site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सरकारको काम स्थिति बसाउने हुनुपथ्र्यो । तर, नेपालमा आफैँ ‘गरेर देखाउने’ चाहनाबाट सरकार ग्रस्त देखियो । बजारमा बेथिति छ । तर, त्यसको समाधान जो अगाडि पर्छ त्यसैलाई पक्रेर थुन्दैमा हुँदैन । स्थिति बसाउनुको साटो छड्के अनुगमन गर्ने, जो अगाडि पर्छ उसैलाई पक्रेर थुन्ने अनि आन्दोलन भएपछि छाडेर हिसाब फच्चे गर्ने सरकारी कार्यशैलीको पछिल्लो उदाहरण तर्कारी बजार हुनपुगेको छ । काठमाडौंको प्रमुख तरकारी बजार कालीमाटीमा सरकारी टोलीले सोमबार अनुगमन गर्दा टोलीलाई व्यापारीहरूले केही बेर घेरामा राखे । प्रहरीले सरकारी कर्मचारीको टोलीलाई मक्त गरेपछि ‘नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ’का पदाधिकारीलाई पक्य्रो । प्रहरीले पक्रेको पदाधिकारीलाई नछाडे महासंघले तरकारी र फलफूल आपूर्ति तथा विक्री ठप्प पार्ने चेतावनी दियो ।  

तरकारी बजारको बेथितिका कारण उत्पादक र उपभोक्ता दुवै ठगिएका छन् । कालीमाटीमा सोमबार गरिएको अनुगमन टोलीका अनुसार किसानले बढीमा ३५ रुपियाँ किलोग्राममा बेचेको काउलीको मूल्य उपभोक्तासम्म पुग्दा घटीमा ११० रुपियाँ पर्छ । यसबीच तहतहका फौबन्जारहरूले कारोबार गर्छन् र नाफा खान्छन् । फौबन्जारहरूको तह जति धेरै हुन्छ उत्पादक र उपभोक्ताका बीचको मूल्यको अन्तर पनि उति नै बढी हुन्छ । तर, सरकारले भने थोक बजारमा नियन्त्रण गरेर सबै तहको बेथिति अन्त्य हुने ठानेको देखियो । तरकारी बाली नलगाउँदैदेखि व्यापारीले लगानी सुरु गर्छन् । यसरी लगानी गर्नेले उत्पादकले भन्दा बढी नाफा कमाउँछन् । बजारमा लगानीको जोखिम उठाउनेले नाफा कमाउनु अस्वाभाविक पनि हैन । तर, त्यस्तो नाफा अनुचित हुनु भने हुँदैन । यस्तै, तरकारी र फलफूलको कारोबारमा फौबन्जारहरू सक्रिय हुन्छन् । तिनले लिने नाफा पनि परिश्रम र जोखिमका तुलनामा सापेक्षित हुनुपर्छ । विडम्बना, सरकारी पदाधिकारी र कर्मचारी भने यस्ता गम्भीर पक्षलाई महत्त्व दिँदैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले बजारमा कर्मचारी पठाएर व्यापारीलाई तर्साउनुभन्दा पहिले नियमनका आधार पारदर्शी बनाएर स्थिति बसाउनेतर्फ लाग्नुपथ्र्यो । तरकारी बोकेर आएको ट्रकका चालकसँग बिलबीजक खोज्नु नियमसम्मत त होला तर व्यावहारिक पक्कै पनि हैन । बारीबाट सबै तरकारी कुनै संस्थाले खरिद गरेर बेच्ने अवस्थामा मात्र बिल अनिवार्य गर्नु व्यावहारिक हुन्छ । उत्पादक र उपभोक्ता दुवैलाई लाभ हुने गरी तरकारीको मूल्य कायम गर्न सरकारी हस्तक्षेप हैन नियमनमात्र प्रभावकारी हुन्छ । अहिलेसम्मका अनुगमनहरू प्रायः व्यापारीलाई तर्साएर अनुगमनकर्ताले ‘कमाउने’ काममा सीमित भएको मानिन्छ । त्यसैले पनि कालीमाटीका व्यापारीको सरकारी अनुगमन टोलीलाई थुनेर राख्ने आँट आएको हुनुपर्छ । सरकारले यस्तो ‘रबिनहुड’ प्रवृत्ति देखाउनुको साटो बजारलाई नियमन गर्ने पारदर्शी र प्रभावकारी उपाय तथा अभ्यास थाल्नुपर्छ । 

तरकारी बजारमा नियन्त्रण गर्न खोज्नुभन्दा पहिले उत्पादक र उपभोक्ताबीचको तह घटाउने प्रयास गर्नुपर्थ्यो । किसानले सही मूल्य पाउने, बीचकालाई पनि उचित  नाफा हुने तर तरकारी एवं फलफूलजस्तो सडेर जाने वस्तुको व्यापार गर्ने व्यापारीलाई पनि नोक्सान नपर्ने गरी व्यवस्था मिलाउन सक्नुपर्छ । तर, दीर्घकालीन सोचविपरीत सरकारी कर्मचारीको यस्तो रबिनहुड प्रवृत्ति व्यापारीलाई मात्र हैन उत्पादक र उपभोक्ता दुवैका लागि प्रत्युत्पादक हुनसक्छ । थोक व्यापारीले केही दिन हड्ताल गरे भने उत्पादकको तरकारी कुहिन्छ भने उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने वा तरकारी नै नखानुपर्ने अवथा हुन्छ । यसैले सरकारी कर्मचारीको ‘छड्के अनुगमन‘लाई पौरख ठान्नु मूर्खता हुनेछ । सरकार साँच्चै नै तरकारी बजारलाई नियमन गर्न चाहन्छ भने उत्पादकदेखि उपभोक्तासम्मको शृंखलामा निगरानी राखेर सरोकारवाला सबैको सहकार्यमा स्पष्ट, पारदर्शी र व्यावहारिक नियमनको थालनी गर्नुपर्छ । यस्तो बिनहुड शैलीले चर्चा त हुन्छ तर फाइदा कसैलाई हुँदैन ।    

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC