site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुलुक बिगार्न एमाले सिध्याउने प्रयास हुँदैछ : ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई विखण्डन गर्न चाहने शक्तिले एमालेलाई नियोजित रूपमा कमजोर बनाउन लागिपरेको बताएका छन् ।
बुधबारबाट पार्टी मुख्यालयमा सुरु भएको सातौं केन्द्रीय कमिटीको बैठकमा उनले एमालेलाई आदीवासी जनजाती, मधेश विरोधी पार्टी भएको हौवा पिटाउँदै एमालेलाई कमजोर बनाउने खेल रचिएको दाबी गरे । 
सञ्चारकर्मीलाई खुला गरिएको बैठकको प्रारम्भमा उनले भने, “एमालेलाई सुरुदेखि नै आक्रमण गरिएको हो, संविधान निर्माणमा एमाले दृढतापूर्वक उभिएपछि विभिन्न राष्ट्रभित्र र बाहिरबाट विभिन्न खेल भए, एमालेलाई सरकार बनाउन नदिन ठूलो चलखेल भयो ।”
उनले एमाले नेतृत्वको सरकारलाई गिराएर आफ्नो स्वार्थ पूरा गर्ने खेलमा केही शक्ति लागि परेको समेत बताए । एमालेले एकढिक्का भएर त्यसको सामना गर्नेसमेत उद्घोष गरे । 
उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निर्वाचन गराउनै नसक्ने र संविधान कार्यान्वयन गर्ने नसक्ने जिकिर दोहो¥याए । उनले भने, “हाम्रो नेतृत्वको सरकारले कार्यतालिका बनाएरै संविधान कार्यान्वयनको खाका तयार पारेको थियो, कानुन संशोधन र नयाँ कानुन निर्माणका आधार तयार पारिसकेको थियो । तर, यो सरकारलाई त्यसतर्फ कुनै रुची नै छैन ।”  उनले  ०७४ माघ ७ गतेसम्म तीनै तहको निर्वाचन नगरिए मुलुका राजनीतिक र संबैधानिक रिक्तता उत्पन्न हुने बताउँदै त्यसबेला के हुन्छ भन्ने चिन्ता कसैलाई नभएको बताए ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले विदेशी भूमिमा गएर नेपालको समस्या ब्रिफिङ गरेको बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको आन्तरिक कुराहरू छरपष्ट पार्ने मात्रै होइन पार्टी र त्यसको नेतृत्वको नामै किटेर उहाँ त भारत विरोधी हो नि भन्नुभएको छ, उनको कथन थियो ।  उनले एमाले भारत विरोधी पार्टी नभएको जिकिर गर्दै नेपालको स्वभाविमान जोगाउनु कुनै देश विरुद्ध नभएको प्रष्ट पारे ।  पार्टी केन्द्रीय कमिटीको बैठकमा आज विभिन्न प्रतिवेदनहरू प्रस्तुत हुने एमालेले जनाएको छ । 
तस्बिर : रोजित खड्का 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ५, २०७३  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC