प्रवास

घाइतेलाई यूएईबाट आर्थिक सहयोग

घाइतेलाई यूएईबाट आर्थिक सहयोग

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा रुखबाट लडेर घाइते रीता खड्काको मेरुदण्डको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि यूएईमा कार्यरत भूमिकास्थानकै विद्यार्थीहरूले १ लाख ६८ हजार रुपैयाँ सहयोग गरेका छन् । भूमिकास्थानको धारापानीस्थित शान्ति माविका भूतपूर्व विद्यार्थीहरूले यो सहयोग गरेका हुन् । आफ्नो उपचारमा आर्थिक अभाव भएको भन्दै रीताले अस्पतालको शय्याबाट सहयोगका लागि अपिल गरेकी थिइन् । पति गुमाइसकेकी रीताका दुई सन्तान छन् ।

भूपू विद्यार्थीहरूले यसअघि शान्ति माविलाई १२ थान कम्प्युटर, प्रोजेक्टर हस्तान्तरण गरिसकेका छन् । त्यो क्षेत्रका अरु विद्यालयलाई पनि कम्प्युटर र प्रोजेक्टर सहयोग गर्ने योजना रहेको उनीहरूले जनाएका छन् ।

तपाईंको मत