site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

इतिहासकै सबैभन्दा शक्तिशाली सरकार बनाउन सफल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) आफैंमा आन्तरिक विस्फोटको संघारमा त छैन भन्ने आँकलनले राजनीतिक बजार तातेको छ । वर्तमान सरकारको कार्यकाल ६ महिना पुग्नुभन्दा अघिदेखि नै प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यको कारणले होस् वा सम्भावित असफलताको कारण देखाएर होस्, सत्तारुढ दलमा नेतृत्वको विकल्प खोज्ने क्रम निरन्तर चलिरहेको छ । ने क पाका वरिष्ठ नेता वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउनका लागि चालिएको कदमले पनि सम्भावित नेतृत्वको खोजीलाई अभिप्रेरित गरेको प्रमाणित हुन्छ । वामदेव गौतम यो चिरा पुर्ने कामका लागि सारथी हुने हुन् कि उनको पुनरुत्थानपश्चात् असन्तुष्ट तथा विरोधी पक्ष अझ सशक्त ढंगले अघि बढने हुन्, त्यो समयले नै बताउनेछ । अहिलेका लागि भने वामदेव गौतमलाई सरकारी कामकाजमा संलग्न गराउने हेतुले बहालवाला राज्यमन्त्रीको प्रतिनिधिसभा सदस्यता समाप्त गरेर उनलाई डोल्पाबाट निर्वाचित गराउने खेल उत्कर्षमा पुगेको देखिन्छ ।

वामदेव गौतम ने क पामा एक प्रभावशाली नेता हुन् । गौतमको सहयोग नभएको भए प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष तथा शक्तिशाली प्रधानमन्त्रीको रुपमा यति सहजै हुन सम्भव थिएन । गौतम आफैंलाई भने बर्दियाका जनताले सांसदको रुपमा प्रतिनिधिसभा जाने ढोका बन्द गरिदिए । बर्दिया क्षेत्र नम्बर १ मा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले उनलाई ७५३ मतले हार स्विकार्न बाध्य बनाए । तर, वामदेव गौतम राजनीतिको केन्द्रमा बस्ने व्यक्तित्व भइसकेकाले उनको व्यवस्थापनका लागि पार्टीले एक शक्तिशाली विकास प्राधिकरणको निर्माणको प्रस्ताव पनि अघि बढाएको थियो । यो प्राधिकरणको निर्माण प्रक्रिया अघि नबढ्दै ओली पक्षीय केही प्रभावशाली व्यक्तिले यो सोचलाई तुहाइदिए । प्राधिकरण नबन्ने देखिएपछि गौतमलाई प्रतिनिधिसभामा निर्वाचित गराउने खेलमा उनका नजिकका व्यक्तिहरू जोडदार ढंगले लागेका छन् । वर्तमान अवस्थामा डोल्पाबाट विजयी भएका नेकपाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर सो स्थानबाट वामदेव गौतमलाई विजयी बनाउने प्रक्रियामा करिब करिब सहमति बनेको जस्तो देखिन्छ । सांसद बुढा आफैंले गौतमलाई आफ्नो स्थानबाट उठ्न अभिप्रेरित गरेका र जिल्लामा मतदातासमक्ष एक प्रकारको स्विकृती लिई भदौभित्रै उनले राजीनामा दिने कुरा डोल्पा प्रदेश (ख) का सांसद वीरबहादुर शाहीले पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यको कारणले वा अन्य कुनै कारणले यदि पद छाड्नुपर्ने अवस्था आयो भने के हुन्छ भन्ने चिन्ताका कारण पनि ने क पामा चिरा देखिएको हो । हालका लागि पूर्व माओवादी अध्यक्ष तथा वर्तमान ने क पा का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातमा सत्ता जाने वा प्रधानमन्त्री ओलीसँग निकै हिमचिम बढाएका अर्का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको हातमा जाने भन्ने विषयमा पनि आन्तरिक वृत्तमा छलफल चलिरहेको अवस्थामा वामदेव गौतमको पुनरुत्थानले अर्को आयाम थपेको छ । यदि नेकपाको नेतृत्व परिवर्तन हुने अवस्था आयोभने प्रधानमन्त्री तथा अध्यक्ष ओली तथा अध्यक्ष प्रचण्ड दुवैजना सहमत हुनसक्ने व्यक्तिका रुपमा वामदेव गौतम अगाडि देखिएका छन् । तत्कालिन एमाले तथा माओवादीलाई एकै दलको रुपमा अघि बढाउन सशक्त भूमिका खेलेको कारणले गर्दा पनि दुवै अध्यक्ष उनलाई वैकल्पिक नेताको रुपमा अघि बढाउन राजी भएको देखिन्छ । उता गौतम आफैं भने विकास प्राधिकरण पनि नहुने र सांसद पनि नहुने अवस्था आएमा आफैंले कुनै फाउण्डेशन खोलेर राजनीतिक तथा सामाजिक गतिविधि अघि बढाउने मनस्थितिमा पुगेको चर्चा पनि सुनिएको छ । भोलिका दिनमा ने क पाले जस्तो निर्णय लिए पनि वामदेव गौतमको विषयमा गरिने निर्णयले पार्टीभित्र केही उथलपुथल पैदा गर्ने निश्चित जस्तो देखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC