site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
बोलीमा संयमता अपनाऊ !
Sarbottam CementSarbottam Cement

प्रतिनिधिसभाको बैठकमा मंगलबार प्रधानमन्त्रीसँग भएको सवाल–जवाफका क्रममा नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रधानमन्त्रीसँग प्रश्न गरे– यतिधेरै महिला हिंसा हुँदा प्रधानमन्त्रीलाई अलिकति पनि लाज लाग्दैन ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका ती सांसदलाई त्यस्तै गरी ठाडै जवाफ फर्काए– एकजना सांसदले बलात्कारका घटनामा प्रधानमन्त्रीलाई अलिकति पनि लाज लाग्दैन भनेर सोध्नुभयो । यस्तो असभ्य बोल्ने साथी देख्दा किन लाज नलाग्ने ? लाग्छ ।’

संसद्मा गरेको सम्बोधन होस् या पार्टी कार्यालयमा, कुनै सार्वजनिक कार्यक्रममा गरिएको सम्बोधनमा नै किन नहोस्, प्रधानमन्त्री ओलीले कसै न कसैलाई ‘बिझाउने गरी’ भन्न बाँकी राख्दैनन् । त्यसमाथि उनैलाई ‘बिझाउने गरी’ सोधिएको प्रश्नको जवाफ दिन उनी किन हिच्किचाउँथे र ? प्रधानमन्त्री हुँदा होस् वा प्रतिपक्ष दलको नेता हुँदा, उनले कोही न कोही व्यक्तिलाई लक्षित गररै धारणा राख्ने गर्छन् । पहिले तत्कालिन नेकपा माओवादी र त्यसको नेतृत्वप्रति उनले तिखो धारणा राख्थे भने अहिले त्यो भूमिकामा प्रतिपक्षी दल नेपाली कांग्रेस र त्यसका सभापति रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हुन त उनीमात्रै होइन, प्रतिपक्ष दलका नेता पनि बोल्नमा भने कम छैनन् । प्रधानमन्त्रीले कुनै अन्तर्वार्तामा आफू राति १–२ बजेसम्म मुलुककै लागि काममा व्यस्त हुने बताएका थिए । त्यसको जवाफमा कांग्रेसका एकजना नेताको टिप्पणी थियो– मुलुकका लागि काम गर्ने होइन, भोलिको सम्बोधनमा कांग्रेसलाई कुन शब्दले गाली गर्ने होला भनेर सोच्दा समय गएको हो ।’

माथिल्लो तहमा बसेका नेताहरुले जुन धारणा बनाउँछन्, घर–घरको पिँढीसम्म धारणा त्यसैगरी पुग्छन् । तल्ला तहका नेता तथा कार्यकर्ता सोही स्तरमा उत्रिँदा कैयौं ठाउँमा विवादसमेत हुने गरेका छन् । कुनै पनि दलका शीर्ष नेता वा आफ्नो गुटका नेताले जुन धारणा बनाउँछन् र बोल्छन्, तलका कार्यकर्ता पनि त्यही बाटो पछ्याउँदै अघि बढ्छन् । अझ संसद्मा राखिने शब्दप्रति दैनिकजसो नै नियमापत्ति हुने गर्छ । किनकी संसद्मा के कुरा बोल्न हुने र नहुने भन्ने नियमावली नै बनाइएको छ । कैयौं सांसदहरुले नियमापत्ति गर्दै संसदको रेकर्डबाट हटाउन माग गर्छन् ।

Global Ime bank

कसैको मुखबाट निस्कने शब्द, वाणी, वचनले नै उसको व्यक्तित्वको पहिचान गराउँछ । प्रधानमन्त्री तथा शीर्ष नेताबाट सार्वजनिक हुने अभिव्यक्तिले मुलुक र त्यस पार्टीको प्रतिनिधित्व गर्ने हुनाले तल्लो तहमा उत्रिएर आफ्ना शब्द खर्च गर्दा आफैं तल पर्ने अवस्था आउन सक्छ । जस्तोसुकै तल्लो तहमा उत्रिएर गरिएको टिप्पणीको पनि नम्र र शिष्ट भाषामा जवाफ दिन सकिन्छ । यसरी दिएको जवाफले प्रश्नकर्ताकै पनि मन जित्न सकिन्छ । अझ सार्वजनिक पदमा बसेका व्यक्तिहरुका लागि त झन् बोलीमा संयमता अनिवार्य शर्त नै हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०७५  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC