site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
 
काठमाडौँ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको पहिलो राष्ट्रिय अधिवेशन साउन दोस्रो साता काठमाडौँमा हुने भएको छ । 
 
महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी साउन १५ र १६ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने जनाएको हो । 
 
महासङ्घका अध्यक्ष तथा नेकपा (एमाले)का सचिव पृथ्वीसुब्वा गुरुङले अधिवेशनका लागि व्यवस्थापनबाहेक अरु सबै तयारी पूरा भएको बताए । उनले महासङ्घ आबद्ध ३० घटक सङ्घको सबैको अधिवेशन सकिएको जनाए । अधिवेशन तयारीका लागि आठ उपसमिति गठन गरिएको छ । 
 
प्रतिवेदन तयारी उपसमितिमा पृथ्वीसुब्बा गुरुङ, विधान संशोधनमा शेरबहादुर तामाङ, प्रतिनिधि छनोटमा शरण राई, प्रचार प्रसारमा पासाङ शेर्पा, खाद्य व्यवस्थापनमा कृपाशुर शेर्पा, स्वयम्सेवकमा पेम्बा भोटे, आवास व्यवस्थापनमा झकबहादुर थापामगर, मञ्च तथा हल व्यवस्थापनमा त्रिवेणी चोङ्वाङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । 
 
महासङ्घले प्रतिनिधि छनोट गर्न साउन ५ गतेभित्र अञ्चल, जिल्ला र महासङ्घ घटक सङ्घहरुलाई निर्देशन दिएको प्रचार प्रसार संयोजक पासाङ शेर्पाले जानकारी गराए । 
 
उनका अनुसार अधिवेशन गर्न बाँकी अञ्चल, जिल्ला र घटक सङ्घले असार मसान्तसम्म अधिवेशन गरिसक्नुपर्ने छ । 
 
सचिव गुरुङले मधेसी आदिवासी जनजाति दलहरुले गरेको आन्दोलन गलत भएको बताएका छन्। उनले मधेसी तथा जनजाति दलहरुलाई संविधान कार्यान्वयनका लागि लाग्न आग्रह गरे। उनले मधेसी तथा जनजाति दलहरुले वर्गीय मुद्दा छाडी पहिचानको कुरा उठाएर जातीय मुद्दामा फसाउन खोजेको बताए । 
 
गुरुङले सङ्घीयता कार्यान्वयन भएमात्र लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७३  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC