site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जनैपूर्णिमादेखि हराइरहेका पत्रकार खड्काको खोजी जारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक स्थल बुढीनन्दाबाट जनै पूर्णिमाको मेला भरेर फर्किने क्रममा सम्पर्कविहीन भएका पत्रकार तेजबहादुर खड्काको अवस्था अझै अज्ञात छ । उनी धार्मिक स्थल बुढीनन्दाबाट कोल्टी फर्किने क्रममा भदौ १० गतेदेखि बेपत्ता छन् । 
सरकारले सम्पर्कविहीन भएका पत्रकार खड्काको खोजीका लागि सेना र प्रहरीको संयुक्त टोली बुढीनन्दा क्षेत्रमा खटाए पनि अवस्था अज्ञात नै रहेको नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंहले जानकारी दिएका छन् । सरकारले सुरक्षा निकायलाई बेपत्ता पत्रकार खड्काको खोजी तथा उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न निर्देशन दिए पनि मौसम अनुकूल नभएका कारण हेलिकप्टर बुढीनन्दा क्षेत्रमा जान सकेको छैन । 
पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष सिंहले पत्रकार खड्का सम्पर्कविहिन भएको क्षेत्रमा बाहै्रमास कुहिरो लाग्ने भएकाले हवाई मार्गभन्दा पनि स्थलमार्ग नै उत्तम विकल्प भएको बताएका छन् । धार्मिक स्थल बुढीनन्दा समुद्री सतहबाट झण्डै ४२ सय मिटरको उचाइमा रहेको छ । पत्रकार खड्का ४१ सय मिटरको उचाइ क्षेत्रमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रबाट सम्पर्कविहिन भएका बताइएको छ । 
‘‘तेजुजी हराएको करिब ४१ सय मिटर उचाइमा हो । धेरै साथीहरुले हेलिकप्टरबाट खोजी गरिनुपर्छ भनेपनि कुहिरो लागिरहने भएकाले हेलिकप्टर त्यो क्षेत्रमा जाने सम्भावना छैन । बाजुरा शाखाले उनको खोजीका लागि निरन्तर प्रहरी प्रशासन, सेना र स्थानीयसँग समन्वय गरिरहेको छ । उहाँको खोजीका लागि स्थलमार्ग भन्दा अरु कुनै विकल्प छैन,’’ नेपाल पत्रकार महासंघ बाजुरा शाखाका सिंहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 
रेडियो नेपालको दिपायल क्षेत्रीय प्रशारण केन्द्र हुँदै केन्द्रीय प्रशारण केन्द्र सिंहदरबारमा समेत काम गरिसकेका पत्रकार खड्का पछिल्लो समय बाजुराको कोल्टीस्थित रेडियो बुढीनन्दामा स्टेशन म्यानेजरको रुपमा कार्यरत थिए । बुढीनन्दामा मेला भरेर झण्डै ५ घण्टाको दूरीमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रमा पुगिसकेपछि उनी थर्मस छुटेको भन्दै मेलास्थल फर्केका थिए । 
‘‘बर माग्ने डाँडा पुगेर उनी कसैलाई थर्मस त कसैलाई जुत्ता छुटेको भनेर फेरि मेलास्थल तर्फ फर्किएका भन्ने बुझिएको छ,’’ महासंघ बाजुराका अध्यक्ष सिंहले बाह्रखरीसँग टेलिफोनमा भने, ‘‘बाटोमा भेटिएका अरु तिर्थालुहरुले नफर्किन गरेको आग्रह बेवास्ता गर्दै उनी गएका रहेछन् ।’’
सिंहका अनुसार बुढीनन्दाको दर्शन गरेर फर्केर पछि हेर्न नहुने धार्मिक मान्यता रहिआएको छ । तिर्थालुहरुले धार्मिक स्थलभन्दा वरै पर्ने थाप्रे पाटनबाट जुत्ता–चप्पल नलगाएरै बुढीनन्दा दर्शन गर्न जाने गर्दछन् । जुता–चप्पल फुकालेर राखिने थाप्रे पाटनबाट बुढीनन्दा चार घण्टाको पैदल दूरी पर्दछ । 
नेपाल प्रेस यूनियन डोटीका संस्थापक अध्यक्ष खड्काको खोजी तथा उद्धारका लागि पत्रकार महासंघले महासचिव रमेश विष्टको संयोजकत्व मिसन टोली गठन गरेको छ । मिसन टोलीले शुक्रबार धनगढीमा प्रदेश सरकार र सुरक्षा निकायसँग खड्काको खोजी तथा उद्धारका लागि छलफल गरेर बाजुरा जाने मिसन टोलीका सदस्य समेत रहेका पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमले जानकारी दिएका छन् ।    
महासचिव विष्टको संयोजकत्वमा रहेको टोलीमा प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देल, महासंघका केन्द्रीय सदस्यत्रय मीन बम, श्याम भट्ट र उत्तर विष्ट तथा महासंघको ७ नम्बर प्रदेशका अध्यक्ष अर्जुन शाह र बाजुरा शाखाका अध्यक्ष सिंह सदस्य रहेका छन् । 
त्यस्तै प्रेस यूनियनले पत्रकार खड्काको खोजी तथा उद्धारका लागि अध्यक्ष सिग्देलको संयोजकत्वमा छुट्टै मिसन टोली गठन गरेको छ । पत्रकार खड्काको खोजी तथा उद्धारमा भइरहेको प्रयासमा थप समन्वय र सहयोग पुर्याउन सचिवालयको वैठकले अध्यक्ष सिग्देलको नेतृत्वमा केन्द्रीय सदस्यद्वय जगत साउद र दयाराम पण्डित, प्रेस यूनियन वाजुरा शाखाका अध्यक्ष छक्क मल्ल र डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर सदस्य रहेको ५ सदस्यीय मिसन टोली गठन गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए । 
टोलीको नेतृत्व गर्दै अध्यक्ष सिग्देल शुक्रवार बाजुरातर्फ लागिसकेका छन् । मिसन टोलीले बेपत्ता पत्रकार खड्काको उद्धार तथा खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार महासंघ तथा स्थानीय नागरिकसँग समन्वय गर्ने बताइएको छ । 
प्रेस युनियनले विज्ञप्ती जारी गरेर मिसन टोलीलाई सहयोग गरी खोज तथा उद्धारका काममा थप सहयोग पुर्याउन स्थानीय प्रशासन, सुरक्षा निकाय, सञ्चारकर्मी, नागरिक समाज तथा स्थानीय नागरिक समुदायसँग अपिल गरेको छ । 

तस्विरहरु : पत्रकार महासंघ, बाजुराका अध्यक्ष सिंहको फेसबुक
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC