बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एमाले बैठकः प्रतिवेदनमाथि समूहगत छलफल सुरु
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, असोज ६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको सातौं जारी बैठकमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ । 
प्रतिवेदनमा छलफल गर्न विभिन्न नौ वटा समूह विभाजन भई समूहका नेता र उपनेता चयन भएका छन् । उनीहरुले २० मिनेटमा प्रस्तुति सक्नुपर्ने व्यवस्था गरिएको एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  
अध्यक्ष ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथिको छलफलपछि अध्यक्षले जवाफ दिनेछन् ।  
बैठकका लागि राजनीतिक प्रतिवेदनका साथै स्थानीय निकायको पुनःसंरचना (सङ्ख्या र सीमा), पार्टी प्रवेश गरेकाहरुको व्यवस्थापन, प्रदेश सङ्गठन कमिटी, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन, स्थायी समितिका निर्णयहरुको अनुमोदन, केन्द्रीय आयोगहरुका प्रतिवेदन जस्ता कार्यसूची तय भएका छन् । रासस 
Nepal Investment bank
Nepal Investment bank
बिहीबार, असोज ६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्