site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ आइफोन मोडल सार्वजनिक गर्ने तयारीमा एप्पल
Ghorahi CementGhorahi Cement

एजेन्सी । आइफोन निर्माणकर्ता एप्पल कम्पनीले आगामी सेप्टेम्बर १२ मै आइफोनका तीन नयाँ मोडलहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । पहिलेको भन्दा भिन्दै प्रकारका रङ र नयाँ आधुनिक फिचरका साथ एप्पलले नयाँ आइफोनको लन्चबारे जानकारी गराउने तयारी गरिरहेको सीएनएनले जनाएको हो ।

हरेक वर्ष नयाँ आइफोन बजारमा ल्याउँदै गर्दा एप्पलले त्यसको प्राविधिक अपग्रेड र मूल्यमा विशेष ध्यान दिने गरेको छ । गतवर्ष भने स्थापित भएको १० औँ वार्षिकोत्सव मनाउन एप्पलले निकै कम अपग्रेडेड फिचर ल्याएको गुनासो गरिएको थियो । तरपनि २०१७ को आइफोन एक्स मोडल स्मार्टफोनको दुनियामा सबैभन्दा विशिष्ट मानिएको छ । 

Agni Group

यसैक्रममा नयाँ आइफोनबारे उत्साहित विश्वभरका प्रयोगकर्ताहरुले यसपटक पनि कम्पनीबाट निकै ठूलो आशा गरिरहेको हुँदा पछिल्लो समय कम्पनी निकै दबाबमा रहेको बताइएको थियो । 

त्यसैकारण यसपटक एप्पलले होम बटन र डिस्प्ले स्क्रीनमा अहिलेसम्मकै ठूलो परिवर्तन ल्याउने संकेत गरेको छ । ठूलो डिस्प्ले अन्र्तगत ६.५ इन्चको स्क्रीन राख्न सकिने छ भने त्यसको स्क्रीन टेक्नोलोजी चाहिँ कम मूल्यको प्रयोग गरिने बताएको छ । 

Global Ime bank

त्यसैगरी यस कार्यक्रममा एप्पलले सुनौलो रङको बढी प्रचार गरिरहेको हुँदा गोल्ड भर्जन ल्याउन सक्ने अनुमान पनि गरिएको छ । साथै एप्पलले ‘आइफोन एक्स एस’ सँगै ‘न्यु वाच सिरिज’ पनि लन्च गर्ने बताएको हो । तरपनि आइफोन ९ कोे मूल्य भने पहिलेकै ९९९ अमेरिकी डलर यथावत राखिने बताइएको छ जसबारेमा एप्पलका लगानीकर्ता वारेन बफेट भन्छन्, ‘आइफोनका उत्कृष्ट फिचरको तुलनामा यसको मूल्य १००० डलर भन्दा बढी राखिए पनि कम हुनेछ ।’ एप्पलले आइफोन लन्च भएको केही समयमै यसको बिक्री सुरु गर्ने गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५  ०५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC