site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाढीपीडितलाई सुरक्षित स्थानमा सारियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
मेलम्ची । भोटेकोसी नदीमा आएको बाढीका कारण जोखिममा परेका तातोपानि, लिपिङ, लार्चाका बासिन्दालाई नेपाली सेनाले बाह्रबिसे तथा काठमाडौँमा सारेको छ । 
 
बाह्रबिसे तातोपानी सडकखण्ड अवरुद्ध भएपछि नेपाली सेनाको एमआइ १७ हेलिकोप्टरबाट उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो । 
 
बाढीले सडक कटान गरेर यातायातमा समस्या भएको तथा विभिन्न ठाउँमा पहिरो जान थालेपछि उक्त क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्नु परेको हो । 
 
शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट ५८ जनालाई बाह्रबिसे ल्याएको र बाह्रबिसेबाट ४५ जनालाई विभिन्न सवारीसाधनमार्फत काठमाडौँ लगिएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए। 
 
उनका अनुसार बाँकी रहेका नौ जना बलेफीमा रहेको आफन्तकोमा र अन्य चार जना बाह्रबिसेमा नै बसेको खतिवडाले जानकारी दिए । 
 
हेलिकोप्टरबाट स्थानान्तरण गरिएका पीडित भने आफन्तकोमा शरण लिन बाध्य छन् । सरकारले कतै सुरक्षित स्थानमा राख्न पहल नगरेको पीडितको गुनासो छ । 
 
गत मङ्गलबार बेलुका चिनियाँ क्षेत्रमा परेको अत्यधिक वर्षाका कारण भोटेकोसी नदीमा आएको बाढीले हालसम्म २८ घर बगाइसकेको छ भने भोटेकोसी हाइड्रो पावरको ड्याममा क्षति पुगेको छ । रासस 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २५, २०७३  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC