site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् । 
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खनालले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले भने,“दशैंअघि नै संशोधन अघि बढ्छ, संशोधन प्रक्रिया अघि बढाउनकै लागि प्रधानमन्त्रीको अमेरिकाको भ्रमण स्थगित भएको हो ।” 
खनालले संशोधन प्रस्ताव दर्ता गर्नको लागि मात्रै नभएर यसले निकास दिनेगरि अघि बढाउन सरकार गम्भिर रहेकोले केही समय ढिला भएको स्पष्ट पारे । उनले अघि थपे,“प्रस्ताव अपरिपक्व नहोस भनेर हामी गम्भिर छौं, दर्ताको लागि मात्रै दर्ता नगरेर हामी संशोधनमार्फत समस्या समाधान होस भन्ने पक्षमा छौं ।” संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलहरुवीच अहिले सघन वार्ता तथा छलफल भैरहेको पनि उनको भनाई थियो । 
प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणलाई लिएर पक्ष र विपक्षमा भैरहेको बहस सामान्य भएको उनको टिप्पणी थियो । प्रधानमन्त्री भारत जानुअघि जुन जुन विषयमा छलफल भएको थियो भ्रमण त्यही विषयमा केन्द्रित रहेको खनालको दाबी छ । 
प्रधानमन्त्रीको भारत भ्रमसँगै चिसिएको नेपाल–भारत सम्बन्ध सुधार भएको समेत उनको विश्वास छ । उनले अघि थपे,“चिसिएको सम्बन्ध सुधार भएको छ, र विगतमा भएका द्धिपक्षीय सम्झौताहरुको कार्यान्वयनमा आउनेछ ।” 
भारतले नेपालको संविधान कार्यान्वयन गर्दै अघि बढ्न भन्नु नै उसले संविधानको स्वागत गरेको खनालको दाबी थियो । उनले मधेशी, जनजाति, थारु, आदिवासी लगायतका मुद्दालाई सम्बोधन गर्नपनि संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा आफ्नो पार्टीले पहिलेदेखि नै आवाज उठाएको उल्लेख गर्दै जतिसक्दो मिल्ने कुरामा संशोधन गर्न सरकार तयार रहेको बताए । खनालले थपे,‘सबैको अपनत्व भयो र आवाज सम्बोधन भयो भने मुलुकको आन्तरिक राष्ट्रियता पनि बलियो हुन्छ ।’
संविधान दिवसका दिन असन्तुष्ट पक्षहरुले कालोदिवस मनाएर विरोध गरेपनि वार्ता तथा सम्वाद अहिलेपनि जारी रहेको उनले जनाए । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC