site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सामान्यतः सरकारी कर्मचारी चतुर भए भने जनताले झन् बढी सास्ती पाउँछन् । टाठो प्रहरीले यातना धेरै दिन्छन् र निजामती कर्मचारी चलाख भए दुःख धेरै दिन्छन् भन्ने मान्यता समाजमा स्थापितै भएको छ । यद्यपि, सबै चतुर कर्मचारीहरू खराबै भने हुँदैनन् । कर्मचारीको चातुर्य बेलाबखत जनताको पीरमर्का हटाउन पनि प्रयोग हुन्छ । कपिलवस्तु जिल्लामा पत्नीको नागरिकता प्रमाणपत्रमा सनाखत गर्न नमान्ने पतिलाई चलाखीपूर्वक कागज गराएर समस्या समाधान गरेको समाचार यस्तै चतुर कर्मचारीको असल नियतको उदाहरण हो । सबैजसो सरकारी काममा लगभग अनिवार्य भए पनि धेरै वयस्कहरूसँग नेपाली नागरिकताको प्रमाणपत्र छैन । गाउँका गरिब महिलामध्ये कतिलाई त नागरिकताको प्रमाणपत्र हुन्छ र चाहिन्छ भन्ने पनि थाहा छैन । तिनले बेलैमा प्रमाणपत्र लिन प्रयासै नगर्नु अस्वाभाविक हैन ।

थाहा पाएर वा खाँचो नै परेर नागरिकताको प्रमाणपत्र लिन खोज्दा पनि पुरुषहरूले उपेक्षा र ढाँटछल गरी उनीहरूलाई नागरिकताको प्रमाणपत्र लिन नदिएका समाचार यदाकदा सार्वजनिक भइरहन्छन् । कपिलवस्तुको तौलिहवाकी एक महिलालाई पतिको असहयोगका कारण नागरिकताको प्रमाणपत्र बनाउन अप्ठेरो भयो । नेपाली नागरिकताको प्रमाणपत्र भएको कुनै न कुनै व्यक्तिसँगको नाता नखुट्याई नागरिकताको प्रमाणपत्र दिन प्रचलित कानुन र प्रशासनिक अभ्यासले अप्ठेरो पार्छ । भाग्यवश, कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा आफ्नो कर्तव्यप्रति सजग र चतुर अधिकृत रहेछन् । उनले पतिलाई बोलाएर पत्नी भएको बेहोराको कागज गराएर त्यही प्रमाणका आधारमा पत्नीलाई नागरिकताको प्रमाणपत्र बनाइदिएछन् । उनले आवश्यक प्रक्रिया र प्रमाण पूरा गरेर समस्या समाधान गर्ने उपाय निकालेछन् । यसबाट कर्मचारीले चाहने र जान्ने हो भने कानुनी जटिलता फुकाउन खासै कठिन हुँदैन भन्ने पनि पुष्टि भएको छ । 

कपिलवस्तुका ती चतुर अधिकृत भने नेपालको प्रशासनिक सेवामा अपवाद हुन् । काम नगर्न धेरै बहाना र उपाय निकाल्न सक्ने तर काम गर्नका लागि भने हातमा केही नपरी उपाय नदेख्ने निजामती सेवाका कर्मचारीको मूल प्रवृत्ति हुन पुगेको छ । बहुसंख्यक कर्मचारी भने रकमी तर्क गरेर अप्ठेरो पार्न अभ्यस्त हुन्छन् । यही कारणले जनतामा कर्मचारीप्रति एक प्रकारको वितृष्णा देखिने हो । रकमी जालझेल र भ्रष्टाचारबीच पनि उत्तिकै गहिरो सम्बन्ध हुन्छ । यसैले सरकारले कर्मचारीलाई स्पष्ट र पारदर्शी प्रक्रिया अपनाएर काम गर्न प्रोत्साहित गर्नुपर्छ । साथै, जनसाधारणलाई सरकारी सेवा र सुविधा सहजरूपमा उपलब्ध गराउनु कर्मचारीको दायित्व हो भन्ने ज्ञानलाई मूल मन्त्र बनाउन पनि प्रेरित गर्नुपर्छ । नयाँ ऐन लागु गरेरमात्र समाज उन्नत हुने हैन । कपिलवस्तुका अधिकृतको जस्तो कुशाग्र बुद्धि जनताको हितमा सदुपयोग गर्न घटनाका बारेमा व्यापक प्रचारप्रसार हुनुपर्छ ।  
  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC