site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मीका टिम ‘ए’लाइ तेस्रो प्रधानसेनापति राष्ट्रिय त्रि म्याराथनको उपाधि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । तेस्रो प्रधानसेनापति राष्ट्रिय त्री म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबको टिम ए ले जितेको छ ।
 
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले धादिङ्ग जिल्लाको बैरेनीमा शुक्रबार आयोजना गरेको राष्ट्रिय त्री म्याराथनमा आठ टोलीलाई पछि पार्दै आर्मीको ए टिमले उपाधि जितेको हो ।
 
बैरेनीदेखि चरौंदीसम्मको ४३.३ कि.मिको दुरी  २ घण्टा २० मिनेट ५९ सेकेण्डमा पुरा गर्दै आर्मीको ए टिमले उपाधि जितेको हो । उक्त त्रि म्याराथनमा प्रतियोगिताको प्रथम चरणमा ६.८ कि.मि. दौड, दोस्रो चरणमा २६.५ कि.मि. साईक्लिङ्ग र तेस्रो चरणमा १० कि.मि. र्याफ्टीङ्ग गरी जम्मा दुरी ४३.३ कीमी रहेको थियो ।
 
उपाधिसंगै त्रिभुवन आर्मी क्लबको टिम ‘‘ए”  ले ट्रफी, मेडलसहित नगद १ लाख प्राप्त गर्यो । त्यस्तै प्रतियोगितामा  आर्मी क्लबकै टिम ‘डि’ दोस्रो तथा आर्मीकै टिम ‘वि’ तेस्रो भयो । दोस्रो र तेस्रो हुनेले क्रमस नगद ७५ हजार र  ५० हजार प्राप्त गरे । विजयी खेलाडीहरूलाई प्रमुख अतिथि तथा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले ट्रफि, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।
 
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबबाट ४ टिम , सशत्र प्रहरीको एपीएफ क्लबको एक टिम र गैर सैनिकको तर्फबाट ४ टिम गरी जम्मा ९ टिमहरुको सहभागिता रहेको थियो । प्रत्येक टिममा ४ जनाका दरले उक्त प्रतियोगितामा  जम्मा ३६ जना खेलाडीहरुले भाग लिएका थिए ।
 
विश्व खेल जगतमा दिन प्रतिदिन नयाँ नयाँ साहसिक एवं रोमाञ्चक खेलप्रति खेल प्रेमीहरुको आर्कषण बढ्दै गएकोले नेपालको विविधताले भरिपूर्ण भूधरातलमा यस खेल अधिकतम उपयोगी भएकोले त्रि म्याराथनको आयोजना गरिएको आर्मी क्लबले जनाएको छ ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC