site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय जनप्रतिनिधिले गाउँका डाँडामा जथाभावी डोजर चलाउँदा पहिरो जाने खतरा बढेको छ ।  बिहीबार बसेको केन्द्रीय संसद विकास समितिको बैठकमा उपस्थित सांसदले यस्तो खतरा बढेको बताएका छन् । 

नेपालका पूर्वी, मध्य र पश्चिमी सबै क्षेत्रका पहाडमा स्थानीय जनप्रतिनिधिले विकासमा नाममा आफूखुसी डोजर चलाउँदा पहिरोको खतरा बढेको साथै खानेपानीको मुहान र वनजङ्गलसमेत मासिने खतराको सम्भावना उच्च रहेको समस्या व्यक्त गरेका छन् । सांसद आशाकुमारी बिकले जनप्रतिनिधि र कतिपय केन्द्रीय सरकार मातहतकै निकायले सडक, पुल, पार्क आदि संरचना निर्माण गर्दा खानेपानीको मुहान, वितरण पाइप र प्राकृतिक स्रोत–साधनमा अधिक क्षति पुगेको बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सांसद यज्ञराज सुनुवारले गाउँमा सञ्चालित उपभोक्ता समितिको अध्यक्ष सडक विभागअन्तर्गतकै सरकारी हाकिम रहने र डोजर अप्रेटर इन्जिनियर बन्ने परिपाटी मौलाएको औंल्याए । 

“यस्तो तरिकाले पहाडहरु पहिरोको अधिक खतरामा छन्,” सांसद सुनुवारले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसमक्ष भने, “यस्तो परिपाटीलाई नियन्त्रण र व्यवस्थित बनाउन ऐन र कार्यविधि निर्माणको पहल गरिदिनुपर्यो ।” जवाफमा मन्त्री महासेठले स्थानीय तहमा देखिएको यस्तो समस्या सीमित क्षेत्रको मात्रै समस्या नभएकाले भौतिक साथै सहरी विकास, संघीय मामिला र कानुन मन्त्रालयको समन्वयबाट प्रदेश सरकारसमेतको प्रयासबाट कडाइ गरिने बताए ।    
 

Global Ime bank

 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC