site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकामा संयुक्त सम्पादकीय 
Sarbottam CementSarbottam Cement

अमेरिका । अमेरिकाका ३५० भन्दा वढी संचार माध्यमले विहीवार राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रेसप्रति गर्दै आएको प्रहारको विरोध गर्दै सम्पादकीय लेखेका छन् । टेक्ससको सानो शहरदेखि न्यूयोर्कबाट प्रकाशित हुने द न्यूयोर्क टाइम्ससम्मका सम्पादकीयमा राष्ट्रपति ट्रम्पले पटक पटक प्रेसप्रति दिँदै आएको अभिव्यक्तिको विरोधमा सम्पादकीय लेखिएको छ । 

राष्ट्रपति ट्रम्पले पटक पटक अमेरिकी प्रेसलाई जनताको दुस्मन र झुटको खेती गर्दै आएको आरोप लगाएका थिए । ट्रम्पको यस्तो अभिव्यक्तिको विरोधमा यो महिनाको शूरुमा बोस्टन ग्लोबले प्रतिवाद गर्दै सम्पादकीय लेख्ने प्रस्ताव गरेको थियो । यसमा बिहीवार अमेरिकाका करिव ३ सय ५० संचारमाध्यम सहभागि भएका हुन् । 

यसको उद्देश्य राष्ट्रपति ट्रम्पको विरुद्ध मात्र होइन बोस्टन ग्लोबले आफ्ना सम्पादकीयमा लेखेको छ यो वास्तवमा प्रेसको पक्षमा हो । 

Prabhu Bank
Agni Group
NIC Asia

न्यू मेक्सिको राज्यका सानो शहरमा प्रकाशित हुने भेलेन्सिया काउण्टी न्यूज बुलेटिनमा भनिएको छ, हामी जनताका दुस्मन होइनौं हामी जनताको पक्षमा सधै छौं । मिनिसोयटाको एउटा पत्रिकाले पत्रकारमाथि आक्रमण हुँदा यसले हिंसालाई बढावा दिने उल्लेख गरेको छ ।

कतिपय ठुला दैनिक पत्रिका र अनलाइनमा सम्पादकीय पृष्ठ पृथक हुने गर्छन् । दैनिक वा छिनछिनमा समाचार दिने न्यूजरुमसँग यसले कुनै सम्वन्ध राख्दैन । तर, ट्रम्पले फरक अभिव्यक्ति राख्ने सबै संचारकर्मी आफ्नो विरोधी भएको आरोप लगाउँदै आएका छन् । 

Global Ime bank

न्यूयोर्क टाइम्सले संचारमाध्यमलाई आलोचना गर्ने अधिकार छ तर, आफुलाई चित्त नवुझेको समाचारलाई फेक न्यूज ( गलत) भन्नु खतरा भएको उल्लेख गरेको छ । द शिकागो सन टाइम्सले अधिकांश अमेरिकी जनताले ट्रम्पले वकवासपूर्ण अभिव्यक्ति दिईरहेका छन् भन्ने बुझेका छन् भन्ने लेखेको छ ।  

तर, बाल्टिमोर सन र वालस्ट्रिज जनरलले भने यो संयुक्त अभियानप्रति प्रश्न उठाएका छन् । बाल्टिमोर सनले राष्ट्रपतिविरुद्ध यस्तो अभियान चलाउनु गलत भएको टिप्पणी गरेको छ ।

अमेरिकामा केहीलाई छाडेर अधिकांश ठूला प्रेसले इमिग्रेशन, समलिँगी अधिकार लगायत उदार समाजको पक्षमा वकालत गर्छन् । न्यू योर्क टाइम्स, सीएनएन, बोस्टन ग्लोब यसका उदाहरण हुन् । तर, ट्रम्पको नीति कयौं क्षेत्रमा अनुदार छ । राष्ट्रपतिले पटक पटक विदेश, व्यापार, इमिग्रेशन नीति लगायतमा आपत्तिजनक अभिव्यक्ति दिएका छन् । 

ट्रम्पले राष्ट्रपतिमा उम्मेदवार बन्दा नै प्रेसप्रति हमला गर्दै आएका छन् । देशभित्र मात्र होइन विदेशमा पनि उनले अमेरिकी प्रेस विशेषगरी सीएनएनको आलोचना गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC