site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लियोनल मेस्सीले भने–रियलले रोनाल्डोलाई मिस गर्नेछ
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्व चर्चित खेलाडी लियोनल मेस्सीले अर्का चर्चित खेलाडी पूर्व रियल मड्रिड स्टार क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छाडेर युभेन्टस गएको सुन्दा अचम्म भएको बताएका छन् । सोमबार क्याटालोनिया रेडियोसँगको अन्तर्वार्तामा मेस्सीले रोनाल्डोबारे बोलेका हुन् ।
उनले भनेका छन्,“रियल मड्रिड विश्वको एक उत्कृष्ट टिम हो । र कहीँ कहीँ मड्रिडले रोनाल्डोलाई मिस गर्नेछ । तर, युभेन्टस पनि राम्रो टिम छ ।”

रोनाल्डो जुलाईमा मात्रै स्पेनिस फुटबलको महारथि रियल मड्रिडबाट इटालियन सिरी —ए फुटबल क्लब युभेन्टसमा आवद्ध भएका थिए । उनी रियलबाट ११२ मिलियन युरोमा युभेन्टसमा आवद्ध भएका हुन् । रोनाल्डोबारे लामो समयपछि लियोनल मेस्सीले प्रतिक्रिया दिएका हुन् । रोनाल्डोले रियल छाडेर युभेन्टस गएको कुराले आफुलाई अचम्मित तुल्याएको बताएका छन् । उनले रोनाल्डोलाई धेरैले चाहन्छन् तर, रोनाल्डोले पनि राम्रो टिम छानेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

रोनाल्डो र मेस्सीले एक अर्काविरुद्ध ९ वर्ष सम्म ला—लीगामा खेलेका थिए । भने बार्सिलोनाले सन् २०१५ को च्याम्पियन्स लिगको ट्रफी उचालेको थियो । भने अगस्टको शूरुमै मेस्सीले बार्सिलोना यो सिजनमा च्याम्पियन्स लिगको ट्रफी उचाल्ने तयारीमा रहेको बताएका थिए ।
मेस्सीले तीनवर्ष लगातार च्याम्पियन्स लिगको नकआउट चरणबाट बाहिरिनु परेपछि दुखित भएको समेत बताएका छन् । उनले बार्सिलोनाको टिम उत्कृष्ट रहेको समेत दाबी गरे । यो वर्षको च्याम्पियन्स लिगमा बार्सिलोनाको समूहमा इन्टर मिलन, टोटनहम, पीएसभी इन्डोभेन रहेका छन् ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC