site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
भगवद् गीताको वैज्ञानिक आयाम 

एक पटक यो पंक्तिकार ओशो तपोवन पुगेको थियो । त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त लोकमान सिंह कार्की पनि आएका रहेछन् । 
स्वामी निरभजीको निमन्त्रणामा तपोवन पुगेको बेला त्यहाँ एउटा अनौठो दृश्य देखियो ।  
कार्यक्रम सुरु भएपछि बोधीसत्व स्वामी आनन्द अरुणले लोकमानलाई पनि मञ्चमा डाके । विभिन्न वक्ताहरुले बोल्ने क्रममा ओशो सन्यासीका नाताले लोकमानलाई पनि दुई शब्द बोल्न भनियो । बोल्ने क्रममा उनले ‘गीतामा यसो भनिएको छ, गीतामा उसो भनिएको छ’ भन्न थाले । 
लोकमानको मुखबाट गीताको आध्यात्मिक व्याख्यान सुन्नुपरेपछि तपोवनका ओशो साधकहरु हाँस्न थाले । ओशोका एक से एक प्रवचन सुनेका ती ध्यान साधक बेस्सरी हाँसेको हाँस्यै गर्न थाले । जब जब लोकमान बोल्न थाल्थे, साधकहरु हाँसेको हाँस्यै गर्थे । अन्ततः गीता चर्चा बन्द गर्न लोकमान बाध्य भए । 
हरेक मानिसको गीता बोध आ–आफ्नै हुन्छ । १८ अध्याय र ७ सय श्लोक भएको संस्कृत भाषाको यो प्राचीन ग्रन्थका बारेमा हरेकका आफ्नै बुझाइ र व्याख्यान हुनु अस्वाभाविक हैन । तर, लोकमानले गीता चर्चा गर्दा साधकहरुले हाँसेर उडाउनुको खास अर्थ मलाई पछिमात्र बोध भयो । 
वास्तवमा गीता भनेको पढ्ने हो, बुझ्ने हो र मनन् गर्दै आफ्नै जीवनमा लागू गर्ने हो । कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई गीता पाठ गर्थे, सोही कारण उनको मुहारमा सदा दिव्य मुस्कान छाउँथ्यो । यदाकदा गीताका केही श्लोक उच्चारण गरे पनि किशुनजीले जहाँ गयो त्यहाँ गीताकै व्याख्यान दिएर पाण्डित्याईं छाँटेको पाइएन ।  
गीताको सारलाई स्वयं अर्जुनले बुझे की बुझेनन् भन्न सकिन्न । भगवान श्रीकृष्णले युद्धभूमिमा दुबै पक्षका सेनालाई महामायामा अचेतजस्तो पारेर गाण्डीवधारी अर्जुनलाई सारा भगवद् गीताको पाठ पढाएका थिए । तैपनि अर्जुनले कृष्णका ती ज्ञानगुनका कुरा केही पनि बुझेनन् । अन्ततः कृष्णले उनलाई आफ्नो विराट स्वरुपको दर्शन दिनुपर्यो र भन्नुपर्यो, ‘सारा द्विविधा त्याग र मेरै शरणमा आउ ।’  
तर, के अर्जुनले साँच्चै भगवानको दर्शन गरेकै थिए त ? 
कृष्णको दर्शन गरेको भए अर्जुन संबुद्ध भइसक्थे । किनकी, इश्वरको दर्शन हुनु भनेको आफै इश्वर हुनु हो । इश्वरलाई देख्नु भनेकै आफूमा त्यो दिव्य चेतनाको कमल फक्रिनु हो । अन्तमा ‘मेरा सारा संशय रहेनन्’ भनेर युद्धमा फर्किएको भए पनि अर्जुनले न त भगवद् गीता बुझेका थिए, न त उनले कृष्णको दर्शन नै गरेका थिए । अर्जुन कृष्णका शिष्य हुनै सकेनन् । त्यसैले उनले न त मोक्ष प्राप्त गरे, न त मुक्ति । यसको पुष्टि महाभारतकै कथाबाट स्पष्ट हुन्छ कि युधिष्ठिर र उनको कुकुरले मात्र स्वर्गमा प्रवेश पाउँछन् र मुक्त हुन्छन् । अर्जुनलगायतका बाँकी भाइले भवसागरबाट मुक्ति पाउँदैनन् । आध्यात्मिक कोणबाट यस्तो व्याख्या गर्न सकिन्छ ।  
अब प्रश्न उठ्छ, कृष्णले जसलाई प्रत्यक्ष दर्शन दिएर सारा भगवद् गीताको पाठ पढाए, तिनै अर्जुनलेसमेत नबुझेको गीता यो पंक्तिकार कसरी बुझ्नसक्ला ? आज पण्डितहरु के के न गीता बुझे झैं गरेर त्यसको अर्थ, सार र मर्म बुझाउने होडमा छन् । पंक्तिकारलाई लाग्छ, कृष्णको मुखबाट सुन्दा त नबिुझने गीता अरुको मुखबाट सुन्दा कसरी बुझ्न सकिएला ? त्यसैले यहाँ गीताको धार्मिक र आध्यात्मिक हैन, वैज्ञानिक आयामको चर्चा गर्न खोजिएको छ ।  
अचेल अक्सफोर्ड र हार्वर्ड विश्वविद्यालयमा गीता पढाइन्छ । हार्वर्ड विश्वविद्यालयका अध्यक्ष प्रोफेसर ड्रियू गीलपीन फास्ट सन् २०१२ मा भारतको मुम्बई आएका थिए र उनले करीब २ सय अमेरिकी विद्यार्थीले भगवद् गीताको अध्ययन गरिरहेको जानकारी दिएका थिए । यसैगरी अक्सफोर्ड विश्वविद्यालयको सेन्टर फर हिन्दू स्टडीजमा भगवद् गीताको अनलाइन कोर्स नै चलाइन्छ । संसारका धेरै भाषामा गीताको अनुवाद भएको छ । आखिर, विकसित मुलुकहरु किन गीतालाई यति महत्व दिइरहेका छन् ?
किनकी, गीता मनोवैज्ञानिक ग्रन्थ मात्र हैन । 
ओशोले ‘भगवद् गीताको मनोविज्ञान’ शिर्षकमा लामै व्याख्यान दिएका छन्, जसमा अर्जुनको द्वैध मनस्थितिलाई कसरी कृष्णले युद्धतर्फ होमे भन्ने चर्चा छ । ओशोले अर्जुनको मात्र हैन, संसारका सारा मानिसको मन घडीको पेण्डुलम झैं द्वैधतामा चलिरहेको स्पष्ट पारेका छन् । यो एक हदसम्म सही हो । 
यद्यपी, गीता मनोवैज्ञानिक ग्रन्थ मात्र नभई, यो जिव विज्ञान, भौतिक विज्ञान, खगोल विज्ञान र गणीतको समेत ग्रन्थ हो ।  

\"\"

Agni Group

अविनाशी ऊर्जा अर्थात् आत्मा 
‘थर्मो डाइनामिक्स ल’का अनुसार ऊर्जालाई न त निर्माण गर्न सकिन्छ, न नष्ट गर्न । उर्जालाई हामी एउटा अवस्थाबाट अर्कोमा रुपान्तरण मात्र गर्नसक्छौं । यसलाई ‘कन्जरभेशन अफ इनर्जी’ पनि भनिन्छ । उदाहरणका लागि विद्युत उत्पादनका क्रममा चुम्बकको क्वाइल फिट गरिएको टर्वाइनलाई जलश्रोत या हावाको माध्यमबाट घुमाउँदा त्यहाँ बिजुली उत्पादन हुन्छ । अर्थात् मेकानिकल इनर्जी रुपान्तरण भएर इलेक्ट्रीकल इनर्जीमा परिणत हुन्छ । 
भगवद् गीताको अध्याय–२ श्लोक २३ मा लेखिएको छ, 
नैनं छिन्दन्ती शस्त्राणी नैनं दहति पावकः । 
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।’

(अर्थात् आत्मालाई कुनै हतियारले काट्न सक्दैन, आगाले जलाउन सक्दैन, जलले भिजाउन सक्दैन, हावाले सुकाउन सक्दैन)
यो श्लोकले आत्मालाई नष्ट गर्न नसकिने भनेको हो । आज विज्ञानले के पुष्टी गरिसकेको छ भने चेतना या आत्मा पनि उर्जा नै हो । 
गीतामै ‘आत्मा अमर भएकाले यसले पाशोक बदले झै शरीर बदल्ने’ चर्चा कृष्णले गरेका छन् । अर्थात मर्नेबेलामा मानिसको शरीरबाट आत्मा बाहिर निस्कन्छ । 
डा. स्टुवार्ट ह्यामरअफ र सर रोजर पेनरोजले ‘क्वान्टम थ्यौरी अफ कन्ससनियस’को सुत्रपात गरेका छन्, जस अनुसार हाम्रो मश्तीष्कको ‘माइक्रो ट्यूब’ नामक कोषमा एक खालको विशेष उर्जा हुन्छ । तत्काल मर्न लागेका मानिसहरुमाझ प्रयोग गरेर उनीहरुले के पत्ता लगाए भने मर्नेबेलामा त्यो विशेष उर्जा मश्तीष्क छाडेर बाहिर वातावरणमा निस्कन्छ । आखिर हाम्रो शरीरमा त्यस्तो विशेष उर्जा रहेछ, जुन मर्नेबेलामा बाहिर जान्छ भन्ने कुराको वैज्ञानिक पुष्टी भएको छ । आत्मा पनि उर्जाकै रुप भएकाले माइक्रो ट्यूब छाडेर बाहीर निस्कने त्यो उर्जा नै आत्मा हो भन्नेबारे नयाँ बहस प्रारम्भ भएको छ । अहिले परामनोविज्ञान (प्यारासाइकोलोजी) विषयमा पनि यसबारेमा अध्ययन अनुसन्धान चलिरहेको छ । 

कृत्रिम जीवन असम्भव
आज आएर विज्ञानले मानिसकेको छ कि कृत्रिम जीवन सम्भव छैन । 
यसैलाई गीतामा भनिएको छ, ‘अहम् बिजा प्रदाह पिता’ । 
यसको अर्थ हो, संसारका सबै प्राणीहरुको जीवन कुनै अर्को जीवनबाट उत्पन्न हुन्छ । अर्थात कुनै पनि निर्जिव चिजबाट जीवनको उत्पत्ति सम्भव छैन । 
हुन त कतिपय वैज्ञानिकहरुको के दावी छ भने जीवन पनि निर्जिव पदार्थबाटै सिर्जना गर्न सकिन्छ, तर आजसम्म यो पुष्टी हुन सकेको छैन । बरु, वैज्ञानिक लुइ पाश्चरले यसको खण्डन गरेर गीताकै सत्य पुष्टी गरेका छन् । 
लुइ पाश्चरले ‘थ्यौरी अफ स्पोन्टेनियस’मार्फत सप्रमाणत के साबित गरे भने निर्जिव पदार्थबाट जीवन सम्भव छैन । उनले दूधलाई पाश्चराइड गरेर त्यसमा भएका सारा जिवाणु निकालीदिए, जसले गर्दा लामो समयसम्म पनि दूधलाई सुक्ष्म जिवाणुबाट बचाउन सकिने भयो । दूधलाई सुक्ष्म जिवाणुबाट बचाउने यो प्रविधि आजसम्म कायमै छ र यसले नै जीवनको सिलसिला जीवनबाट मात्र चल्नसक्ने पुष्टी गरेको छ । 

Global Ime bank

ध्यान विज्ञान
फ्रायडले हाम्रो मनका चेतन (कन्सीयस) र अवचेतन (सब–कन्सीयस) अवस्थाको व्याख्या गरेका छन् । ध्यानको माध्यमबाट मानिसले आफ्नो अवचेतन मनलाई नियन्त्रणमा राखी दैनिक व्यवहारमा आइपर्ने घृणा, क्रोध, अवसाद, निरासा, मनको अशान्तीबाट मुक्ती पाउन सक्छ र मश्तीष्कको अपार सम्भावना विष्फोट गराउनसक्छ । ध्यान भनेको चित्तवृत्ती निरोध हो । 
अचेल चीन र जापानले ध्यानका जतिपनि तौर तरिका आफ्नो भएको दावी गरिरहेका छन्, खासमा ति सबका बारेमा गीताको अध्याय ६ को श्लोक २४ मा ध्यान योगमार्फत विस्तृत व्याख्या गरिएको छ । 
‘संकल्पप्रभवान्कामांस्त्यक्त्वा सर्वानशेषतः । 
मनसैवेन्द्रियग्रामं विनियम्य समन्ततः ।।’

अर्थात सांंसारीक वस्तु, व्यक्ति, पदार्थ, देश, काल, घटना, परिस्थिति आदिले मनमा सही र गलत भन्ने विपरीत भाव उत्पन्न गराउँछ । सही या गलत दुबै भाव संकल्प हुन जान्छन् । संकल्पले ‘यसो हुनुपर्छ र हुनुहँुदैन’ भन्ने कामना उत्पन्न गराउँछ । अतः संकल्पबाट उत्पन्न हुने यस्ता कामनालाई त्याग्नुपर्छ । मन इन्द्रीयजन्य शब्द, स्पर्श, रुप, रस र गन्धबाट पर रहोस् र सांसारीक विषय वासनातर्फ मन नलागोस् ।
आज ध्यान योगलाई आधुनिक चिकित्सा विज्ञानमा पनि उपयोग गर्न थालिएको छ । रेकी, माइन्ड मेनेजमेन्ट, मोटिभेसनल तालीम, मानसीक रोगीको उपचार आदि प्रख्यात छन् । अवचेतन मनसम्म पुगेर हिप्नोसिसमार्फत उपचार हुन्छ । यो सबै गीताकै देन हो । 

संसार एक मायाजाल 
सतगुरु ओशोले एक प्रवचनमा आकाशमा देखिने ताराहरुको विभ्रमका बारेमा चर्चा गरेका छन् । हामीले कुनै पनि वस्तु देख्ने भनेको त्यसमा ठोकिएको प्रकाश परावर्तीत भएर हाम्रो आँखानेर आएपछि मात्र हो । पृथ्वीको नजिकको तारा सूर्य पनि हामी ८ मिनट २० सेकेन्डपछि मात्र देख्छौं । किनकी, सूर्यको प्रकाश हामीसम्म आइपुग्न त्यति समय लाग्छ । 
ब्रम्हाण्डमा लाखौं करोडौं प्रकाश वर्ष टाढाका ताराहरुको प्रकाश हामीसम्म आउन हजारौं वर्ष लाग्छ र तबमात्र हामी ति तारा देख्छौं । अहिले हामीले आकाशमा देखिरहने ताराहरु सयौं, हजारौं, लाखौं वर्ष पहिले त्यहाँबाट आएका प्रकाशका किरणका कारण मात्र देखेको हौं । भनेपछि हामीले देखिरहेका ताराहरु तत्कालका वास्तविकता हैनन्, बरु सुदूर अतितका दृश्य हुन् । अहिले ति तारा त्यहाँ छन् की छैनन्, कसले भन्न सक्छ ? यही कारण रातमा हामी विभ्रम हेरेर रमाइरहेका हौं भनेर ओशोले व्याख्या गरेका छन् ।  
कतै यो संसार मायाजाल त हैन ? यो सारा ब्रम्हाण्ड आफैमा कुनै ‘कम्प्युटर प्रोग्राम’ त हैन ? यसबारेमा पनि विश्वका केही वैज्ञानिक र चिन्तक सोध गरिरहेका छन् । उनीहरुलाई के लाग्छ भने ब्रम्हाण्ड कम्प्यूटर गेमजस्तै एउटा यस्तो प्रोग्राम हो, जसलाई कसैले संचालीत गरिरहेको छ, यो संसार आफैमा विभ्रम हो । 
स्टेफन हकिङजस्ता महान भौतिकबादीलेसमेत भनेका छन्, ‘यो बम्हाण्ड एउटा माया जाल (सिम्यूलेशन) हुनसक्छ ।’
ब्रम्हाण्ड एउटा मायाजाल भएको र यसलाई कसैले निर्माण, सञ्चालन र नियन्त्रण गरिरहेको भन्ने कुरालाई गीताको अध्याय दशको विभूती योग अन्तर्गत श्लोक ८ मा उल्लेख गरिएको छ 
‘अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते ।
इति मत्वा भजन्ते मां बुधा भावसमन्विता।।’

(अर्थ : म नै संसारको मूल कारण हुँ । मैबाट संसार चलिरहेको छ । यही कुरो जान्ने बुद्धिमान भक्त मैमाथि प्रेम र भक्ति राखेर मेरो भजन गाउँछ ।)

अनन्त कोटी ब्रम्हाण्ड 
वैज्ञानिकहरुले ‘मल्टी युनिभर्स’, ‘प्यारलल युनिभर्स’ को थ्यौरीमा बल्ल अनुसन्धान गर्दैछन् । गीतामा पाँच हजार वर्षपहिले नै अनन्त कोटी ब्रम्हाण्डको चर्चा भइसकेको छ । त्यति मात्र हैन, ति हरेक ब्रम्हाण्डवीच आपसमा सम्बन्धको चर्चा गरिएको छ । यही कुरा स्टेफन हकीङको ‘ब्ल्याक होल थ्यौरी’मा उल्लेख छ । उनले एउटा ब्रम्हाण्डको ब्ल्याक होलमा प्रवेश गरेपछि कुनै पनि वस्तु या प्रकाश अर्को ब्रम्हाण्डमा पुग्छ भनेका छन् । यसबाट अनन्तकोटी ब्रम्हाण्डलाई कुनै एकै तत्वले चलाइरहेको स्पष्ट हुन्छ । 
यसबाट हामी स्पष्ट हुनसक्छौं, भगवद् गीता केवल कर्मकाण्डी, धर्मभीरु र पण्डितहरुको मात्र ग्रन्थ हैन, यो त एउटा महान वैज्ञानिक ग्रन्थ हो र भगवान कृष्ण एक वैज्ञानिक हुन् । 
श्रीकृष्ण जन्मास्टमीका अवसरमा श्रीकृष्ण र उनका देनप्रति कोटी कोटी प्रणाम् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC