site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीसहित मन्त्रीहरूले १५ दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण ५१ दिनसम्म बुझाएनन्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएको ५१ दिन बितिसक्दा पनि दाहालसहित उनको क्याबिनेटका कुनै सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । दाहाल गत साउन १९ गते संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । 
दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मन्त्रीपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण बुझाएको वा नबुझाएको बारे अनभिज्ञता प्रकट गरे । खनालले भने, “सम्पत्ति विवरण बुझाउनुभएको छैन र ! बुझाउनुपर्ने हो । किन नबुझाउनुभएको रहेछ, आज बुझ्छु ।”
यसअघिका प्रधानमन्त्री केपी ओलीसहित केही मन्त्रीहरूले १५ दिनभित्रै आफ्नो सम्पत्ति विवरण बुझाएको ओलीका प्रमुख राजनीतिक सल्लाहकार रहेका विष्णु रिमालले दाबी गरे । सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको वेबसाइटमा राख्ने प्रचलन छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएको दुई महिना बित्नै लाग्दा प्रधानमन्त्री दाहालसहित उनका मन्त्रीहरुले सम्पत्ति विवरण बुझाउन चासो देखाएका छैनन् । २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय भएको थियो । निर्वाचित भएको १५ दिनभित्र प्रधानमन्त्रीसहित सम्पूर्ण मन्त्रीपरिषद् सदस्यहरुले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय त्यसबेला भएअनुसार त्यसपछि बनेका सबै सरकारमा रहेकाहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन छ ।
सम्पत्ति विवरण नबुझाउने मन्त्रिपरिषद् सदस्यहरूः 
पुष्पकमल दाहाल – प्रधानमन्त्री
विमेलेन्द्र निधि – उपप्रधान तथा गृहमन्त्री
कृष्णबहादुर महरा – उपप्रधान तथा अर्थमन्त्री
मन्त्रीहरू
अर्जुननरसिंह केसी – सहरी विकास
रमेश लेखक – भौतिक पूर्वाधार तथा यातायात
जनार्दन शर्मा – ऊर्जा
डा. प्रकाशशरण महत – परराष्ट्र
बालकृष्ण खाँण – रक्षा 
दीपक बोहरा – आपूर्ति
सूर्यमान गुरुङ – श्रम तथा रोजगार
गौरीशंकर चौधरी – कृषि विकास
दलजित श्रीपाइली – युवा तथा खेलकुद
विक्रम पाण्डे – भूमिसुधार तथा व्यवस्था
जयदेव जोशी – जनसंख्या तथा वातावरण
हितराज पाण्डे – संघीय मामिला तथा स्थानीय विकास
सुरेन्द्रकुमार कार्की – सूचना तथा सञ्चार
धनिराम पौडेल – शिक्षा 
अजयशंकर नायक – कानुन, न्याय तथा संसदीय मामिला
केशवकुमार वुढाथोकी  – सामान्य प्रशासन
रोमी गौचन थकाली – वाणिज्य
सीतादेवी यादव – शान्ति तथा पुननिर्माण
जीवनबहादुर शाही – संस्कृति,पर्यटन तथा नागरिक उड्डयन
दीपक गिरी – सिँचाइ
नवीन्द्रराज जोशी – उद्योग
शंकर भण्डारी – वन तथा भू–संरक्षण
गगनकुमार थापा – स्वास्थ्य
हृदयराम थानी – सहकारी तथा गरिबी निवारण
राज्यमन्त्रीहरू
श्रीप्रसाद जवेगु – संघीय मामलिा तथा स्थानीय विकास
सत्यनारायण भगत – ऊर्जा
राधिका तामा – कृषि विकास
धनमाया बिक – शिक्षा
तस्बिर स्रोत : प्रधानमन्त्री सचिवालय 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७३  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC