । तीमध्ये केहीको काठमाडौंमा उपचार भइरहेको छ । 

स्थानीयले कञ्चनपुरकै तत्कालीन एसपी डिल्लीराज बिष्ट र मेयरकै नजिकका मान्छेलाई शंकाको घेरामा राख्दै अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई आग्रह गरेका छन् । त्यस्तै, निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता भनिने अनितालाई घटनाका बारेमा धेरै जानकारी रहेको हुन सक्ने भन्दै स्थानीयले लगातार आन्दोलन गरेपछि सरकारले छानबिन समिति गठन गरेको थियो भने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पनि परिवर्तन गरिएको छ । निर्मलाको हत्यापछि प्रहरीको शंकास्पद कामप्रति नै अहिले आशंका उब्जिएको हो । हराएकी छोरी खोज्न पुगेकी आमालाई प्रहरीको रुखो बचन, हत्या गरेर फालिएको अवस्थामा फेला पर्नासाथ निर्मलाले लगाएको कपडा प्रहरीले नै पखाल्ने, बम दिदीबहिनीको घरमा रहेको अम्बाको रुख काट्नुलगायतका गतिविधि प्रमाण नष्ट गर्ने प्रयत्न भएको भन्दै स्थानीय आक्रोशित भएका हुन् । घटनाको गम्भीर रुपमा अनुसन्धान नगरी घटना र प्रमाण कसरी लुकाउन सकिन्छ भन्नेमा प्रहरी केन्द्रित रहेको आरोप छ ।

स्थानीयको दबाबपछि पक्राउ गरिएका बम दिदीबहिनी र एसपी तथा मेयरका आफन्तसँगको बयानमा नयाँ कुरा नआएको प्रहरीले बताएपछि प्रहरीमाथि नागरिकको आशंका थप गहिरिएको छ । आफ्नो क्षेत्रभित्र अशान्ति र अव्यवस्था हुन नदिन खटिएको नागरिक–रक्षक नै पछिल्ला दिनमा भक्षक भएको आशंका स्थानीयमा परेको छ । प्रहरीले गरेका हरेक गतिविधिमा नागरिकले यसरी आशंका गर्नु भनेको राज्यसंयन्त्र कमजोर हुनु हो । राज्य संयन्त्र कमजोर हुनु भनेको असफल राज्यको बाटोमा अघि बढ्नु हो । त्यसैले प्रहरीले पनि आफूभित्रै त्यस्ता अपराधी रहेको भए कानुनी कठघरामा ल्याउन हिच्किचाउनु हुँदैन ।  अनि मात्रै नेपाल र नेपाल प्रहरीको शीर उँचो हुनेछ भने सरकारप्रति पनि जनताको विश्वास बढ्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC