site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भूकम्पपछिका ती १२ दिन
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


निर्दलीय पञ्चायती व्यवस्था अन्त्य भएर प्रजातन्त्रको पुनः प्रादुर्भाव भइसकेको थियो । सरकार नियन्त्रित सञ्चारमाध्यममा रेडियो नेपाल, गोरखापत्र, राइजिङ नेपाल, राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजन थिए । सञ्चारका लागि स्वतन्त्र वातावरण तयार भएको थियो । निजी लगानीमा साप्ताहिक थिए । ब्रोडसिट दैनिक प्रकाशनको तयारीमा थिए । 

प्रशारण पत्रकारितामा रेडियो नेपालको एकछत्र राज थियो । एफएमहरु प्रशारणका लागि राज्यले अनुमति दिइसकेको थिएन । वि.सं. २००७ सालबाट प्रशारण शुरु भए पनि रेडियो नेपाल समाचार स्रोतका हिसाबले दरिलो थिएन । आफ्नै रिपार्टर थिएनन् । अन्तर्राष्ट्रिय समाचारका विदेशी समाचार एजेन्सी थिए । देशको समाचारका लागि राष्ट्रिय समाचार समिति (रासस) मा भरपर्नु पथ्र्यो । राससले आफ्ना ग्राहक सञ्चारमाध्यमका लागि कागजको पानामा तयार पारेको समाचार ल्याएर रेडियोमा पढ्ने चलन थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

समयको विकास, रेडियो नेपालको पहुँच र प्रभाव तथा स्रोताको भरोसा र आउँदा दिनमा निजी सञ्चारमाध्यमसँगको प्रतिस्पर्धाका आंकलन गर्‍यो रेडियो नेपालले । र, रिपोर्टिङको अवधारणा अघि सार्‍यो । 

कृष्ण केसीले रिपोर्टिङ शाखाको नेतृत्व गर्ने भए तर त्यो शाखामा कसले काम गर्ने ? दिनदिनै फिल्डमा गएर समाचार संकलन गरेर लेख्नुपर्ने थियो । रहरले मात्रै त्यो काम सम्भव थिएन । त्यसका लागि मेहनत चाहिन्थ्यो । रेडियो नेपालमा कार्यरत युवा उमेर समूहका कर्मचारीलाई समेट्ने निर्णय भयो । जयन्तीमाला खनाल, पुष्प अधिकारी, श्री प्रधान लगायत रिपोर्टिङ शाखामा आए । खगेन्द्र खत्री लेखा शाखामा काम गर्थे । उनलाई पनि समाचारप्रति आकर्षण थियो । दिनदिनै नयाँ–नयाँ ठाउँमा जान पाइन्छ र नयाँ–नयाँ मान्छेसँग भेटघाट गर्न पाइन्छ भन्ने लोभ लाग्यो । त्यो भन्दा पनि ध्वनि तरङ्गमा त्यो समय ग्ल्यामर थियो । रेडियो नेपालका समाचार वाचक र प्रस्तोता सेलिब्रिटी सरह हुन्थे । कता कता खगेन्द्रमा त्यो लोभ पनि थियो । लेखाको पैसाको ग्राफको हिसावकिताव छाडेर उनी लागे समाचार खोज्नतर्फ । 

Global Ime bank

सरकारी रेडियो । मन्त्री र सचिवका भाषणभन्दा पर समाचार नै हुँदैन जस्तै थियो । जसो जसो पण्डित बाजे उसै उसै स्वाहा ! खगेन्द्र पनि मन्त्री र सचिवका भाषण सुन्थे, समाचार लेख्थे । राजनीतिक स्थिरता थिएन । सरकार परिवर्तनको खेल चलिरहन्थ्यो । तिनै राजनीतिक दाउपेचका समाचार लेख्थे । मिहिन विश्लेषण गर्थे । स्रोतालाई सुनाउँथे । कहिले समाचारमार्फत् अहिले कार्यक्रममार्फत् ।

प्रजातन्त्रको पुनर्बहालीसँगै रेडियो नेपालमा ‘घटना र विचार’ शुरु भएको थियो । पुरुषोत्तम दाहाल त्यसका संयोजक थिए । ‘घटना र विचार’ त्यसको सिग्नेचर ट्युन र कार्यक्रमको ‘कन्टेन्ट’का कारण लोकप्रिय थियो । त्यही कार्यक्रमका लागि तयार पारेको सामग्रीमा खगेन्द्रको नाम पहिलो पटक बजेको थियो । ‘घटना र विचारका लागि सहकर्मी खगेन्द्र खत्रीले तयार पारेको सामग्री’ भनेर । त्यो नाम आएको दिनको खुसी सुनाउँदा अहिले पनि उनको मुहारमा चमक फर्किएर आउँछ । 

“त्यो दिनको खुसी म अहिले पनि साट्न सक्तिन, कति खुसी भएको थिएँ भनेर,” ०४७ सालमा पुग्छन् खगेन्द्र । साथीहरुका माझ शान नै अर्कैै हुन्थ्यो, इज्जत बढ्थ्यो ।

ध्वनी तरङ्गको मजै बेग्लै थियो । स्वर सुनिने तर मुहार नदेखिने । राजनीतिका गहकिला कुरा गर्ने र कानुनका नौ सिंग खोतल्ने उनको स्वर सुनेर स्रोताले खगेन्द्रलाई मोटोघाटो पहलमान होला, एकसे एक राजनीतिज्ञसँग राजनीतिको गहिराइमा पुगेर पर्गेल्ने भन्ने सोच्दा रहेछन् । “तपाई त्यही घटना र विचारमा काम गर्ने खगे्रन्द्र हो ? म त तपाईं त मोटोघाटो हुनुहुन्छ होला जस्तो लाग्थ्यो, यस्तो पातलो पो हुनुहुँदोरहेछ,” स्रोतालाई आफ्नो परिचय दिँदाको प्रतिकृया सुनाउँछन् उनी । 

सन्दर्भ अनुसारका कुरा, मौसम अनुसारका गफ, कार्यक्रम अनुसारका सामग्री रेडियोको विशेषतै हो । त्यही मापदण्डभित्र छिर्नु नै पथ्र्यो । खुसुक्क छिरे उनी पनि । रेडियोमा उनी कानुनका कुरा गर्थे । कानुनी जटिलता र त्यसलाई फुकाउन संविधानका धारा र उपधाराका कुरा गर्थे, दफा र उपदफा केलाउँथे । “कतिले मलाई रिपोर्टिङका लागि गाउँ जाँदा तपाईं वकिल होइन र पत्रकार पनि हो भन्नुहुन्थ्यो,” खगेन्द्र विगत सम्झन्छन् ।

०४७ देखि ०६७ सम्म उनले रिपोर्टरका रुपमा काम गरे । ०६७ देखि चार वर्ष समाचार उप–निर्देशक भएर काम गरेका खगेन्द्र त्यसपछि समाचार निर्देशकको जिम्मेवारीमा आइपुगे । ०४७ बाट शुरु गरेको समाचार लेखनको उनको यात्रा अहिले पनि जारी छ । कहिले राजाको प्रत्यक्ष शासनकाल त कहिले दलहरुको सरकार, उनले आफ्नै पत्रकारिताको कालखण्डमा भोगे ।   

अहिले नेता र उच्च सरकारी अधिकारीहरुलाई समाचारमा कोट गर्ने पत्रकारका फोन उठाउन फुर्सद हुँदैन । प्रशारण पत्रकारितामा रेडियो नेपाल मात्रै हुँदा त्यसको ‘चार्म’ बेग्लै थियो । मन्त्रीहरु आफैँ फोन गरेर ‘मैले फलानो कार्यक्रममा यस्तो बोलेँ समाचार बनाइदिनु प¥यो भन्थे । विभागीय मन्त्री परेकाले सञ्चारमन्त्री यो सूचीमा सधै अग्रपंक्तिमा पर्थे । 

समाचारमा उल्लेख हुन चाहनेहरु कम्ति हुँदैन थिए । नेताहरु अझै बढी यसको लोभ गर्थे । आफ्नो पहुँच नपुगे माथिल्लो तहबाट भन्न लगाउँथे । 

के गर्नु हुन्थ्यो ?
“रेडियो नेपालले आफ्ना लागि आफ्नै आचार संहिता बनाएको छ । केही नियम निर्माण गरेको छ । त्यसमै टेकेर हामी कसलाई स्पेश दिने र नदिने निर्णय गथ्र्यौं–गर्छौं,” खगेन्द्र भन्छन्, “विशेष गरी अन्तर्वार्ता दिन चाहनेहरु धेरै हुन्थे तर रेडियो नेपालले भ्रष्टचारको अभियोगमा परेका र फौजदारी मुद्दा लागेका र प्रमाणित भएकाहरुले स्पेश दिँदैन  ।”

भूकम्पको त्यो दिन
२०७२ वैशाख १२ गते खगेन्द्र दुई छोरीहरुका साथमा चावहिलस्थित घरमै बसिरहेका थिए । श्रीमती खाना खाएर अफिस गएकी थिइन् । अचानक घर हल्लिन थाल्यो । जिन्दगी खोज्दै खगेन्द्र छोरीहरुसहित घरबाहिर निस्किए । छिनमै श्रीमती आइपुगिन् । खगेन्द्र जस्तो लुगामा थिए, त्यस्तै लुगामा छोरीहरुलाई छोडेर चप्पलमै बाइक चलाएर रेडियो नेपाल पुगे । 

बाइक भूकम्पको परकम्पले हल्लाइरहेको जमिनमाथि ढल्पल ढल्पल गर्दै गुडिरहेको थियो । त्यसमा आफूलाई राखेर चावहिलबाट सिंहदरबारको स्टुडियोसम्म आइपुग्दा खगेन्द्रको मनमा अनगन्ती कुराहरु खेले । उनले सम्झिए ‘जाइका’ ले दिएको तालिम, जहाँ जापानीहरुले भनेका थिए,हाम्रोमा राजनीति होइन, भूकम्पको समाचार प्रमुख समाचार हुन्छ । र भूकम्पमा यस्तायस्ता सामग्री जनतालाई दिन्छौं ।

समाचार प्रमुखको जिम्मेवारीमा खगेन्द्र थिए । अब कस्तो सामग्रीको डिजाइन गर्ने उनको काँधमा थियो । त्योभन्दा पनि कर्तव्य थियो । जमिन भगिरथ हल्लिरहेकै थियो । नागरिक घरभित्र पस्न सकिरहेका थिएनन् । अधिकांश प्रशारण सञ्चारमाध्यमले आफ्नो सेवा अबरुद्ध गरिसकेका थिए । रेडियो नेपाल सरकारी सञ्चारमाध्यम थियो । सम्पूर्ण जिम्मेवारी उसकै काँधमा आइपुगेको थियो ।  

भूकम्प गएकै केही मिनेटमै प्रत्यक्ष प्रशारण शुरु ग¥यो ।  भूकम्प गइसकेपछि त्यसको परकम्पका सम्भावना, बच्ने उपाय, थप सम्भावित दुर्घटनाको जोखिम, स्वास्थ्यमा देखिन सक्ने समस्या, सम्भावित प्रकोप र अपनाउनु पर्ने उपाय, सबै घरबाहिर रहेका बेला हुन सक्ने चोरी, राहत वितरण र त्यसमा हुन सक्ने अनियमितता, प्राप्त सहयोग र त्यसको उचित व्यवस्थापन, भूकम्पले पार्नसक्ने मनोवैज्ञानिक असर, मनोरञ्जनलगायतका विषयमा सम्बन्धित विषयका विज्ञसँग रेडियोले १२ दिनसम्म अनवरत प्रत्यक्ष प्रशारण गर्‍यो । 

समाचार निर्देशकको हैंसियतले उनले १२ दिनसम्म दिनरात खटेर काम गरे । राष्ट्रलाई संकट परेका बेला राष्ट्रिय प्रशारण रेडियो नेपालले खेलेको भूमिकाको राष्ट्रिय देखि अन्तर्राष्ट्रिय जगतले मुक्तकण्ठले प्रसंशा गर्‍यो । त्यसको हिस्सेदार खगेन्द्र पनि एक हुन् । 

अहिलेको पत्रकारिता

कमर्स पढे पनि खगेन्द्र पत्रकारिताा आइपुगे । २०४५ मा लेखा शाखामा प्रवेश गरे पनि ०४७ मा समाचारमा प्रवेश गरे । ०४७ बाट समाचारका अक्षरमा रमाउन थालेका उनले पत्रकारिता शुरु गरेपछि पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरे । रेडियो नेपालको पत्रकारिता नेता, मन्त्री र सरकारी उच्च अधिकारीको भाषणमै रमाइरह्यो । खोजमूलक पत्रकारिता गर्न रेडियो नेपाल कहिले पनि अगाडि बढेन । यसलाई स्वकार्न खगेन्द्र हिचकिचाउँदैनन् । खोजी स्टोरी गरेर हुँदा खाँदाको जागिर जोखिममा राख्न कोही चहाँदैन । यसको शिकार रेडियो नेपालका पत्रकार पनि भए । 

तर, यसबाट बाहिर निस्किनुपर्ने आवश्यकता रहेको खगेन्द्र बताउँछन् । निजी सञ्चार माध्यमले समाजमा भएका विकृति, विसंगती र भ्रष्टाचार बिरुद्ध कलम चलाएर पत्रकारिताको धर्म निर्वाह गरे पनि सरकारी सञ्चारमाध्यममा गाह्रो भएको उनी बताउँछन् । “समाचार सूत्र भनेर मात्रै भन्न नसकिने, स्वर बजाउँदा सबैले चिन्ने भएकाले स्रोतले बोल्न नचाहने भएकाले पनि खोजी पत्रकारिता गर्न रेडियोमा सजिलो हुँदोरहेनछ,” खगेन्द्र भन्छन्, “सायद प्रिन्टमा जस्तो स्रोत भनेकै भरमा समाचार दिन सकिने अवस्था हाम्रोमा पनि भएको भए खोजी पत्रकारितामा पनि हाम्रो योगदान हुने थियो ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC