site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

आवधिक निर्वाचन लोकतन्त्रको प्रत्याभूति गर्ने महत्त्वपूर्ण अभ्यास हो । कतिपय लोकतान्त्रिक मुलुकमा  निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन संवैधानिक हैसियतको निर्वाचन आयोगको व्यवस्था गरिएको हुन्छ । नेपालमा पनि लोकतान्त्रिक अभ्यासको थालनीसँगै निर्वाचन आयोगको व्यवस्था रहिआएको छ । पञ्चायत व्यवस्थाको पनि विशेष अनुदार कालखण्डमा निर्वाचन नाममात्रको हुँदासमेत निर्वाचन आयोगको अस्तित्व कायमै थियो । यसैले निर्वाचन आयोग नेपालको राजनीतिक अभ्यासमा नयाँ संस्था होइन । तर, निर्वाचन आयोगलाई निष्पक्ष र स्वतन्त्र बनाउन आवश्यक कानुनी तथा भौतिक पूर्वाधार निर्माणमा भने अहिलेसम्म ध्यान दिइएको देखिँदैन । निर्वाचनको मिति तोक्ने अधिकार सरकारले तजबिजमा प्रयोग गर्नु पनि यसको एउटा उदाहरण हो । 

त्यसो त केही यता निर्वाचन आयुक्तहरूको नियुक्तिसमेत राजनीतिक भागबन्डाका आधारमा हुनेगरेको छ । त्यसैगरी निर्वाचन आयोगको सञ्चालनका लागि आवश्यक बजेट पनि सरकारको अनुग्रहमा निर्भर हुनेगरेको छ । यतिले नै निर्वाचन आयोगले सरकारको हितविपरीत जान खोजे कठिनाइ उत्पन्न हुन्छ भने अहिले त निर्वाचन प्रक्रियामा समेत सरकारको निर्णायक भूमिका हुनेगरेको छ । कुन तहको निर्वाचन कहिले गर्ने हो भन्ने निर्णय अहिले सरकारले गर्छ । राजनीतिक स्वार्थका लागि निर्वाचनको मिति तोक्न अधिकारको कति दुरुपयोग हुनसक्तोरहेछ भन्ने उदाहरण गत वर्षको स्थानीय तहको निर्वाचनमा देखिइसकेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न करिब ६ महिना लगाइयो । निर्वाचन आयोगले नै पटकपटक मिति सारेर सरकारको साथ दियो । यस निर्वाचनको मिति तोक्ने विषय निर्वाचनलाई स्वच्छ बनाउन निकै महत्त्वपूर्ण हुने देखिन्छ । 

निर्वाचनको कानुनी संरचना विषयमा राजधानीमा भएको चर्चामा प्रमुख निर्वाचन आयुक्तले निर्वाचनको मिति कानुनमै तोक्नु उचित हुने धारणा प्रकट गरेका छन् । निर्वाचनको मिति आफूलाई सुविधा हुनेगरी तोक्ने अधिकार छाड्न सरकारका हर्ताकर्तालाई पक्कै मन पर्दैन । भारतमा गुजरात विधानसभा निर्वाचनको मिति तोक्ता गरिएको ‘धाँधली’को निकै आलोचना भएको थियो । त्यसले निर्वाचन परिणाममा प्रभाव पारेको मानिएको थियो । अमेरिकाको राष्ट्रपति र संसदीय निर्वाचनको मिति तोकिएको छ । नेपालमै पनि बजेट जेठ १५ गते प्रस्तुत गर्नेगरी संविधानमै उल्लेख गरिएको छ । कानुनमै निर्वाचनको मिति तोक्ता विपक्ष र सत्ता पक्ष सबै आआफ्नै प्रकारले तयारीमा लाग्न सक्छन् । यसले अस्वस्थ प्रतिस्पर्धा केही हदसम्म रोक्न सकिनेछ । सरकारले आफूलाई अनुकूल हुने गरेर मिति तोक्ने सुविधाले चुनाव सुरु नहुँदै धॉधली सुरु हुन्छ। यसैले निर्वाचनको मिति तोकेर लोकतान्त्रिक अभ्यासलाई अझ परिपक्व बनाउन सरकारले अग्रसरता लेओस् र यस विषयमा थप छलफल गराओस् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC