site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालमा छिट्टै महिला प्रधानमन्त्री हुन्छन्: सभापति देउवा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राष्ट्रपति, प्रधान न्यायाधीश र सभामुख महिला भए जस्तै एक दिन प्रधानमन्त्री पनि महिला हुने बताएका छन् ।  
पार्टीको भ्रातृ संस्था नेपाल महिला सङ्घले तेस्रो महाधिवशेनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद हस्तान्तरण गर्न यहाँ बुधबार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले भने,  “छिट्टै हुने स्थानीय निकायको निर्वाचनमा पनि संविधानले महिलाको बढी प्रतिनिधित्व हुने प्रावधान गरेको छ ।” 
संविधान कार्यान्वयन मुलुकको प्रमुख चुनौती भएको बताउँदै सभापति देउवाले त्यसका लागि स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन हुनु अपरिहार्य रहेको विचार व्यक्त गरे ।  
निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनमा लोकतन्त्रको रक्षा गर्न र संविधान कार्यान्वयन गर्न कांग्रेसले जित्नैपर्ने बताउँदै उनले त्यसमा महिला सङ्घलगायत भ्रातृ संस्थालाई सक्रिय रुपमा लाग्न निर्देशन दिए । 
कार्यक्रममा कांग्रेस नेतासमेत रह्ेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकार गठनका बेला सत्तासाझेदार दलसँग भएका सहमतिका आधारमा संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।  
संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन गर्नुु अपरिहार्य रहेकामा जोड दिँदै उनले सबै तहका निर्वाचनलाई केन्द्रीय मुद्दा मानेर अघि बढ्न महिला सङ्घलाई सुझाव दिए । रासस 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ५, २०७३  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC