site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फ्राइडे रिलिजः मिस्टर भर्जिन’, ‘जय शम्भु’, ‘ब्ल्याक’ र ‘बाह्रमासे’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज (शुक्रबार) ‘मिस्टर भर्जिन’, ‘जय शम्भु’, ‘ब्ल्याक’ र ‘बाह्रमासे’ प्रदर्शनमा आएका छन् । चलचित्र मिस्टर भर्जिनलाई बिसारत बस्नेतले निर्देशन गरेका हुन् । यो चलचित्रले यौन मनोबिज्ञानको कथा भन्ने प्रयास गरेको छ । 

चलचित्रमा गौरव पहारी, मरिष्का पोखरेल, बिजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला राज सापकोटालगायतका कलाकारको अभिनय छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र ‘जय शम्भु’ प्रदर्शनमा आएको छ । रुपेश तामाङले निर्देशन गरेको चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा शिवाकोटीको मुख्य भूमिका छ भने साथमा  रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्टलगायतका कलाकारहरुको अभिनय छ । 

प्रदीप श्रेष्ठले निर्देशन गरेकोचलचित्र ‘ब्ल्याक’ पनि आजैबाट  प्रदर्शनमा आएको छ । आकाश श्रेष्ठ र आँचल शर्मा चलचित्रका मुख्य कलाकार हुन् । आकाश र आँचलको साथमा आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको पनि अभिनय रहेको छ । 

Global Ime bank

कमेडी जनराको चलचित्र ‘बाह्रमासे’ पनि आजबाट रिलिज भएको छ । लय संग्रौलाले निर्देशन गरेको चलचित्रमा जय किसन बस्नेत, पूजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बाँस्तोलालगायतका कलाकारको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC