site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रसूतिका लागि घन्टौं कुर्नुपर्ने बाध्यता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ। एक छेउका कपडाको पोको र पानी अनि अर्कोतिर ठूलो पेट लिएर गाह्रो गर्दै उभिएकी कविता मगर । 
 
डाक्टरले सुत्केरी हुन दिएको समय सरिसकेको छ । रक्तश्राव भएकाले उभिन पनि गाह्रो भएको छ । तर पनि उनले बेड नभएकाले भर्ना हुन पाएकी छैनन् । 
 
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आएकी उनी बिहान ६ बजेदेखि बस्ने ठाउँ नपाएर उभिरहनु परेको देखेसो गर्दै थिइन् । उनले भनिन्– “आज नै डाक्टरले बोलाउनुभएको थियो । गाह्रो भएर बिहानै आएको यहाँ बेड खाली छैन भनेर भर्ना नै गरेका छैनन् । अहिले दिउँसो ३ बज्यो, बस्ने ठाउँ पनि छैन । निकै गाह्रो भएको छ ।” 
 
नेपालको एक मात्र सरकारी प्रसूति गृहमा बेड नपाएर दुःख पाएका अन्य धेरै गर्भवतीको अवस्था निकै विरक्त लाग्दो देखिन्थ्यो । सुत्केरी हुने समयमा त्यहाँ छिटो र छरितो उपचार होला भनेर त्यहाँ पुगेका गर्भवती महिलाले आफूले त्यहाँ पालो कुर्दासम्म पनि बस्ने ठाउँको सुविधा नहुँदा गर्भवतीको विजोग भएको गुनासो गरे । 
 
धुन्चे गाविस रसुवाबाट श्रीमतीलाई सुत्केरी गराउन प्रसूति गृह आएका दिनेश लामिछानेले बेड नपाउँदा श्रीमतीलाई निकै गाह्रो भएको बताए ।
 
उनले भने– “आज चिकित्सकले भर्ना हुनुपर्छ भनेर बोलाएको थियो । चार घन्टा भयो आएको तर अहिलेसम्म बेड खाली छैन बाहिर बस्दै गर्नोस् भनेर भन्छन् । गर्भवतीलाई त बस्ने राम्रो व्यवस्था छैन, कुरुवाको त झन बेहाल छ । चार पाँच घन्टा उभिन निकै गाह्रो भएको छ ।”’ 
 
पहिलो पटक सुत्केरी हुन लागेकी आफ्नी बुहारीलाई लिएर अस्पताल आउनुभएका भक्तपुरका राजु मिजार एक दिन अघि आउँदा बेड नपाएर घर फर्कन परेको गुनासो गरे । 
 
घर लगेपछि बुहारीलाई रक्तश्राव हुन थालेपछि उनी पुनः बुहारीलाई बिहानै अस्पताल लिएर आए पनि बेड छैन भनेर पाँच, छ घन्टा बित्दा पनि डाक्टरले वास्ता नगरेको गुनासो गरे । 
 
उनले भने– “छ घन्टा कुरेरपछि भर्ना लियो तर डाक्टरले राम्रो व्यवहार नगरेकाले निकै दुःख पाएका छौँ । रक्तश्राव भइरहेको छ । २२ गते सुत्केरी हुनुपर्ने समय डाक्टरले दिएका थिए । अहिलेसम्म भएको छैन । केही सोध्यो भने यहाँका नर्स, डाक्टरले झर्किएर जवाफ दिन्छन् ।” 
 
अस्पतालमा बेड नपुगेर बिरामीले सास्ती भोग्नुपरेको स्वीकार्छन् प्रसूति गृहका अस्पताल प्रशासक अमरनाथ अमात्य । उनले भूकम्पका कारण भवन भत्किएपछि ४१५ बेडको अस्पतालमा अहिले ३६५ जति मात्र बेड उपलब्ध भएकाले बिरामीलाई गाह्रो भएको बताए । 
 
“भवन भत्किँदा हामीले सबै बेड प्रयोगमा ल्याउन सकेका छैनौँ । भवन नबन्दासम्म अलि गाह्रो नै छ । अरु विकल्प पनि छ्रैन” उनले भने । 
 
प्रसूति गृहमा उपत्यका र वरपर जिल्ला गरी दैनिक ६० देखि ७० गर्भवती सुत्केरी हुनका लागि आउने गर्छन् भने ओपिडी बहिरङ्ग सेवा लिन आउनेको सङ्ख्या २०० को हाराहारीमा छन् । गत वर्षको गोरखा भूकम्पका कारण अस्पतालको ठूलो भवन भत्किँदा अहिले भवनको अभाव भएकाले सबै शै्यया प्रयोगमा आउन सकेको छैन । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २५, २०७३  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC