site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जम्काभेट
Ghorahi CementGhorahi Cement

गणेश पौडेल


"बेतुकको पानी, बेला न कुबेला दर्किन्छ। रक्सी, जवान केटी र यो मौसमको त कुनै भरनै नहुने भन्या "

" हे हे अँ है अँ, भर्खरै सम्मन टंटलापुर घाम लागिराखेको थियो। यो कोरियाको मौसमपनि गजबकै छ।" 

Agni Group

भिडभाडका बीच कतैबाट आएको बेसहारा आवाजलाई पुष्पले साथ दिएपछि दुवैजनाका आँखा जुधे।

"कस्तो मौसम पनि? बेला न कुबेला च्यालेन्ज गर्छ," यत्तिकैमा अपरिचितले हात मिलाउँदा मिलाउँदै पाल्सी भाषा बोल्यो।

Global Ime bank

 पुष्प त्यसै त ट्याङ्कर, पिउन उसलाई बहाना नै नचाहिने। अपरिचितको कुराले झन् हौसिएर भन्न थाल्यो " खासमा मलाई झरी खूव मनपर्छ। तपाईंलाई याद होलानी गहभरी आँशु बोकेकी स्त्री कति मादक हुन्छे?  बैमौसमी बर्षाले प्रकृतिको गहमा मादकता थपिदिन्छ। "

"स्त्रीको कुरा नगर्नु न यार। मादक मात्र होइन आँखाका डिलमा नैनिताल भएका स्त्रीहरू लुटेरा पनि हुन्छन्।   आई हेट आइमाईज " 

ह्वाट! दुनियामा स्त्रीलार्इ हेट गर्ने मान्छेपनि देखियो। बट आई डन्ट केयर्स। खासमा भन्नेहो भने स्त्री, बर्षा र सराब प्यासन हुन् मेरा लागिचैं। 

ओके थप डिबेट नगरौं। आ-आफ्नो तर्क र बुझाई। 

फक आउट दिज ननसेन्स गफ, लेट्स मेक अ सेलिब्रेसन फर दिस वन्डरफूल मोमेन्ट। कसो सर जी?

अपरिचितले पुष्पको अफरलाई नाइनास्ति गरेन। दुबैजनाले पिउने सुर कसे। यसबेला सम्ममा दर्के पानी पनि मथ्थर भैसकेको थियो। 

सर यो परदेशमा बरू मेडिकल नपाइएला, यो भट्टि भन्नेचैं जतै पाहिने हगि? होटलको मूल गेटबाट भित्र छिर्दै अपरिचितले भन्यो।

परदेश भनेको नै जवानहरूका लागि हो। यङ ब्लड क्या! अझ स्पेसल त यो कोरिया। तपाईंले यहाँ बृद्धाहरू देख्नुभएको छ? कुर्सिमा बस्दै पुष्पले प्रश्न गर्यो।

ठिकै हो तपाईंको तर्क। जवानी र पैसा भएन भने यो भड्किलो समाज बेअर्थको छ।

"नमस्कार, हजुरहरूलाई के सहयोग गर्न सक्छु होला?" रेष्टुरेन्टको वेटरले दुबैको ध्यान भङ्ग गरिदियो। 

"डु यु ह्याभ सेक्सिज?" पुष्पनै अघि सर्यो।

"सरि सर आई डन्ट अन्डरस्टेन्ड?" पुष्पको बेअर्थको अडर नबुझेर वेटरले टुटेफुठेको अंग्रेजिमै जवाफ फर्कायो।

"सेक्सि। सेक्सि बोट्टेल अफ बियर ह्वीथ सेक्सि फ्लेस अफ पोर्क।" 

मिहानहेयो सोन्निम! छाल मोथ थुरस्सयो? ( माफ गर्नुहोला पाहुना, मैले तपाईंको कुरा राम्ररि बुझिन) यसपटक वेटरले कोरियनमै जवाफ फर्कायो। 

हाहाहा... आयो भोटे टुङ्गामा। साम्गेपसाल (बंगुरको पोलेर खाने मासु) हागो (संगै) मेक्चु(बियर)। 

कुन बियर होला? पुष्पको अडरपश्चात वेटरले फेरि प्रश्न गर्यो।

कास।

सर, कास त आइमाई हरूले खाने बियर हैनर? अपरिचित बीचमै बोल्यो।

आई लभ सेक्सिज। आइमाईहरू सेक्सि हुन्छन् नि त। यो बल्दो जवानी र खरिएको परदेशमा नारीको नाम पनि अमृत हो। खरिएको ताप्केमा एक थोपा पानी परेजस्तो। मन बहकाउने बाटो.. पुष्पले आफ्नो तर्क पेस गर्यो। 

अपरिचित थोरै मुस्कुरायो। वेटर आफ्नो काममा लाग्यो। केहीछिन मौनता छायो। 

तापले गर्दा हल्का बोसो पग्लिन थालेको एक टुक्रा मासु सागमा पानजस्तो बेरेपछि पुष्पले घुरमैलो मौसमलाई इङ्गित गर्दै भन्यो, "ल सर आजको दिन यहि सेक्सि मौसमको नाममा।"

खम्बे (चेयर्स)। अपरिचितले बियरको ग्लास उठायो। 

दुबैले स्वाट्ट पारे।

ढ्या....उ! अँ कति भयो कोरिया आउनुभएको? लामो ढ्याउ गरेर पुष्पले अपरिचितलाई प्रश्न गर्यो।

६ वर्ष। 

६ वर्ष? 

के गर्ने सर?

६ वर्षमा त सिङ्गो गाउँ आउँछ त? काठमाडौं, पोखरा कहाँ कति किन्नुभयो? 

छैन सर यौटा टालो जोड्न सक्या भए मरिजाउँ।

क्यासिनोको लत छ क्याहो? 

त्यो पनि छैन।

"ह्या! नपत्याउने कुरा नगर्नुस्। महिनाको दुई लाख कमाउदा पनि ६ वर्षमा केही छैन भन्नुहुन्छ?" पुष्पले अपरिचितको कुरा पत्याएन।

केहीछिनको मौनतापछि अपरिचित बोल्यो " यौटि नकचरिले सारा झ्वाम पारिदिई"

"ओ आई सि! भनेपछि रण्डिबाजीमा पर्नुभयो। सर, म जति सेक्सिको पछि लागेपनि एक नारी ब्रम्हचारी वाला हुँ नि। आएम स्टिल भर्जीन क्या"  ठाउँको ठाउँ पुष्पले बोली फेर्यो। 

हि§§§.... अपरिचित फिस्स हाँस्यो।

उनीहरूले दोस्रोपटक अडर थपे। केही बोत्तल बियर, २ सय ग्राम मासु र नयाँ आईटम मा २ बोत्तेल सोजु (स्पेसल कोरियन रक्सि)।

सर, सोमेक(सोजु+मेक्चु) टेष्ट गर्नुभएको छ? पुष्पले आधा गिलास बियरमा सोजु मिसाउदै प्रश्न गर्यो 

अफकोर्स ह्वाई नट! तपाईंकै भाषामा आई लाईक सेक्सिज सोमेक हे हे.. अँ साँचि कति भयो तपाईं आउनुभएको?

तिन वर्ष। पुष्पले सोमेकको एक घुट्को लगाएर मुख बिगार्दै सिधा जवाफ दियो।

कस्तो छ काम?

२५-२६ बच्छ।

राम्रो रैछत। के कति जोड्नुभयो? 

छैन सर। खातामै छ हल्का फुल्का। अँ यौटि गलफ्रेण्ड चैं जोडियो। आजकलका केटीहरू नोट भए मात्र पट्टिन्छन्। हि हि..

भनेपछि तरूनीतिर राम्रै लगानि छ?

त्यस्तो धेरैत होइन। ५० हजार जति महिनाको पठाउँछु। 'सबै पैसा घरमा नदेखाउनु, पछि हाम्लाइनै सजिलो हुन्छ। बचत गर्छु। मलाई पठाउनु' भन्न थाली मलाई पनि उसको कुरा ठिकै लाग्यो अनि आजकल त्यसै गर्छु।

राम्रो चिनजानकी हो? 

पहिलेत होईन। यतै आएपछि फेसबुकबाट चिनजान भएको। एकदम ब्यबहारिक छे केटी। बिश्वासिली छे।

भनेपछि देखभेट चैं भएको छैन?

हे हे कमन ब्रदर ईट्स ट्वान्टि फस्ट सेन्चुरि! सोसियल मिडिया छँदै छन् नि। अडियो च्याट, भिडियो च्याट, फिगर, सेप, साइज सबै  हेर्न मिली हाल्छनि। नमिल्ने भनेको त्यहि एउटा 'उ' गर्न मात्र हो। आँखा झिम्क्यउदै पुष्पले भन्यो।

अपरिचित बोलेन। थोरै गम्भिर भएर एक गिलास बियर स्वाट्ट पार्यो। 

कहिलेकहिं त भिडियो च्याट गर्दै मास्टरब्रेसन गर्नपनि मजा आउने रहेछ सर। उत्तेजित मुद्रामा पुष्पलेनै थप्यो। 

फेरि पनि नबोली एक गिलास बियर सारेर स्वाट्ट पार्यो अपरिचितले। 

आम्मा हो... सर पनि ह्वाईल्ड हान्दिने! मेरो कुराले तपाईंको दोस्रो अंगमा सेन्सर लाग्यो क्या हो? 

त्यस्तो होईन। अपरिचित थोरै मुस्कुरायो। 

अँ साँचि हजुरको त छम्मा यतै होला है? ह्वीकेन्डमा मोज हुदो हो? स्कोर सुनाउनुन बरू। बियरको स्वाद आउँछ क्या ...

छम्मा?  को छम्मा? 

अनि अघि कुन नकचरिको कुरा गर्दै हुनुहुन्थ्यो त?

त्यो झ्यासको कुरा नगर्नुस्। त्यो त मेरी स्वास्नी पो हो।

हो सर, बुढि भनेपछि सबै लोग्नेमान्छेलाई घाँडै हुने रहेछ। मेरा साथीहरूको हालत देख्दा कान समाइसकें मैले त। 

अपरिचित एकाएक गम्भिर मुद्रामा बोल्न थाल्यो। बिदेश आउने बेलामा उमेर पुगेको छोरो के हो के? मति बिगार्ला भनेर बुबा ममिले बिहे गरेर जा भन्नुभयो। मलाइ पनि ठिकै लाग्यो। के फरक पर्छ त? घरमा पनि सजिलो हुन्छ। घर व्यवहार पनि सम्हाल्छे भनेर हुन्छ भनें।  आफन्तकै सल्लाह बमोजिम यौटी लेखपढ गरेकी सहरिया केटी बिहे गरियो। केटी राम्रीपनि थिई। ब्यबहारिक पनि उस्तै। फर्याक फुरुक गर्ने, हरेक कुरामा अघी सर्ने, हंसिली, नाई नास्ति नगर्ने। छोटो समयमै ऊ हामी सबैको आँखाको नानीमा बस्न सफल भई। पढे लेखेकी व्यवहार हेर्दा दु:ख सुख बुझे जस्तै थिई। 

म एकदम खुशी थिएँ ऊ जस्ती श्रीमती पाएकोमा। खोट देखाउने कुरै थिएन। म बिदेश आएपछि पनि ऊ हरेक कुरामा मलाई सतर्क गराई रहन्थी। म्यासेज गरिरहन्थी खाना खानुभयो? भन्थी। स्वास्थ्य कस्तो छ भनि रहन्थी। बोल्दा बोल्दै थुक सर्किएर ख्वाक्क खोकिएछ भनेपनि कराउँथी। भन्थी 'केयर गर्नुस परदेशमा आफ्नो स्याहार आफैंले गर्नुपर्छ।' छोटो समयमै मन जीतेकाले घरको सम्पूर्ण जिम्मा उसैलाई दिइयो। घर व्यवहार उसैले चलाउन थाली। सम्बन्ध एकदम राम्रो थियो। 

दुनियामा खाली आँखाले जे देखिन्छ त्यसलाई हामी सत्य मान्छौं। हुनपनि हो आँखाले आफ्नै सामुन्नेमा देखेको कुरा पनि असत्य कसरि होस र ? तर मान्छेमा यो नियम लागु हुँदो रहेनछ। अनुहार आनि-बानिले मान्छेको परिचय झल्काउँदो रहेनछ। मान्छेको सबैभन्दा ठूलो परिचय मन रहेछ। ईमानदारिता रहेछ। तर दुर्भाग्य आफ्नो बाहेक अरूको मन जाँच्न सकिदैन। मान्छे भन्नु रहस्यका पोका हुन्। कसले कतिखेर के गर्छ भन्ने कसैलाई थाहा हुदो रहेन छ। सुन्दर प्रकृतिको गर्भमा पनि भूकम्प, बाढि-पहिरो, सुनामी जस्ता डरलाग्दा नियतहरू लुकेर बसेका हुन्छन्। व्यवहार राम्रो, अनुहार राम्रो भएका मान्छेको मन चै कालो हुदोरहेछ। मैले एक मन पनि सोचेको थिईन ऊसँग बिबाह गर्न पाएर दङ्ग परेको म उसैको कारण एकदिन रूनुपर्छ। भन्नत साथीहरू भन्थे "नयाँ स्वास्नी धेरै टाउकामा नटेका है लात्तले हान्ली। स्वास्नी मान्छेलाई सामुन्नेमा जति देखिन्छ त्यतिमात्र विश्वास गर्नुपर्छ। एकदम मुडी स्वभावका हुन्छन्। कतिखेर मन बिग्रन्छ पत्तै हुदैन।" मैले साथीको कुरा सुनिन। बरू अर्काको घरबार बिगार्न पल्केका  गधाहरू भनेर साथीलाई नै नराम्रो सोचें।

स्वतन्त्रता आफैंमा यौटा संकुचित परिधी रहेछ। चेतनाले मान्छेलाई एकोहोरो बनाउदो रहेछ। अन्धो बनाउँदो रहेछ। राम्रो शिक्षा-दिक्षा पाएको मान्छेको पनि नियत खराब हुन्छ भन्ने  मलाई के थाहा? आफू जलेर दुनियाँलाई प्रकाश छर्ने दियोको मुनी अँध्यारो हुने रहेछ। चेतनामा पनि खोट हुदो रहेछ। नखरमाउलीले सबैथोक कुम्ल्याएर कता हिंडी हिंडी। मेरो सत्यनास गरि। 

एकै सासमा धेरै कुरा बोलेर अपरिचित मौन भयो। एकाएक वातावरण पनि अपरिचितझैं मौन भयो। बियरको रमरमले रमझम नभएर रनभुल्ल बनायो। पुष्प बोल्न सकेन।  बरू बियर र सोजुको चौथोपटक अडर थप्यो।

अब उनीहरूले मौनता पिउन थाले। बेलाबेला चेयर्स गर्दा ठोकिएका गिलासको आवाजबाहेक अन्य आवाज गौण भयो। मौनता पिउन सक्नु मान्छेको अद्भूत शक्ती हो। जो कोहिले मौनता पिउन सक्दैन। मौनताले धेरै कुरा सिकाउँछ।

 पुष्प बेलाबेला अपरिचितको अनुहारमा हेर्छ। ऊ बिलकुल शून्य भावमा पिइरहेछ। लाग्छ पिउनु पुष्पको जस्तो उसको रहर होइन। बाध्यता हो। दुनियाँले पिउनुलाई खराव भन्छ तर अपरिचितले पिएको खराब पक्कै लाग्दैन। बरू उसले पिएका आँशु भन्दा निकै फाईदाजनक छ उसले पिएको सराब। 

निकैबेरको मौनतापछि अपरिचित बोल्यो; दुनियाँमा  सराबको उत्पति गरेर मान्छेले राम्रो काम गरे। यदि सराब उत्पति नभएको भए म यतिबेला जिवीत रहने थिईन। मैले आत्महत्या गरिसक्ने थिएँ। कयौ बार समुन्द्रको किनारमा गएर हामफाल्न खोज्दा दुनियाँको काल बन्ने यहि सरावले मलाई जीवन उपहार दिएको छ।

मान्छेहरू भन्छन् प्रेम र विश्वास सबैभन्दा कोमल हुन्छ। तर म भन्छु प्रेम र विश्वास दुनियाँको सबैभन्दा खतर्नाक हतियार हो। प्रेम र विश्वासले संसारमा ठूल-ठूला चोटहरु बोकेर बसेका हुन्छन्। प्रेम र विश्वासले मान्छेलाई क्षणभरमै मार्न सक्छन् । सराबको नशा क्षणिक हुन्छ तर विश्वासले दिएको चोट कहिल्यै बिर्सन सकिदैन। हुनत सियोको टुप्पोले नखोपी लुगा पनि तुनिदैन। यौटा धागोको विश्वासमा हामी आफ्नो लाज निर्धक्क लुकाउन सक्छौ। सम्बन्ध पनि यस्तै यौटा धागो हो जसको विश्वासमा हामी बाँचेका हुन्छौ। तर हामी धागोप्रतिको अत्यधिक विश्वासले कहिलेकहिं अभर पर्छौं। नाङ्गिन्छौ।

 मान्छे जन्मदा नाङ्गै जन्मन्छ र मर्दा पनि नाङ्गै जान्छ तर जीवनकालभरी मान्छेले आफ्नो लाज छेक्नकै लागि प्रयत्न गर्छ। विश्वासले मान्छेलाई नाङ्गो बनाउँछ र विश्वासले नै मान्छेलाई भरिपूर्ण पनि पार्छ तर मान्छेले कहिल्यै पनि विश्वासलाई बुझ्न सक्दैन। राणले विश्वासको पासो थापेर मेरो कमाइलाई बालुवामा मिसाई। तर उसले बुझिन ऊ मेरो कमाइसँग स्वयम् बालुवामा मिसिई। 

त्यसलाई के थाहा बर्खामासे खहरेले कति दु:ख दिन्छ भनेर। जवानी भन्नु नै बर्खा यामको खहरेजस्तै हो। गडगडाएर आउँछ सबैथोक सोरपटार पार्छ र जान्छ। कुनैदिन त्यो झ्यासलाई कतै भेटें भनेनि सर म  यो बंगुरको मासु पोलेजस्तै पोलेर खान्छु। मेरो सरिरमा यतिबेला बदलाको बर्षायाम चलिराखेको छ।  त्यसको उर्लिएको जवानी नदेखाई भाकोछैन।

दुनियामा विश्वास गर्न लायक एकैथोक छ 'आमा'। आमा सत्य हो पिता पनि विश्वास मात्र। हाम्रो समाज छ नि ढुङ्गालार्इ देउता बनाएर आफू ढुङ्गा बन्ने समाज हो। कसैलाई कहिं केही, कुनै इमोसनको फिक्रि छैन। स्वार्थ्य मात्र भए पुग्छ। सम्पतिको लागि जो जे पनि गर्छन् मान्छेहरु। भोको बिरालोलाई भात नदिउन्जेल मात्र म्याउँ म्याउँ गर्छ अघाएपछि ङ्वार ङ्वार गर्न थाल्छ। शेर बन्छ।

पुष्प अपरिचितको अनुहारमा एकोहोरो हेरिमात्र रहन्छ। 

अपरिचित अझै थप्छ, तपाईंलाई थाहा छ? म त भन्छु सय कोस टाढाकी केटीसंग माया जालमा परेर बहकिनु भन्दा नजिकैको रेडहाउसमा गएर साम मान ( तिस हजार) तिर्नु बेस। कम्तिमा तिनिहरूले प्यास त मेटाई दिन्छन्। म त नि सर आजकल राम्रा आइमाईहरू देखें भनेपनि संसारका सबैभन्दा कुरूप जस्ता लाग्छन्। यिनिहरूले आफ्नो सौन्दर्य होईन कुरुपता प्रदर्शन गरिराखेका छन् झैं लाग्छ।

अब टेबलमा अन्तिम बोत्तल बियर बाँकी छ। अपरिचितले बोत्तलबाटै ठाडो घाँटी लगाउँछ र घटघट पारेर लामो ढ्याउ गर्छ। जुरूक्क उठ्छ र काउन्टरतिर लाग्छ। पुष्पले पैसा तिर्छ। दुबै बाहिर निस्कन्छन्। नजिकैको शौचालयमा जान्छन् र पिसाब फेर्छन्। 

हलुका भएपछि दुबैलाई रक्सिले केही छाडेजस्तो भान हुन्छ।

यत्तिकैमा पुष्पले आफ्नी प्रेमिकालाई सम्झन्छ। उ हतार हतार मोबाइल निकाल्छ र प्रेमिकाको तस्बिर निकालेर अपरिचितलाई देखाउँदै भन्छ। "यही हो सर मेरी मीठू"

  हाहाहाहा......फोटोमा एक झल्को पर्न नपाउँदै अपरिचित पागल जसरी हाँस्न थाल्छ। निकैबेर हाँसिरहन्छ। देखेर पुष्प अचम्ममा पर्छ।  

निकैबेरको हाँसो थामेपछि अपरिचित बाहिरको मौसम देखाउँदै भन्छ, "देख्नुभयो सर घाम लागेछ। मुतेपछि रक्सीले पनि छाड्यो। अब यौटा कुरा सुन्नुस्, भारी पुगेपछि तपाईंलाई त्यो प्रेमिकाले पनि छाड्छे।" 

'के खालको मान्छे रछ? अर्काकी प्रेमीकालाई जे पायो त्यही पो भन्छ त? ' अपरिचितको कुराले पुष्प फेरि पनि ट्वाँ पर्छ।

यतिबेला सम्ममा एकोहोरो पागल जस्तै हाँस्तै अपरिचित निकै पर पुगिसकेको हुन्छ।  

यत्तिकैमा पुष्प चिच्याउँछ "सर, सर पख्नुस। कसरी छाड्छे? किन छाड्छे? भनेर त जानुस्

अपरिचित परैबाट तिखो स्वरमा जवाफ फर्काउँछ "मलाई जसरी छाडी त्यसरी नै"

फेरिपनि पुष्प ट्वाँ पर्छ। खण्ड सोचेपनि उसको कुरा बुझ्दैन। बरू उसलाई लाग्छ  'पागल त होइन यो?' यत्तिकैमा पुष्पलाई उनीहरूको परिचय नभएको सम्झना आउँछ। हतार हतार फेरि चिच्याउँछ "सर ... सर... तपाईंको नाम?"

निकैबेर पछि उताबाट मधूरो स्वर आउँछ "तिम्री प्रेमीकालाई सोध्नु मेरो जारको नाम के हो भनेर"

पुष्प छाँगाबाट खस्छ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०७५  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC